दिल्लीमा एक बालिका माथी भएको बलात्कारको बिषयमा ट्विटरमा ट्विट गरेको भनाइले निर्मात्री पुजा भट्ट विवादमा परेकी छिन् । उनले यो दुनियामा छोरी भएर जन्मनु अभिषाप भएको लेखेकी थिइन् ।पुजाको यो ट्विटमा केही व्यक्तिहरुले रि ट्विट गर्दै भनेका छन्, ‘भट्टलाई बलात्कारको बिषयमा बोल्ने कुनै अधिकार छैन किनकी उनी स्वयंम पोर्न स्टारलाई प्रशय दिइरहेकी छिन् ।’
आफ्नो भनाइको बिषयमा आएको टिप्पणीमा उत्तर दिदै पुजाले भनेकी छिन्, ‘मैले पोर्न स्टारलाई काम दिएर कुनै गल्ती काम गरेको छैन ।’ ‘उनीहरुलाई पनि यो संसारमा खुल्ला रुपमा जिउने हक हुन्छ’, पुजाले ट्विट गरेकी छिन् ।
पुजा भट्टले चलचित्र’ जिस्म २’ मार्फत पोर्न स्टार सन्नी लियोनीलाई बलिउडमा भित्राएकी थिइन् ।
|