लामो समयपछि बलिउडमा कमब्याक गर्ने लागेकी बलिउडकी सुन्दर नायीका ऐश्वर्या रायको एउटा निर्णयले निर्माता हैरान भएका छन्। छोरी पाएपछी चलचित्रबाट ब्रेक लिएकी उनलाइ चलचित्रमा राख्न निर्माताहरु राम्रो अफर लिएर पुगेका थिए। सवैकुरा मिलिसकेको थियो तर अन्त्यमा ऐश्वर्याले चलचित्रमा नायकको रुपमा चाही आफ्नै श्रीमान अभिशेख बच्चन हुनै पर्ने शर्त राखेपछी निर्माताहरु निराश भएर फर्किएका छन्।
निर्माताहरुले उनलाई सम्झाउन प्रयत्न नगरेका होइनन् तर उनले श्रीमानसंग बाहेक अरुसंग चलचित्रमा कामै नगर्ने बताएपछी धेरै निर्माताहरु रित्तो हात फर्किएका छन् एश्वर्याको यस्तो निर्णय देखेर धेरै मानिस अचम्मित भएका छन्। ऐश्वर्याले विवाह गरेपछि पनि अन्य नायकसंग काम गर्दै आएकी थिइन् र उनले विवाह पश्चात नै नायक ह्रितिक रोशनसंग निकै बोल्ड सिन समेत दिएकी थिइन्। उनले आफ्ना श्रीमान अभिशेख बच्चनको करियरकोलागि यस्तो निर्णय गरेको हुन सक्ने भएपछी चलचित्र बोल बच्चन सुप हिट भएपछी अभिशेख फिल्मी करियर ट्रयाक आइसकेको विश्वास गरिन्छ ।
|