'प्रचण्डमात्र होइन पुरै माओवादी पार्टी नै भ्रष्टाचारी'




६ असोज, काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादी र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले आफूसँग सहमतिको सरकारको नेतृत्वका लागी दावी नगर्ने प्रतिबद्धता ब्यक्त गरेको खुलासा गरेका छन् ।

हिमालय टेलिभिजनमा शनिवार राती प्रशारण हुने टक शोका लागी कुराकानी गर्दै नेपालले माओवादी र एमालेले दुई दुई पटक नेतृत्व गरिसकेकोले पनि सहमतिको सरकारको लागी काग्रेसको नेतृत्व उपयूक्त हुने बताए । उनले काग्रेसलाई तत्काल उमेदवार घोषणा गर्न आब्हान पनि गरे । उनले कांग्रेसले तत्काल नेतृत्वको टुङगो नलगाए फेरि पनि अप्ठ्यारो अवस्था आउने भन्दै छिटो उमेदवार घोषणा नगरे फेरि पनि काग्रेसको नेतृत्वको सम्भावना क्षिण बन्ने चेतावनी समेत दिए ।
नेपालले भने, 'माओवादीको नियत अझै पनि खराव छ । उसले फेरि पनि बखेडा खडा गर्न सक्छ । माओवादीले त दावी गरेको छैन तर मलाई अझै पनिविश्वास छैन माओवादीले सहज रुपमा सरकार गठनगर्न दिदैन ।'
दशै अघिनै काग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने भन्दै नेपालले वैशाखमा संविधानसभा, संसद र स्थानीय निकायको निर्वाचन गर्ने गरी निर्वाचनमा जानु पर्ने बताए । प्रधानमन्त्री डा. बाबुराम भट्टराईका कारण शान्ति प्रक्रिया निष्कर्षमा नपुगेको दावी गरेका छन् । उनले आफूले माओवादी अध्यक्ष प्रचण्डमात्र भष्ट्राचारी नभई सिंगो माओवादी पार्टी भित्रनै भ्रष्टाचार रहेको स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री भट्टराई ईतिहासकै सबैभन्दा असफल, अयोग्य, कमिशनतन्त्र र भ्रष्टचारको नमुना बनेको आरोप लगाए ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger