अमेरिकी फिल्मको विरोध-
रितेश त्रिपाठी, वीरगञ्ज, असोज ५ - अमेरिकी सिनेमा 'द इनोसेन्ट मुस्लिम'मा मुस्लिमहरुका धार्मिक प्रवर्तक पैगम्बर मोहमदबारे गलत चित्रण गरेको भन्दै विश्वभर सुरु भएको विरोध प्रदर्शन नेपालमा पनि भित्रिएको छ।
आफूहरुको धार्मिक आस्थाप्रति ठेस पुर्याइएको भन्दै वीरगंजका मुस्लिमहरुले शुक्रबार प्रर्दशन गरेका छन्।
शुक्रबार जुम्माको सप्ताहिक नमाजपछि निकालिएको र्यालीमा विभिन्न उमेरका मुस्लिमहरु सहभागी भई अमेरिकाविरुद्ध चर्को नाराबाजी गरे।
विभिन्न मदरसा र धार्मिक संगठनहरुको अगुवाइमा घण्टाघरबाट निकालिएको विरोध र्याली नगरको विभिन्न भाग परिक्रमा गरेको थियो।
विरोध र्यालीपछि उनीहरुले जिल्ला प्रशासन पर्सामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए। ज्ञापनपत्रमा यस सिनेमाबाट आफूहरुको भावनामाथि कुठाराघात भएको र अमेरिकाले अनैतिक षड्यन्त्र गरेको भन्दै विरोधको अभिब्यक्ति अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन माग गरिएको छ।
|