औँला पड्काउनुहुन्छ ? सावधान, बाथले सताउला


अनलाइनखबर
हातका औँला पट-पट गरी पड्काउने बानी धेरैको हुन्छ । कहिलेकाहीँ एक एक गरेर त कहिलेकाहीँ दुइ हातका औँला एक अर्कामा फसाएर एकैचोटी समेत औँला पड्काउने गरिन्छ ।
हातका औँला पड्काउँदा औँलाको कसरत हुने र औँला सलक्कका राम्रा हुने आम विश्वास छ । तर औँला पड्काउनु स्वास्थ्यका लागि निकै हानिकारक हुनेे तथ्य पत्ता लागेको छ । अमेरिकी अनुसन्धानकर्ताहरुका अनुसार औँला पड्काउने बानीले मानिसमा बाथ रोगको समस्या देखिन सक्छ ।

वास्तवमा बाथ भएका मानिसहरुमा जोर्नी दुख्ने गर्छ । यसो हुनुको कारण जोर्नीको कुरकुरे हाड क्षत्रि्रस्त भएका कारणले गर्दा हो । औँला पड्काउँदा औँलाका हाडका जोर्नीबीच रहेको कुरकुरे हाड वा कार्टिलेज क्षत्रि्रस्त हुने सम्भावना हुन्छ । जसले जोर्नी दुख्ने समस्या पैदा गर्छ ।
यद्यपि बाथका लागि औँला पड्काउनु मात्र जिम्मेबार छैन । तर औँला पड्काउने बानीले बाथलाई बढाउन सहयोग भने पक्कै गर्छ । अझ औँला पड्काउने व्यक्तिलाई हुने शारीरिक असर त एकातर्फछँदैछ, अमेरिकाको लस एन्जल्सका अनुसन्धानकर्ताहरुका अनुसार कुनै व्यक्तिले औँला पड्काइरहेको देख्ने अर्को व्यक्तिमा त्यसको मानसिक असर झनै धेरै हुन्छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger