मिस ग्लोबल ईन्टरनेशनलमा नेपाली सुन्दरी




शनिबार बेलुकी चर्चित एक अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली चेलीले भिडन्त गर्दैछिन् । मिस ग्लोबल इन्टरनेशनलमा नेपालको तर्फबाट निलम चन्दले प्रतिस्पर्धा गर्न लागेकी हुन्
। मिस ग्लोबल २०१२ भएपछि निलमले यो अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाएकी हुन् ।
शनिबार बेलुकी हुने प्रतिस्पर्धामा निलमले अन्य ३६ देशका सुन्दरीसँग प्रतिस्पर्धा गर्दैछिन् । फाईनलमा निलमले विश्व गौतमले तयार पारेका ईभिनिङ गाउन पहिरिने छिन् । ५ फिट ५ ईन्च उचाई कि निलमले उपाधी हत्याउन भरपुर प्रयास गरेको मिस ग्लोबल आयोजकको दाबी छ ।
मिस नेपाल २०१२ को उत्कृष्ट पाँच मा पर्न सफल निलमले मिस ग्लोबल ईन्टरनेशनलको उपाधी जित्ने आशा गरिएको छ । मिस ग्लोबल ईन्टरनेशनलमा भाग लिन लागेकी निलमको चर्चा नेपालमा भने खासै हुन सकेको छैन ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger