नेपाललाई आइसिसी डिभिजन ४ को उपाधि



मलेसिया, भदौ २५ - नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जितेको छ । मलेसियाको किन्रारा ओभल मैदानमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले पहिलो पटक डिभिजन ४ को उपाधि जितेको छ । डिभिजन ४ को फाइनलमा पुगेसँगै नेपाल र अमेरिका यसअघि नै डिभिजन ३ मा उक्लिसकेका छन् । आजको खेलमा अमेरिकाबाट जितका लागि पाएको १ सय ४६ रनको सामान्य लक्ष्य नेपालले २८ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
नेपाललाई जिताउन ज्ञानेन्द्र मल्ले ६६ रनको
योगदान गरे । उनले ६५ बलको सामना गर्दै ७ चौका र ३ छक्का हाने । यस्तै अनिल मण्डल ३ रनमा आउट भए । २४ रन बनाएका सुवास खकुरेल र २५ रन बनाएका कप्तान पारस खड्का नट आउट रहे ।
यसअघि टस जितेर पहिला रोजेको अमेरिकाले नेपाली बलरले दवावमा राख्दै १ सय ४५ रनमा अल आउट गरे । अमेरिकाले सामान्य योगफलमा समेट्ने क्रममा वसन्त रेग्मीले ५ विकेट चट्काए । यो प्रतियोगितामा उनले २१ विकेट लिए । उनले आज ९ दशमलव १ ओभर बलिङ्ग गर्दै २ मेडन राखेर जम्मा २० रन मात्र दिए ।
यस्तै शक्ति गौचनले २ तथा कप्तान पारस खड्का, सञ्जम रेग्मी, बिनोद दासले एक एक विकेट हात पारे । डिभिजन ४ बाट उक्र्लिका नेपाल र अमेरिका सहित डिभिजन ३ मा युगाण्डा, बर्मुडा, ओमान, र इटाली छन् । डिभिजन ३ को खेल आउँदो अप्रिलमा हुने छ । डिभिजन ३ को खेलमा शिर्ष २ स्थानमा परे नेपाल विश्वकपको छनौट प्रतियोगिताका लागि छानिने छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger