नागको पुजा गरेर नाग पञ्चमी मनाईदै


९ साउन, काठमाण्डौं । आज श्रावण शुक्ल पञ्चमी । हिन्दुधर्मावलम्बिहरूले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्रटाँसी पूजा अर्चना गरी मनाइँदैछन् ।
पानी र वर्षाका देवता रुपमा मानिने नागको, जुन घरमा वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजागरिने प्रचलन रहेको छ ।
आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवान्को चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ ।
धार्मिक ग्रन्थहरू गरुण पुराण, स्कन्दपुराण, नारदपुराण, भविष्यपुराण र वराहपुराणमा नागको पूजा, अर्चनाबारेमा उल्लेख भएको पाइन्छ ।
वैदिक लगायत बौद्ध र जैन धर्मावलम्बीले पनि नागपूजा गर्ने प्रचलन रहेको पाइन्छ ।
नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आˆना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ ।
नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गरेपछि गृहस्थीले क्रमशः नागपूजा गर्ने परम्परा रहेको छ ।

नागपञ्चमीको अवसरमा काठमाडौं, नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाडौंकै टौदह, ललितपुर धापाखेलकोनागदह, भक्तपुरको सिद्धपोखरी, पनौती लगायत देशका विभिन्न नागदहमा मेला लाग्ने गर्दछ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger