मनाइयो भानु जयन्ती


ujyaalo
काठमाडौं, असार २९–आदिकवि भानुभक्त आचार्यको १ सय ९९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । भानुजयन्तीका अवसरमा काठमाण्डू, विराटनगर लगायत ठाउँमा विभिन्न कार्यक्रम गरि भानुभक्तको सम्झना गरिएको छ ।
काठमाडौमा भानु प्रतिष्ठानले गरेको कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायत साहित्यकारहरुले भानुभक्तको योगदानको चर्चा गरे । त्यस्तै काठमाडौको रानीपोखरी नजिकै रहेको भानुभक्तको प्रतिमामा माल्र्यापण गरियो । १ सय ९९ औं भानुजयन्तीको अवसरमा विराटनगरमा भानु रथ यात्रा निकालिएको छ । भारतको दार्जेलिङ्ग, सिक्कीम असाम लगायत ठाउँमा पनि भानुभक्तको ब्यक्तित्व र कृतित्वको सम्मानमा कार्यक्रम गर्ने गरिन्छ ।

विक्रम संवत.१८७१ असार २९ गते तनँहु जिल्लाको चुँदीरम्घामा आचार्य जन्मनु भएको थियो । सँस्कृत भाषाको रामायणलाई नेपालीमा उल्था गरेर भानुभक्तले नेपाली साहित्य र भाषामा तिरिनसक्नुको गुन लगाउनुभएको छ ।
प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा, रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कबितामार्फत भानुभक्तले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदान अतुलनीय छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger