बच्चालाई यी ५ खाना खुवाउँदा होस पूराउनुहोस्


बच्चाले खानेकुरा खान खासै मन गर्दैनन्, फकाइफुलाई खुवाउनुपर्छ । त्यसैले कुनै खानेकुरा मन लगाएर खायो भने अघाउन्जी खान दिइन्छ ।
तर बच्चाले मीठो मान्यो भन्दैमा जे पायो त्यहीँ खानेकुरा खान दिनु घातक हुन्छ । अझ हामीले राम्रो ठानेका वा ठूलो मान्छेलाई निकै फाइदा गर्ने खानेकुराहरु पनि सानो बच्चाका लागि हानिकारक हुनसक्छन् ।
यहाँ हामीले त्यस्ता ५ प्रकारका खानेकुराबारे उल्लेख गरेका छौँ जो शिशुका लागि खासै फाइदाजनक हुँदैनन् भन्दा पत्यार नलाग्न सक्छ । तर साँचो कुरा के हो भने हामीले निकै हितकारी मानेका यी खानेकुरा हरु सानो बच्चाका लागि हानिकारक नै हुन्छन् ।

१. मह : महलाई औषधिको रुपमा पनि बच्चालाई खुवाउने चलन छ । दुधमा टन्न मह मिसाएर बच्चालाई खान दिइन्छ पनि । तर शिशुलाई धेरै मह खुवाउनु हानिकारक हुन्छ । शिशुको पाचन प्रणाली पूरै विकशित नभैसकेको हुने हुनाले मह पचाउन गाह्रो हुन्छ । त्यसैले बढि मह खुवाउँदा बच्चालाई अपच हुने लगायतका समस्यादेखापर्न सक्छन् ।

२. गाइको दुध : गाइको दुध पनि शिशुलाई खासै लाभदायी मानिँदैन । गाइको दुधमा अत्यधिक प्रोटिन हुने भएकाले त्यो शिशुको स्वास्थ्यका लागि हानिकारक मानिन्छ । एकातर्फशिशुलाई गाइको दुध पचाउन गाह्रो हुन्छ भने अर्कोतर्फयसले बच्चाको मृगौला खराब गर्ने खतरा समेत हुन्छ ।

३. अमिलो फलफूल : कागती, सुन्तला जस्ता अमिलो फलफूल आफैमा स्वस्थ तथा लाभदायी फल हुन् । तर शिशुको लागि भने यस्ता अमिलो फलफूल हानिकारक मानिन्छन् । कागतीको रसले शिशुमा एलर्जी गराउने तथा बच्चाको पेट समेत खराब गराउने खतरा हुन्छ ।

४. बदाम : अत्यधिक प्रोटिन हुने भएकाले बदाम बच्चाका लागि उतिसारो स्वस्थ मानिँदैन । साथै बदामले बच्चामा एलर्जी समेत गराउने सम्भावना हुन्छ ।
 
५. अण्डाको सेतो भाग : बच्चाको लागि अण्डाको सेतो भाग पचाउन गाह्रो हुन्छ । यसले एलर्जी गराउने सम्भावना पनि बढि हुन्छ । त्यसैले सेतो भाग निकालेर बच्चालाई अण्डाको पहेँलो भाग मात्र खुवाउनु उत्तम हुन्छ ।

Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger