
‘आइसियूमै राख्न नपर्ने अवस्था रहेछ तर प्रत्येक दिन विभिन्न शुल्कको नाममा ४० देखि ५० हजार रुपैयाँको बिल दिएको छ,’ पौडेल पत्नी सरिताले भनिन् ।
लाइफकेयरबाट फिर्ता भएपछि वीरको जनरल वार्डमा बसेर केही दिन उपचार गराएका पौडेल घर फर्किने तयारीमा छन् । अस्पतालमा केही दिन बस्दा भेटघाटमा आउनेका अनुभव सुनेपछि पौडेल परिवारले थाहा पाए– निजी अस्पतालले पैसा कमाउन राख्नै नपर्नेलाई पनि आइसियूमा राख्दा रहेछन् । यतिसम्म कि त्यस्ता निजी अस्पतालले वीरलगायत ठूला अस्पतालमा सहयोगीका रुपमा दलाल खटाएका हुँदा रहेछन् । ‘सुरूमा वीरमा आइसियूमा राख्नुपर्छ भन्ने मान्छेलाई बीचमा लाइफकेयरमै भेटेको थिएँ, घुम्न आएको भन्थ्यो,’ पौडेलपत्नी सरिताले भनिन्, ‘लाइफकेयरकै दलाल रहेछ पैसा लिन गएको होला ।’
वीर अस्पतालको आकस्मिक कक्षबाट मात्रै दैनिक ३ देखि ६ जना गम्भीर अवस्थाका बिरामीलाई सघन उपचार कक्ष (आइसियू) र कृत्रिम श्वासप्रश्वास यन्त्र (भेन्टिलेटर) छैन भन्दै यसरी नै विभिन्न अस्पतालमा रेफर गरिन्छ । रेफरको कारण खुलाउनुपर्ने नियम लागेपछि अनावश्यक बहाना गरेर बिरामी रेफर गर्ने प्रवृत्ति केही घटे पनि आइसियू नै नपाएर फर्काउनुपर्ने बिरामी संख्या झन्डै त्यत्ति नै हुन्छ ।
स्रोत ओनलाइनखबर
|