नर्वेद्धारा नेपाललाई २ अर्ब ३४ करोड अनुदान सहयोग


३ साउन, काठमाण्डौ । राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमका लागि नर्वेले नेपाललाई दुई अर्ब ३४ करोड अनुदान सहयोग दिने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा अर्थमन्त्रालयमा वुधवार आयोजित एक कार्यक्रमका वीच अर्थसचिव कृष्णहरि बास्कोटा र नेपालका लागि नर्वेका राजदूत अल्फ अन रामस्लिनले हस्ताक्षर गर्नुभएको छ । केन्द्रीय नवीकरणीय ऊर्जा कोष, प्रविधि सहयोग र ऊर्जा उत्पादन तथा व्यवसाय विकास गरी तीनवटा पक्षमा जोड दिइएको सो कार्यक्रम सन् २०१७ जुलाई १५ तारिखसम्म रहेको सम्झौतामा उल्लेख गरिएको छ ।



बजेट लागत १८ करोड ४० लाख अमेरिकी मुद्रा रहेको र नपुग रकम अन्य दातृ निकायबाट सहयोग प्राप्त हुने सम्झौतामा उल्लेख छ । नेपाललाई अनुदान सहयोग दिने मुलुकहरु मध्ये सवैभन्दा वढि अनुदान दिने सूचिमा नर्वेपनि पर्दछ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत कार्यान्वयन गरिने उक्त कार्यक्रमले परम्परागत ऊर्जाको निर्भरता कम गराई दिगो विकासका लागि ग्रामीणक्षेत्रका महिला र पुरुषको आर्थिक तथा सामाजिक जीवनस्तर, रोजगार र आयस्तर वृद्धिका साथै उत्पादकत्व बढाउने गरेको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger