फिल्मको विरोधले हिंसाको रूप लिएपछी कम्तिमा २३ जनाको मृ्त्यु


६ असोज, एजेन्सी । पाकिस्तानमा इस्लाम विरोधी चलचित्रको प्रदर्शनको विषयलाई लिएरभएको झडपमा कम्तिमा २३ जनाको मृ्त्यु भएको छ भने सयौ मानिस घाइते भएका छन् ।
इस्लाम विरोधी चलचित्र 'द इनोसेन्सको मस्लिम' को विरोधमा पाकिस्तानी सरकारले शुक्रबार देशभर छुट्टीको घोषणा गरेको थियो । प्रधानमन्त्रीले शान्तिपूर्ण विरोधको अपिल गरेको भएपनि प्रदर्शनकारीहरुले त्यसलाई हिंसाको रूप दिएपछी बाध्य भएर प्रहरीले कारबाही गर्नुपरेको थियो ।

प्रहरीको कारबाहीमा परी कम्तिमा २३ जनाको मृ्त्यु भएको छ भने सयौ अन्य मानिस घाइते भएका छन् । यसै घटनाका कारण देशभरका सबै संस्थान बन्द भएका छन् भेन बन्दका कारण जनजीवन प्रभावित भएको छ। पाकिस्तान सरकारले अमेरिकाका राजदुत रिचर्ड हंगल्याण्डसामू चलचित्रको विरोध जनाएको छ ।
पाकिस्तानी सरकारले चलचित्रको विरोधलाई पैगम्बर प्रेम दिवसका रूपमा मनाउने घोषणा गरेपनि प्रदर्शनकारी जनताहरुले यसलाई हिंसात्मक बनाएका थिए । उनीहरुले कराँची र पेशावरका पाँच वटा चलचित्र हलमा आागो लगाइदिएका छन् । देशभर करोडौ बराबरको क्षतिभएको छ । प्रदर्शनका कारण भएको झडपमा परी कराँचीमा कम्तिमा १४ जनाको मृ्त्यु भएको छ भने १ सय १० भन्दा बढी मानिस घाइते भएका छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger