कलेजका सुन्दरीले के के देखाए ?


अनलाइनखबर
मिस ई कलेज २०१२ को ताज जित्न आतुर सहभागीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । शनिबार काठमाण्डौमा आयोजना गरिएको ट्यालेन्ट शो मा उनीहरुले आफु भित्र लुकेर रहेको क्षमता देखाउने मौका पाएका हुन् ।

ट्यालेन्ट सो को निर्णायकको रुपमा अनुप डंगोल, दिपक लिम्वु, डव्बु श्रेत्री, साहरा प्रधान थिए । कार्यक्रममा प्रतिस्पर्धीहरुले नृत्य, गायन, वाद्यवादन तथा वक्तृत्वकला लगायतका प्रतिभाहरु देखाएका थिए ।
असोज १९ गते काठमाण्डौको राष्ट्रिय नाचघरमा प्रतियोगिताको फाईनल हुने आयोजकले बताएको छ । मिस ई कलेजको विजेताले २ लाख बराबरको छात्राबृत्ति र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन् । सिजन मिडियाले आयोजना गर्दै आएको मिस ई कलेजको यो चौथो संकरण हो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger