काठमाडौ, असार ९ - दुई महिनाअघि माओवादी लडाकुका शिविरहरू नेपाली सेनाको नियन्त्रणमा जाँदा धेरैलाई लागेको थियो, अब सेना समायोजनको प्रक्रिया छिट्टै टुंगिन्छ । तर आशा तुषारापात भयो ।
उता स्वैच्छिक अवकाश रोज्नेहरू घरजममा व्यस्त भइसके । नेपाली सेनामासमायोजन आशामा बसेका लडाकुमा भने दिनप्रतिदिन निराशा बढ्दो छ । संविधानसभा विघटनपछि चुलिएको राजनीतिक संवैधानिक संकटले मात्र होइन, लडाकुको माउ पार्टी माओवादीको विभाजनले समेत उनीहरू थप अन्योलमा परेका छन् ।
सेनाले दुई महिनाअघि शिविर नियन्त्रण लिइसकेपछि त्यसअघि नियमितरूपमा हुँदै आएको फौजी अभ्यास र राजनीतिक प्रशिक्षण बन्द भएको छ । अझ त्यही एउटै शिविरमा रहेका सेनाको भन्दा कम रासनभत्ताले उनीहरूलाई पिरोलेको छ । भन्छन्, 'हामी त कैदीजस्तो पो भयौं ।’
अन्तिम छनोटका बेला सेनामा समायोजन रोजेका ३ हजार १ सय २३ लडाकुमध्ये अधिकांश घर बिदामा गएका छन् । 'समायोजन त रोजियो, अस्तव्यस्त छौं,’ उनीहरू भन्छन् ।
'ब्यारेकभित्र बन्धकजस्तो’
'विगतका जस्तो दैनिक परेड र राजनीतिक प्रशिक्षण हुन छाडेको छ,' कैलालीको तालबन्दस्थित सातौं डिभिजन शिविरका लडाकु भन्छन्, 'दिन कटाउनै गाह्रो हुनथाल्यो, सेनाको नियन्त्रणमा आउनुअघि लडाकुबीच रोलकाल, फौजी प्रशिक्षण, साँझतिर खेल तथा गस्तीलगायत काम हुनेगर्दथ्यो तर आजकल केही पनि हुँदैन ।'
बिहान साढे ४ बजे नै उठेर रोलकालमा जाने लडाकुलाई आजभोलि बिहान चाँडै उठ्नपर्ने अनिवार्य छैन । उनीहरू मनपरी ढंगले आफूलाई सजिलो गरी दैनिकीचलाइरहेका छन् । डिभिजनको तालबन्दमा सेनासँगै ब्यारेकमा बस्दै आएका माओवादीको तत्कालीन बि्रगेड भाइसकमान्डर इन्द्रभक्त महर्जनले भने, 'उस्तै कामका लागि एउटै ठाउँमा बसेका छौं तर हामी दोस्रो दर्जाको नागरिकका रूपमा छौं ।'
महर्जनका अनुसार लडाकुलाई दैनिक ७२ रुपैयाँ र सेनालाई दैनिक १ सय २६ रुपैयाँ रासनका लागि दिइएको छ । भन्छन्, 'हामी त ब्यारेकभित्र बन्धक बनेका छौं ।'
विभेदकारी व्यवस्थापनमा आफूहरू सेनासँगै बस्दै आए पनि ब्यारेकमा रहेका सेनासित भने राम्रो सम्बन्ध रहेको उनको अनुुभव छ । उनले भने, 'हामीबीच सहकार्य राम्रो छ ।' सेनासँगै खेलकुद तथा ब्यारेकमा हुने बत्ती, खानेपानीलगायत समस्यामा छलफल हुने गरेको उनले बताए ।
'दुवैतिरको सेनाबीच भावना साटिन्छ भनेर आपसी सल्लाहअनुसार खेलकुद सँगै खेल्ने गरेका छौं,' उनले भने, 'एउटै शिविरमा बसिसकेपछि त घुलमिल हुनैपर्यो नि ।' ब्यारेकभित्रै लडाकु र सेनाको खानाको आ-आफ्नै मेस भएपनि कहिलेकाहीं सँगै पनि खाना खाने गरेको उनले बताए । सेनाले दैनिक पाउने रकम बढी भएकाले उनीहरूकहाँ बढीजसो आफूहरू पाहुना लाग्ने गरेको महर्जनको भनाइ छ । उनले समायोजन अघि नबढ्दा लडाकुमा नैराश्यता बढेको र अधिकांश घरतिर लागेको पनि बताए ।
ँअन्यायमा पर्यौं’ समायोजन पर्खेर बसेका चितवन शक्तिखोर शिविरका लडाकु आफूहरू अन्यायमा परेको गुनासो गर्छन् । उनीहरूले सेना नियन्त्रणमा बिनासुविधा कडा अनुशासन राखिँदा कारबाही गरेजस्तो अनुभूति भएको दुखेसो उनीहरूको छ ।
'चेन अफ कमान्ड सेना मातहत आएको दुई महिना भइसक्दा पनि समायोजनबारे अन्योल देखिनु हाम्रा लागि दुर्भाग्य बनेको छ,' लडाकुका तत्कालीन बि्रगेड कमान्डर सविन बुढामगरले कान्तिपुरसँग भने, 'हाम्रोआफ्नै विधिअनुसार शिविर चल्दा र सेनाको नियमानुसार हामी बाँधिँदाको सुविधा उही हुन हुँदैनथ्यो ।'
शिविरमा रहेका लडाकुलाई मासिक पाँच हजार रुपैयाँ भत्ता र दैनिक ७५ रुपैयाँ खान्की दिइएको छ । उनले सेनाले शिविर नियन्त्रणमा लिइसकेपछिसँगैको बसाइ त्यति सहज नभएको उल्लेख गरे । 'सुविधा जनसेनाको हुने, कमान्ड नेपाली सेनाको छ,' उनले भने । हाल शिविरमा ६ सय २६ जना लडाकु रहेका छन् । शक्तिखोर शिविरको धेरै भाग सेना र सैनिक गतिविधिमा प्रयोग भएको छ भने कार्यालय रहेको वरिपरिका घरहरूमा मात्र लडाकुलाई राखिएको छ । अर्का तत्कालीन बि्रगेड कमान्डर टुकबहादुरथापाले पनि समायोजन प्रक्रिया तुरुन्तै सक्नुपर्नेमा जोड दिए । शिविरभित्रै समायोजन पर्खाएर राख्दासजाय दिएजस्तो भएको उनले बताए । 'समायोजन त रोजियो, हामी अस्तव्यस्त छौं,' घर दाङ पुगेका तत्कालीन सहबि्रगेड कमान्डर अशोक डीसीले भने, 'शान्ति र संविधानका लागि शिविरमा बसेर त्याग गर्यौं, संविधान त बनेन बनेन, शान्तिका लागि समयोजन त सक्नुपथ्र्याे ।'
समायोजन काम रोक्दा दिक्क लागेको उनले सुनाए । 'यतिबेला धेरै साथीमा उत्साह मरिसकेको छ,' उनले भने, 'हाम्रो पर्खाइ भनेको न गर्नु न मर्नु जस्तो भा'छ ।'
ँवैकल्पिक सीप’ सिक्दै
इलामको चुलाचुलीस्थित पहिलो डिभिजनका बटालियन कमान्डर विष्णुकुमार लिम्बुका हात यतिबेला कम्प्युटरका किबोर्ड र माउसमा अल्मलिरहेछन् । लडाकु पुनर्वर्गीकरणपछि पनि लिम्बुले समायोजन रोजे । तर यो प्रक्रिया जहाँको तहीं रोकिएपछि उनले वैकल्पिक सीप र क्षमताका लागि आफूलाई तयार गर्दैछन् । 'बेलामा कम्प्युटर सीप सिकिएन, अहिले आएर पछुतो भइरहेको छ,' दमकको एक कम्प्युटर इन्स्िटच्युटमा नयाँ सीप सिकिरहेका लिम्बुले भने, 'समायोजन प्रक्रियामा भइरहेको ढिलाइले जिन्दगीलाई नयाँ बाटो समाउन बाध्य पार्लाजस्त्ाो छ ।' उनी यहाँ २०दिनदेखि कम्प्युटर अपरेटरको सीप सिकिरहेका छन् ।
म्ाोरङको टाँडीस्थित रत्न-सकुन्तल स्मृति बि्रगेडका सहायक बि्रगेड कमान्डर भरत सुब्बाको पनि दैनिकी यतिबेला फेरिएको छ । 'सामान्य साथीभाइसँग गफगाफ, दुःखसुखका कुरा गर्दैमा दिन बित्छ,' उनी भन्छन्, 'अहिले फौजी सूचीअनुसार कुनै पनि काम गर्नु परेको छैन ।'
प्ाहिलो डिभिजन मुख्यालयका सचिव रामबाबु थापाले २८ चैतपछिको दैनिकीलाई 'सिभिलियन स्टायल' को संज्ञा दिए । 'तालिम, शारीरिक अभ्यास वा फौजी तालिम अहिले केही छैन,' उनले भने । समायोजन प्रक्रिया अडकिएपछि धेरै लडाकुमा छाएको निराशा, आक्रोश र नेतृत्वप्रति प्रशस्त शंका शिविरभरिव्याप्त छन् । माओवादी पार्टी फुटेपछि लडाकुमा निराशा झन् चुलिएको छ । 'बिनाएजेन्डा पार्टी फुट्यो, यसबाट दुवै नेतृत्वले लडाकुलाई सौदाबाजीको माध्यम मात्र बनाएका रहेछन् भन्ने थाहा भयो,' एक लडाकु भन्छन्, 'अब शिविरमा बाँकी रहेका अधिकांश लडाकु समायोजनमा हैन कि स्वैच्छिक अवकाशमा जान झन् आतुर भएकाछन् ।'
ताप्लेजुङको हाङपाङ-९ बिस्मुरेका लिम्बुलाई समायोजनमा जाने रहर दिन प्रतिदिन घटिरहेको छ । नेपाली सेनाकोजागिरेको सपना देखेका उनलाई समायोजनको ढिलाइले सेनाको जागिरप्रतिको मोह घटाएको हो । 'समायोजनमा जाने पूर्ण आत्मविश्वास भए यहाँ किन कम्प्युटर सिक्न आइन्थ्यो र ?,' लिम्बुले भने, 'अब पेसाका रूपमा कम्प्युटरलाई र समाजसेवाका रूपमा राजनीतिलाई उपयोग गर्ने योजना बताएको छु ।'
'जनमुक्ति सेना' मा रहेको आफ्नो तहभन्दा धेरै तल झरेर समायोजनमा जानुपर्ने नेतृत्वको सम्झौत्ााले मर्माहत भएका लडाकुहरू पार्टी फुटेपछि नेपाली सेनाभित्र आफूहरू कमजोर हुने मानसिकताबाट ग्रसित बनेका छन् । 'पार्टी कमजोर भएपछि सरकारमा सहभागिता पनि घट्छ, जसले गर्दा सेनाले हामीलाई पूर्वाग्रही ढंगले पेलान दिन्छ भन्ने मानसिकताबाट धेरै साथी पिरोलिएका छन्,' एक लडाकुले भने ।
टाँडी शिविरमा सेना बसेको केही दिनदेखि नै बाघचाल, चेस हुँदै लडाकु रसेनाबीच भलिबल र फुटबल जस्ता खेलहरू मैत्रीपूर्ण ढंगले सञ्चालन भइरहेका छन् । सहायक कमान्डर सुब्बा भन्छन्, 'एउटै कम्पाउन्डमा बसिएको छ, आत्मीयताका लागि विभिन्न खेल खेल्छौं । यसले आपसी समझदारी बढाउन मद्दत गरेको छ ।' मुख्यालय चुलाचुलीमा पनि कमान्डहरू आपसमा चियानास्त्ाासँगसँगै रमाउँछन् । 'काम विशेषले सेनाका कमान्डर हाम्रामा आउनुहुन्छ, चियाखाजा सँगै खाइन्छ,' एक कमान्डर भन्छन्, 'हामी उता जानुपर्यो भने पनि चिया खाएरै आउने गरेका छौं ।'
ँयता न उता भयौं’
सिन्धुलीको दुधौलीस्थित दुई नम्बर डिभिजनमा बाँकी रहेका लडाकुहरू 'यता न उताका' भएका छन् । डिभिजनका लडाकुकाअनुसार समायोजन रोजेका लडाकु लामो समयसम्म केही प्रगति नहुँदा चिन्तित बनेका हुन् । यो डिभिजनमा समायोजन रोज्ने लडाकु ३ सय ५९ जना छन् । 'समायोजन रोजेका हामीलाई सेनाले तालिम गराउने भनिएको थियो, तर अत्तोपत्तो छैन,' डिभिजनअन्तर्गत उदयपुरको बेलस्रोत शिविरमा रहेका तत्कालीन बटालियन सहायक कमान्डर हेमलाल सुवेदीले भने ।
'लडाकुमा निराशा छाएको छ,' उनले भने, 'अन्तिम पटक स्वैच्छिक अवकाश रोजेर समायोजनमा जान बाँकी रहेकाका लागि आकाशमा कालो बादल मडारिएझैं भएको छ ।'
'नेपाली सेनाले तालिममा लैजाने र सेना हुन पाइने आसमा समायोजन रोजियो, अहिले त स्वैच्छिक अवकाशमा जन पाएको भए पनि हुने रहेछ भन्ने पछुतो लाग्दै गएको छ,' अर्का लडाकु विवेकले भने, 'अहिले स्वैच्छिक अवकाशको प्याकेज ल्याउने हो भने राज्ने मनस्थिति धेरैले बनाएका छन् ।'
सहायक कमान्डर सुवेदीका अनुसार सेना समायोजन विशेष समितिले तत्कालै समायोजन रोजेकालाई तालिममा नपठाए 'गम्भीर परिस्थिति' उत्पन्न हुनसक्छ । 'हतियारविहीन भएका छौं, निराशा छाउँदै गएको छ, तर पनि अहिले तालिम दिने हल्ला सुनेको छु,' उनले भने, 'त्यसले केही आशा पलाएको छ ।'
लडाकुहरूका अनुसार गत चैत २८ मा हतियार बुझाएसँगै औषधि उपचारबाट समेत उनीहरू वञ्चित भएका छन् । पहिला शिविरमै डाक्टर र औषधिको व्यवस्था भएपनि अचेल उपचार गरेर लगेको खर्चको बिल पेस गर्दासमेत भुक्तानी नपाएको सहायक कमान्डर सुवेदीले गुनासो गरे ।
दुई नम्बर डिभिजन कार्यालयका अनुसार यसअघि भएको पुनर्वर्गीकरणमा समायोजनरोजेका ८ सय ५ जनामध्ये ४ सय ४६ ले स्वैच्छिक अवकाश रोजेपछि अब ३ सय ५९ जना समायोजनतर्फ छन् । डिभिजन कमान्डर शरदले 'जनभावनाअनुसार जनमुक्ति सेनाले १० वर्षे जनयुद्धको समयमा गरेको त्याग र बलिदानको कदर होस् भन्ने मान्यता' लडाकुले राखेको बताए ।
धेरै जना घरबिदामा सुर्खेत दशरथपुरस्थित
पूर्वलडाकुले छिटो समायोजन पूरा गर्न माग गरेका छन् । विशेष समिति मातहात आउनुअघि लडाकुको पोसाक लगाई पिटी, परेड खेल्ने र राजनीतिक रूपमा छलफल र गफगाफमा व्यस्त हुने उनीहरू आजभोलि सादा पोसाकमा सामान्य रोलकालमै बिहानको समय बिताउने गर्छन् ।
दशरथपुरस्थित तत्कालीन बटालियन कमान्डर दीपेन्द्रबहादुर बुढा समायोजनमा भएको ढिलाइले शिविरभित्र कष्टर दिन बिताउनु परेको बताउँछन् । 'छिट्टै निकास निक्ले राम्रो हुने थियो,' उनले भने ।
स्वैच्छिक अवकाशमा गएकाले आफ्नो व्यापार व्यवसाय गर्न थालेको तर समायोजनमा जाने भनेका लडाकुको अहिलेसम्म टुंगो नलाग्दा अन्योल बढेको लडाकुका तत्कालीन बटालियन कमान्डर बुढाले बताए । 'छिटो गरे तालिम गर्ने वा बाहिर जाने टुंगो लाग्थ्यो,' उनले भने ।
बिहानको नियमित पिटी, परेडमा छुट्टाछुट्टै व्यस्त रहने उनीहरू खेलकुद र समस्या परेका बेला आपसमा मिलेर समन्वय गर्ने गरेका छन् । नेपाली सेनाको सुरक्षामा रहेको शिविरमा पूर्वलडाकु र सेनाले एकआपसमा घुलमिल गर्न खेलकुदलाई प्राथमिकता दिएका छन् । शिविरभित्रको काममा समन्वय गर्दै आएका उनीहरूले फुर्सदको समयलाई खेलकुदमा प्रयोग गरेका छन् ।
शिविरको सुरक्षा लिएका नेपाली सेनाका सेनानी -मेजर) दिलीपकुमार बस्नेत पूर्वलडाकु र नेपाली सेनाबीच आत्मीयता बढाउन दुवैलाई मिलाएर टिम बनाई भलिबल र फुटबल खेल्ने गरिएको बताए । उनले भने, 'खेलकुदले एकआपसमा घुमिल गर्न सजिलो भएको छ ।'
छिटो समायोजन भएको भए तालिम वा घर जाने टुंगो लाग्न सक्थ्यो र तालिमको अवधिसमेत छोट्टन्िथ्यो भन्ने मनस्थितिमा पूर्वलडाकु रहेको सेनानीबस्नेत बताउँछन् । भन्छन्, 'उनीहरू कहिलेसम्म शिविर बस्ने भन्ने अत्यासलाग्दो अवस्थामा रहेका देखिन्छन् ।' शिविरको सुरक्षामा लेखफर्सास्थित क्याम्पमा रहेका नेपाली सेनाका क्याप्टेन चन्द्रप्रकाश उप्रेती पूर्वलडाकुसँग समन्वय गरेर शिविर बसाइलाई सहज बनाएको बताउँछन् । उनी भन्छन्, 'उनीहरू बिदामा जाने काम आफ्नै प्रक्रियामा गरेका छन् तर अन्यकुरा समन्वयमा हुने गरेको छ ।'
छैटांै डिभिजनअन्तर्गत शिविरमा रहेका ५ सय ७२ जना पूर्वलडाकुमध्ये आधाभन्दा बढी घरबिदामा गएका छन् । शिविरमा ती सबै फर्केमा बस्नका लागि भने समस्या हुने अवस्था छ । हावाहुरीले शिविरको १७ वटा घरको छानाउडाएपछि सबैलाई बस्न समस्या हुने सेनानी बस्नेतले बताए । शिविर तथा हतियार सुरक्षाका लागि नेपाली सेनाका मेजरको कमान्डमा रहेको दशरथपुरमा १ सय १७ जना रहेका छन् ।
'सपना पुरा भएन’
रोल्पाको दहवन र उघामा रहेका लडाकुमाअसजिलो पन बढ्दै गएको छ । 'कहिले समायोजन सुरु हुने हो भन्ने जानकारी नै छैन । पार्टी र सेनाको सम्बन्ध अलगभएपछि केही जानकारी छैन' डिभिजनबाट सेनामा जान तयार भएका तत्कालिन बटालियन सहकमान्डर हिमाल पुनले भने ।
पटक पटक गरी वर्गीकरण गर्दा सेनामा जान चाहेका उनीहरूले पार्टीबाट अलग हुदा सोचेको सपना पूरा नभएको बताए । 'देशको लागि योगदान गर्ने विचारले सेनामा जान चाहेपनि सरकार र दलले प्रक्रिया लामो बनाएकाले निराशता छाएको हो' अर्का एक लडाकु कमान्डरले भने । यि शिविरहरूमा समायोजनमा जानकालागि ५ सय २३ तयार भएर बसेका छन् ।