onlinekhabar
सुटिङस्थलमै प्रेमीसँग मस्ति गरेको अभियोगमा ‘बार’ नामक सिनेमाबाट निकालिएकी नायिका सुष्मा कार्कीले आफुमाथि फिल्म युनिटले यौन दुब्र्यबहार(सेक्सुअल ह्ययारेसमेन्ट) गरेको बताएकी छिन् । अनलाइनखबरमा शुक्रबार प्रकाशित समाचारमा स्पष्टीकरण दिँदै सुष्माले आफुलाई निर्माण पक्षले नङ्ग्याएर दुब्र्यबहार गर्न खोजेको दावी गरिन् ।
निमार्णपक्षले सुटिङका लागि अत्तरिया बोलाएपनि आफुलाई काम गर्न मन नलागेर नगएको दावी गरेकी सुष्माले अन्तिममा आफुलाई फिल्मबाट निकालिएको स्वीकारिन् । निर्माणपक्षले आफुलाई बारम्बार काममा फर्किन म्यासेज पठाइरहेको भन्दै उनले केही एसएमएस पनि फरवार्ड गरिन् । सुष्मालाइ यो सन्देश चलचित्रका छायांकार राजेन्द्र सापकोटाले पठाएका थिए ।
for ur future n our producers n biraj dais n for me plz don’t miss the project n come 2maRo..plz
सुष्मालाई आएको दोश्रो सन्देश :
plz come on flaght, rather den car..jiddinagar na voli muhurta6 ta hunupaR6 NANU..
सुष्माले पहिलो सन्देशप्रति आपत्ति जनाउदै आफ्नो करिअर बनिसकेकाले भविष्यका लागि आउ भन्नुको अर्थ नरहेको बताइन् ।
सुष्माको भनाई जस्ताको त्यस्तैः
मैले यो सिनेमा सुरुवातमा नै नगर्ने भनेकी थिएँ । तर उनीहरुले मलाई धनगढि सबै वदनाम हुन्छ तिमि नआए भन्दै बोलाए । रातको १२ बजे गाडि रिजर्व गरेर म अत्तरिया पुगेँ । मलाई उनीहरुले रातको १२ बजे एक्लै आउ भनेका थिए, तर म कसरी एक्लै जान सक्थेँ । यसैले मैले मेरो प्रेमीलाई सँगै लगेँ । सुरुमा नै मैले वेड सिन र किस सिन दिन्न भनेकी थिएँ । तर छायांकन भएको पहिलो दिनमै मलाई यो सिन दिन लगाईयो । ३ दिनसम्म सिनेमाको छायांकन हुन सकेन, मलाई खाना र पानीको समेत मतलब गरिएन । हिरोको कपाल नआएकाले छायांकन सुरु हुँदैन भन्दै यत्तिकै राखियो । सुरुको दिनमै मलाई नङ्ग्याउन खोजियो तर मैले मानिन् । नाईटो त जसरी पनि देखाउनु पर्छ भन्दै सबै देखिने पारदर्शि कपडा लगाउ भन्न थाले ।
उनीहरुको नियत ठिक थिएन । एक दिन त मैले चलचित्रकै एक युवतीको कोठामा एउटा नाङ्गो युवक छिरेको देखे । तर युवतीको नाम म यहाँ लिन सक्दिन । युवक छिरेपछि २ बजे नै प्रहरी बोलाईयो तर घटना त्यतिकै सामसुम पारियो । बिहान मैले उठ्ने बित्तिकै स्याउ खान्थेँ । तर द्वन्द निर्देशक हिमाल के.सीले तिम्रो ईनर्जी रातभरी लस भयो कि के हो भन्दै मलाई जिस्काउँथ्यो । यो एक प्रकारको सेक्सुअल ह्यारेसमेन्ट होईन ?
मैले विन्दासमा दिएको दृश्यका कारण मलाई यो सिनेमामा पनि नङ्ग्याउन खोजीएको रे । तर विन्दास र यो सिनेमाको कथा फरक थियो । चलचित्रमा समावेश केही युवतीको कोठामा निर्माता सधै हुन्थे । उनीहरुको त केही काम नै छैन, यत्तिकै राखिएको छ । नचिनेको मान्छेलाई फोन गर्दै सुष्मा कार्की मसँग छ कुरा गर भन्दै फोन दिन्थे । अन्जान मानिससँगमेरो कुरा गराउनु निर्माताको नियत नराम्रो हो कि होईन ?
उनीहरुले मबाट जे चाहेका थिए मैले त्यसो गरिन् । यसपछि मलाई एक्लाईयो र सिनेमाबाट निकालियो । मैले आजसम्म यस्तो झुर युनिटसँग काम गरेकी छैन् ।
|