आज मिति २०६९ साल साउन ५ गते शुक्रबार । काठमाण्डौंबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले माओवादीले नेताहरुको सम्पत्ति र शिविरको अनियमितता छानविन गर्न आयोग बनाएकोर एमालेले असन्तुष्ट जनजाति तथा मधेसी नेताहरुको जिम्मेवारी खोसेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले सिंहदरवारभित्रै रहेका मन्त्रालयहरुमा चोरको बिगबिगी बढेको र अनियमित तरिकाले लिएको दशैंखर्च राष्ट्रपतिदेखि पूर्व मन्त्रीहरुसम्मले फिर्ता गरेको समाचार छापेको छ ।
नागरिक दैनिकले दाङमा बषर्ाका कारण तीन हजार घर डुवानमा परेको समाचार छापेको छ भने कान्तिपुर दैनिकले दुई हजार घर डुवान परेको बताएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकले आर्थिक बर्षको अन्त्यमा मात्र सरकारी कार्यालयहरुले खर्च गर्ने हावी हुँदा गएको असार महिनामा मात्र ९० अर्ब खर्च भएको समाचार छापेको छ । राजधानी दैनिकले अबदेखि राजनीतिक दलका सभा सम्मेलनमा राष्ट्रिय झण्डा प्रर्दशन गर्न नपाइने गृह मन्त्रालयले नियम बनाएको समाचारछापेको छ ।
|