nepaliheadlines
७ भदौ, पाकिस्तान (एजेन्सी) । पाकिस्तानबाट फ्रान्सको पेरिसका लागी उडेकी एक फ्रान्सेली महिला विमानमा नै निदाएपछि पुन: पाकिस्तानमा नै फर्किएकी छिन् । विमान अधिकारीहरूका अनुसार ती महिलाले विमानमा रहँदा निन्द्रा लाग्ने गोली खाएकी थिइन् ।
पाट्रिस क्रिस्टिन अहमेद नामकी ती महिला पाकिस्तानको लाहोरबाट परिसका लागी उडेकी थिइन् तर विमानमा नै निदाएपछि भने उनी फेरी सोही विमानमा लाहोर नै फर्केकी छिन् ।
पाकिस्तान अन्तराष्ट्रिय एयरलाइन्सका अधिकारीहरुका अनुसार अहमेद पेरिसमा करिब २ घण्टा सम्म सुतेकी थिइन् जुन कुनै यात्रीका लागी विमानमा त्यति लामो समय सुत्नु असम्भव हुन्छ । अर्थात् उनी विमान रोकिएपची पनि त्यहाँ दुई घण्टा निन्द्रा गोली नखाइकन त्यति लामो समय सुत्न नसक्ने अधिकारीहरूले जनाएका छन् । ती महिलाले विमानमा करिव १२ हजार किलोमिटरको यात्रा तय गरेकी छिन् ।
क्रिस्टिन तब उठिन् जब विमान लाहोरका लागी उडिसकेको थियो । त्यो थाहा पाएपछी उनले अलार्म बजाएर आफू निदाएको र आफूलाई पेरिसमा नै उतारिदिन आग्रह गरेकी थिइन् तर विमानका कर्मचारीले उनलाई शान्त रहन आग्रह गर्दै लाहोरमा नै पुर्याइदिएका थिए । उनलाई फेरी पेरिस जानका लागी व्यवस्था मिलाइदिएको पनि एयरलाइन्सका अधिकारीहरुले बताएका छन् ।
यो घटना सुन्दा सामान्य लागेपछि यहाँ विमानस्थलका कर्मचारीको गम्भिर लापरवाही भएको देखिन्छ । किनकी विमानमा कति मानिस थिए र कति विमानबाट बाहिर निस्के भन्ने जानकारी विमानका कर्मचारी तथा विमानस्थलमा खटिएका अन्य कर्मचारी समेतलाई हुने गर्छ । उनीहरुले हरेक मानिसको रेकर्ड विमान आएको एयरपोर्ट तथा एयरलाइन्सको अनुसार ठिक छ या छैन् भन्ने जाँच गर्नुपर्ने हुन्छ । यति हुँदा हुँदै पनि ती महिला विमानमा नै सुत्नु र उनलाई फिर्ता पुर्याउनु त्यो भने निकै नै आश्चर्यजनक विषय हो । यस विषयमा एयरलाइन्सका अधिकारीहरुले जाँच सुरू गरिसकेको र कसको गल्ति भएको भन्नेबारे पत्ता लगाउन निर्देशन दिइसकेको बताएका छन् ।
|