९ वैशाख, हेटौँडा। हेटौँडा नगरपालिका वडा नं–२ स्थित आफ्नै पसलमा बसिरहेकी १८ वर्षकी एक युवतीमाथि एक युवक तेजाव खन्याई भागेका छन् । बिन्ध्यावासिनी कंसाकारमाथि हेटौँडा मै बस्ने राजकेशर नाम गरेको एक युवकले तेजाव खन्याएका हुन् । घाइते कंसाकारको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटना आज मध्याह्न १२ बजे भएको हो ।
|