सिमोसले अल्झाउँदा रोकियो ‘चलचित्र (च्यालेन्ज)’


चलचित्र ‘च्यालेन्ज’ निर्माण भएको ३ बर्ष भैसकेको छ । निर्माण भएको ३ बर्ष भैसक्दा पनि सिनेमा रिलिज हुन नसक्नुको कारण अनलाइनखबरले प्राप्त गरेको छ ।
चलचित्रका प्राविधिक निर्देशक सिमोस सुनवारले एक द्वन्दको दृश्य नदिदा सिनेमा रिलिज हुन सकेको छैन । उक्त द्धन्दको दृश्य बिना सिनेमा रिलिज गर्नुको अर्थ नभएको निर्माणपक्षको भनाई छ । निर्देशक श्याम भट्टराईले सबै काम सकिएर पनि सिनेमा रिलिज गर्न नपाउदा दुख लागेको बताए । यस्तै चलचित्रका निर्माता तथा नायक रेश महरठ्ठले सिमोसका कारणले सिनेमा रिलिज गर्न नपाउँदा दिक्क लागेको बताएका छन् । रेशले भने, ‘नेपालमा एन.आर.एन भित्राउने कुरा त गरिन्छ, तर यस्तो कार्यशैलीले कसरी आउछन् एन.आर.एन ?’
सिनेमाको छायांकन सकिएलगतै आफुले सिमोसलाई सम्पुर्ण पारिश्रमिक दिएको रेशको भनाई छ । ‘दिन्छु दिन्छु मात्र भन्नुहुन्छ तर दिनुहुन्न’ सिमोसको क्रियाकलापप्रति असन्तुष्टि जनाउदै रेशले भने ।
वितरक तथा मिडियाले सिनेमाको बारेमा सोधेकोसोधै छन् तर त्यही दृश्य नहँुदा प्रचार पनि गर्न पाएका छैनौ, रेशले भने । साढे २ बर्षदेखि सिनेमा दिन्छु भनेर नदिदा आफु छक्क परेको रेशको भनाई छ । उनले सिमोससँग आफ्नो कुनै दुश्मनी नभएको स्पष्ट पारे । तर सिमोसले द्वन्दको दृश्य र ट्रेलर साढे २ बर्षसम्म पनि निर्माणपक्षलाई नदिनुलाई अर्थपुर्ण तबरबाट लिन सकिन्छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger