पुर्खौदेखि बसोबास गर्दै आएका गुलरिया नगरपालिका बासीहरुको पुस्तौली जग्गा अहिले भारतको सिमामा छ। लालपुर्जा छ नेपालको, जग्गा भारतमा पर्छ।
सिमावर्ती चौगुर्जी बस्ने धोबीले भने,यही गाँउका नेपाली जग्गाको धनी पुर्जा भएका १० बिघा भन्दा बढि जग्गा सीमा स्तम्भ भन्दा पारि छ ,०६० साल देखी आयस्ता खान पाएका छैनन्।त्यो भन्दा अघि जग्गा सीमापारी भए पनि आम्दानी पाएका थिए धोबी भन्छन।
यस्तै नगरपालिका भित्रका थपुवा गाँउका फत्ता थारुको ०-१०-०,रामदत्त थारु ०-१४-०,खटिक थारु ०-१४-०,र बिश्राम थारु २-०७-०,जग्गाको जग्गा धनि पुर्जा नेपाली भएपनि एकपक्षिय रुपले सीमास्तम्भ सारे पछि सीमापारी परेका हुन।एउटै जग्गाकाको दुई देशका अधिकार स्थापीत भएका उनीहरु एक्ला होइनन्।यी बर्दिया सीमावर्ती गाबिसमा पर्ने दर्जनौ गाँउका स्थानीय बासीको पीडा हो।
हेर्नुस भिडियो खबर ....
Latest Post
अचम्मको घटना
श्रीमतीको मासु खानेलाई १५ वर्ष जेल
आफ्नै श्रीमतीको हत्या गरी श्रीमतीकै मासु पकाएर खाने एक अमेरिकी पुरुषले १५ वर्ष जेलको हावा खानुपर्ने भएको छ । क्यालिफोर्नियाका डेभिड भाइन्सलाई लस एन्जल्सको अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो ।
होटलमा खाना पकाउने काम गर्ने ती पुरुषले आफ्नै श्रीमतीको हत्या गरी शवलाई पानीमा पकाएर मासु खाएको बताइएको छ । अदालतमा आफ्नो मुद्दामा सुनुवाइ हुने क्रममा उनले प्रहरीसँग यसअघि आफुले आफ्नी श्रीमतीको हत्या गरेर मासु खाएको भनि दिएको बयान गलत भएको भन्दै आफुमाथिको आरोप अस्विकार गरेका छन् । आफुले आफ्नी श्रीमतीलाई निकै माया गर्ने र उनलाई पकाएर नखाएको उनको दाबी थियो ।
प्रहरीसँगको बयानमा उनले सन् २०११ को अक्टोबरमा आफुले श्रीमतीको मुख, हात तथा खुट्टा लगायतमा टेपले बाँधेर ४ घण्टाको यातनापछि हत्या गरेको बताएका थिए । त्यसपछि श्रीमतीको शवलाई आफुले ठूलो ड्रम भरिको उम्लिएको पानीमा चार दिनसम्म राखेको र त्यसपछि मासु पकाएर खाएको उनको भनाई छ । आफुले किन त्यसो गरेको भन्ने कुराको हेक्का आफैलाई नभएको र श्रीमतीको हत्यापछि मज्जाले सुत्न पाउँछु भन्ने आशा आफुमा रहेकाले त्यसो गरेको उनले प्रहरी सामु बताएका थिए ।
के छ त यहाँ भित्र
अचम्मको घटना
विश्व खबर
होटेलको ओछ्यानमा सुत्ने जागिर
निद्रा कसलाई पो प्यारो लाग्दैन र ? तर के गर्नु सधै सुतेर मात्र भएन । हातमुख जोर्न काममा जानुपर्यो । सधै सुतेरै गर्न मिल्ने काम भए कस्तो राम्रो हुँदो हो ? भन्ने सायद तपाइँ पनि कल्पना गर्नुहुन्छ होला । तर कल्पना गरेर मात्र के गर्नु ? सुत्ने जागिर कहाँ पो पाइन्छ र ? हाम्रो देशमा यस्तो जागिर त पाइन्न तर फिनल्याण्डमा भने सुत्ने जागिर खुलेको छ ।
फिनल्याण्डको राजधानी हेलसिन्कीमा रहेको एक होटेलले सुत्नेजागिर खुलाएको छ ।
सुत्ने जागिर भन्ने बित्तिकै कुनै यौन धन्दाको लागि हो की ? भन्ने सोच्नुहोला । तर त्यसो होइन । यो विशुद्ध होटेलका ओछ्यानमा सुत्ने जागिर मात्र हो, अरु दायाँबायाँ केही होइन ।
होटल फिन नामको उक्त होटलले सुत्ने जागिर खान चाहनेलाई आवेदन दिन आह्वान गरेको छ । सुत्नमा पोख्त मान्छेलाई जागिर दिने बताएको उक्त होटेलमा सुत्ने जागिरका लागि छानिने मानिस ३५ दिनसम्म मज्जाले होटलमा खाइपाइ आराम साथ सुत्न पाउनेछ ।
सुत्ने जागिर खुलाउनुको तात्पर्य खुलाउँदै होटलका म्यानेजर टिनो टिका भन्छन्, नयाँ खुलेको होटेलको प्रवर्धन र प्रचारका लागि त्यसो गरिएको हो । त्यहाँ सुत्ने र निदाउने जागिरमा छानिएका मान्छेहरुले जागिरपछि एउटा काम भने गर्नुपर्छ । उनीहरुले होटेलमा आफ्नो सुताइ तथा निद्राको विषयमा आफ्नो अनुभव लेख्नुपर्नेछ र त्यसलाई इन्टरनेट तथा अन्य माध्यमबाट शेयर गर्नुपर्नेछ ।
यो जागिर खानका लागि फिनिश, अंग्रेजी, रसियन तथा अन्य भाषाको ज्ञान हुनु आवश्यक छ । आउँदो १७ मे सम्ममा उपयुक्त कर्मचारी छानिने र सुत्ने जागिरमा लगाइने होटलको भनाइ छ । यो जागिरमा आवेदनका लागि अपि्रल महिनाको अन्तसम्मको समय तोकिएको छ । अहिलेसम्म ६ सय जनाले आवेदन गरिसकेका छन् ।
के छ त यहाँ भित्र
विश्व खबर
समाचार
चिकित्सक पनि नक्कली भारुको कारोबारमा
१९ चैत, काठमाण्डौं । भियतनामी नागरिकसँग मिलेर नक्कली भारतीय रुपैयाँ कारोबार गरेको अभियोग लागेका एक चिकित्सक जिल्ला अदालत काठमाण्डौंले मागेको तीन करोड रुपैयाँ धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन् ।
नक्कली भारतीय रुपैयाँ कारोबारको अभियोगमा मुछिएका डा. रामकृष्ण श्रेष्ठलाई धरौटी रमक बुझाएन नसकेपछि केन्द्रीय कारागारमा थुनामा पठाइएको हो । करिब एक करोड बराबर नक्कली भारतीय रुपैयाँ कारोबार गरेको अभियोगसहित श्रेष्ठ, लमजुङ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कल्पना गुरुङ र भियतनामी नागरिक फाम भान डिन्चलाई जेल सजायको मागसहित प्रहरीले ‘खोटा चलन’ मुद्दा दायर गरेकेा थियो । श्रेष्ठ मध्यपुरठिमी अस्पताल र नर्सिङ होम हाडजोर्नी विशेषज्ञ हुन् ।
गुरुङ पनि मध्यपुरठिमी अस्पतालकी कर्मचारी रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
गत बर्षको चैत २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९८ लाख आठ हजार नक्कली भारुसहित भियतनामी नागरिक डिन्च पक्राउ परेका थिए । डिन्चमार्फत नक्कली भारुको कारोबार गर्ने भियतनामी महिला सुरुङले श्रेष्ठ र गुरुङसँगा पटक पटक मोवाइलमा सम्पर्क गरेको दाबी प्रहरीको छ । श्रेष्ठ सुङका चिरपरिचित साथी हुन् । आफ्ना भियनामी सहपाटी डिन्सलाई काठमाण्डौंमा सहयोग गर्न सुङले इन्टरनेटमार्फत आग्रह गरेको प्रमाण प्रहरीले अदालतमा पेस गरेको छ ।
के छ त यहाँ भित्र
समाचार
धर्म
तपाइको आजको राशिफल
तपाइको आजको राशिफल
आज मिति २०६९ साल चैत्र महिनाको १९ गते शोमवार,पन्चमी तिथि,तदनुसार ०१ अप्रिल २०१३ तपाइको आजको दिन कस्तो रहन्छ त? हेर्नुस आजको राशिफल ...
के छ त यहाँ भित्र
धर्म
समाचार
एक बर्षभित्र जुनसुकै जिल्लाबाट राहदानी
१९ चैत, काठमाण्डौं । राष्ट्रिय परिचयपत्र (एनआइडी) निर्माण प्रक्रियामा कुनै अवरोध नआए एक बर्षभित्र नेपाली नागरिकले जुनसुकै जिल्लाबाट मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) लिन सक्नेछन् । जहाँ जन्मिएका भए पनि नेपाली नगारिकले राष्ट्रिय परिचयपत्रको आधारमा जुनसुकै जिल्लाबाट एमआरपी लिन पाउनेछन् ।
अहिले ‘द्रुत सेवा’ (१० हजार रुपैयाँ तिरेर) बाहेक नागरिकता जारी भएको जिल्लाबाट मात्र सेवाग्राहीले एमआरपी लिन पाउने व्यवस्था छ । एनआइडीका आधारमा एमआरपी वितरण थालेपछि सेवाग्राहीले अहिले कायम रहेको कागजात प्रमाणीकरण गर्ने झन्झटबाट पनि मुक्ति पाउनेछन् । द्रुत सेवा अन्तर्गत एमआरपीका लागि आवेदन बुझाउन पनि अहिलेजस्तो नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको राहदानी विभाग धाइरहनु पर्ने छैन् ।
‘सन २०१४ फेब्रुअरी (२०७० फागुन १६) भित्र राष्ट्रिय परिचयपत्र जारी गर्ने हाम्रो योजना छ ।
परिचयपत्र जारी भएपछि अहिलेको नागरिकता विस्थापित हुन्छ,’ गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक तुलसीप्रसाद गौतमले भनेको नागरिक दैनिकमा खबर छ । गौतमका अनुसार निर्वाचन आयोगले अहिले फोटोसहितको मतदाता परिचयपत्रका लागि संकलन गरेको तथ्यांक केन्द्रले लिनेछ । आयोगले हालसम्म एक करोड ११ लाख नेपालीको तथ्यांक संकलन गरिसकेको उनले जानकारी दिएका छन् ।
के छ त यहाँ भित्र
समाचार
विश्व खबर
ब्लाकबेरीले बेच्यो १० लाख स्मार्टफोन, स्थिति अझै नाजुक
मोबाइल फोन निर्माता कम्पनी ब्लाकबेरीले आफ्नो पछिल्लो स्मार्टफोन जेड १० ले बजार तताएको दाबी गर्दै अहिलेसम्म १० लाख वटा स्मार्टफोन बेचिसकेको बताएको छ ।
गएको वर्षको घाटालाई भुलाउने गरी यो वर्षको पहिलो त्रैमासिकमा ९ करोड ८० लाख अमेरिकी डलर नाफा कमाएको पनि ब्लाकबेरीले जनाएको छ । स्मार्टफोनको पछिल्लो संस्करणको बिक्रि अपेक्षा भन्दा निकै राम्रो रहेको दाबी गर्दै उसले बिक्रिको यो संख्या अमेरिकी बजार बाहेकको मात्र रहेको पनि स्पष्ट पारेको छ ।
एप्पल तथा सामसुङ लगायतसँग प्रतिस्पर्धामा निकै पछि रहेको ब्लाकबेरीका लागि बजारमा टिकिराख्न स्मार्टफोनको जेड १० निकै महत्वपूर्ण देखिएको विश्लेषकहरुले बताएका छन् । यो स्मार्टफोन पछिल्लो एक महिनादेखि बेलायत, क्यानडा लगायतका बजारमा बिक्रिमा छ । त्यस्तै एक हप्ताअघि अमेरिकामा पनि यसको बिक्रि सुरु गरिएको थियो ।
पछिल्लो स्मार्टफोनले ब्लाकबेरी केही उत्साही देखिएको भएपछि तथ्यांकले भने कम्पनीको स्थिति सन्तोषजनक नरहेको देखाउँछ ।
तथ्यांक अनुसार पछिल्लो एक वर्षमा ब्लाकबेरीका प्रयोगकर्ता ३० लाखले घटेका छन् । एक वर्षअघि ७ करोड ९० लाख जनाको हातमा ब्लाकबेरीका मोबाइल फोन रहेकोमा अहिले केबल ७ करोड ६० लाख जनाले मात्र ब्लाकबेरीका ग्याजेट बोकेका छन् । तर पछिल्लो तिन महिनामा आफुले ६० लाख स्मार्टफोन निर्माण गरी बजारमा पठाएको दाबी कम्पनीको छ ।
के छ त यहाँ भित्र
विश्व खबर
मनोरंजन
Lokgeet Countdown | March 31st 2013
Lokgeet Countdown | March 31st 2013
के छ त यहाँ भित्र
मनोरंजन
मनोरंजन
हास्य टेलिशृंखला हर्के हल्दार,Harke Haldar | March 31st 2013
हास्य टेलिशृंखला हर्के हल्दार,Harke Haldar | March 31st 2013
के छ त यहाँ भित्र
मनोरंजन
समाचार
साझा सवाल: कतारमा नेपालीको दुःख र जाँगिर ...
साझा सवाल: कतारमा नेपालीको दुःख र जाँगिर ...
के छ त यहाँ भित्र
समाचार
समाचार
पेट्रोल र ग्याँसको फेरि हाहाकार गराउने चेतावनी
१८ चैत, काठमाडौं । सरकार र व्यवसायीहरुको चरम लापर्बाहीका कारण सर्वसाधारणले पेट्रोलियम पदार्थको सहज प्रयोग गर्न अझै नपाउने भएका छन् । कहिले सरकारले पेट्रोलियम पदार्थ प्रयाप्त आपूर्ति गर्न नसक्दा त कहिले व्यवसायीहरुले आˆना मागहरु पूरा गराउन ढुवानी र वितरण नै ठप्प पार्दा सर्वसाधारणले ढुक्कसँग पेट्रोलियम तथा ग्याँसको प्रयोग गर्न नपाएका हुन् ।
सरकार र व्यवसायीका कारण केही हप्ता अगाडि पेट्रोलियम पदार्थको चरम अभाव झेलेका सर्वसाधारणले फेरि पनि अभाव झेल्नुपर्ने भएको छ ।
नेपाल पेट्रोलियम डिलर्स एशोसियशन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एल.पि. ग्याँस उद्योग संघले आˆना मागहरु पूरा गराउन यही २५ गतेदेखि ढुवानी र वितरण नै ठप्प पारेर हाहाकार सिर्जना गर्ने सरकारलाई चेतावनी दिएका छन् । व्यवसायीहरुका तीनवटै संघद्वारा गठित संयुक्त संघर्ष समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम तथा ग्याँस कारोबार -नियमन) आदेश-२०६९ खारेज नभएमा पेट्रोलियम तथा ग्याँसको कारोबार ठप्प पार्ने चेतावनी दिएका हुन् ।
पेट्रोलियम तथा ग्याँस कारोबार (नियमन) आदेशमा भएका कतिपय कुराहरु व्यवसायीले पूरा गर्न नसक्ने खालका भएको व्यवसायीहरुले बताएका छन् । नियमन आदेशमा उल्लेखित ग्याँसको रिफिलिङ प्लान्टको लागि दैनिक २५० टन रिफिलिङ क्षमता हुनुपर्ने, २६ लाख राजश्व तिर्नुपर्ने, स्टक क्षमता ५ सय टन हुनुपर्ने, चालु पूँजी ५० करोड हुनुपर्ने लगायतका कुराहरु प्ाूरा गर्न नसक्ने खालका भएको व्यवसायीहरुले बताएका छन् । यो आदेशले मुलुकमा सञ्चालित ५५ वटा उद्योग धरापमा पर्ने उनीहरुको भनाइ छ ।
पेट्रोलियम पदार्थको थोक विक्री न्यूनतम ३ हजार लिटर हुनुपर्ने, ढुवानी अनुमतिको लागि न्यूनतम ३ ट्याङ्कर हुनुपर्ने, थोक विक्री र ढुवानी गर्न स्वीकृतीको लागि निवेदन दस्तुर १ लाख र सहमतीका लागि ५० लाख गरि ५६ लाख रुपैयाँ बुझाउनुपर्ने, नविकरण ५ लाख बुझाउनुपर्ने पेट्रोलियम तथा ग्याँस कारोबार (नियमन) आदेशमा छ । यी आदेशहरु व्यवसायीहरुले पूरा गर्न नसक्ने पत्रकार सम्मेलनमा व्यवसायीहरुले बताएका छन् ।
सरकारले संसदमा विचाराधीन रहेको विधेयकलाई पूजीपतिहरुको स्वार्थ पूरा गर्ने उद्देश्यका साथ जारी गरेको भन्दै व्यवसायीहरुले संयूक्त संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका छन् । सरकारले पेट्रोलियम तथा ग्याँसको क्षेत्रमा कार्यरत व्यवसायी र मजदुरहरुलाई समाप्त गर्ने गरी पेट्रोलियम पदार्थ तथा ग्याँसको कारोबार सीमित व्यक्तिको नियन्त्रणमा दिने उद्देश्यका साथ पेट्रोलियम तथा ग्याँस कारोबार -नियमन) आदेश जारी गरेको उनीहरुले आरोप लगाएका छन् । उक्त आदेश खारेज नगर्दासम्म पेट्रोलियम तथा ग्याँसको अनिश्चितकालीन ढुवानी तथा वितरण ठप्प पार्ने पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक खगेश्वर बोहोराले बताउनुभयो ।
सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा नेपाल आयल निगमको एकाधिकार अन्त्य गर्दै निजी क्षेत्रलाई पनि आयत गर्ने अधिकार प्रत्यायोजन गरेको छ । पेट्रोलियम पदार्थको आयत निजी क्षेत्रलाई पनि खुल्ला गरिएकोमा वाणिज्य मन्त्रालय तथा निगमका वरिष्ठ अधिकारी नै असन्तुष्ट बन्दै आएका छन् । व्यवसायीहरुले पेट्रोलियम पदार्थको आयत निजी क्षेत्रलाई छोडिदिएमा देशमा पेट्रोलियम तथा ग्याँसको झनै हाहाकार हुने बताउँदै आएका छन् ।
सरकारले व्यवसायीहरुसँग सल्लाह नै नगरी निजी क्षेत्रका सिमित व्यापारीलाई कारोबार गर्न दिएको आरोप लगाएका छन् ।
व्यवसायीहरुले बन्दको कार्यक्रमलाई सफल पार्न देशका विभिन्न ठाउँमा भेला डाकेको छ । संघर्ष समितिका अनुसार चैत २० गते हेटौंडा, विराटनगर र नेपालगञ्जमा भेला डाकिएको छ । त्यस्तै, चैत २२ गते काठमाडौंमा भेला गर्ने समितिले जानकारी दिएको छ ।
सरकार व्यवसायीहरुको मागप्रति गम्भिर नदेखिएको हुँदा बन्द तथा हड्तालका कार्यक्रम निश्चित बन्दै गएको संयोजक बोहोराले बताउनुभयो । केहि समय अगाडिसम्म पेट्रोलियम तथा ग्याँसको कारोबार निजी क्षेत्रलाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै आएका व्यवसायीहरु अहिले निजी क्षेत्रलाई कारोबार गर्ने जिम्मा दिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । न्ोपालमा एल.पी. ग्याँस मासिक १८ हजार टन खपत हुँदै आएको छ ।
के छ त यहाँ भित्र
समाचार
विश्व खबर,
साबधान
डिभोर्स गर्ने दम्पतीका सन्तानले चुरोट खाने खतरा
सम्बन्ध विच्छेद गर्ने श्रीमान श्रीमतीका छोराछोरी धूमपानको लतमा फस्ने खतरा धेरै हुने एक अध्ययनले देखाएको छ ।
क्यानडाको टोरन्टो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानले डिभोर्स गर्ने दम्पतीका सन्तानले डिभोर्स नगर्ने दम्पतीका सन्तानको तुलनामा धूमपान गर्न सिक्ने सम्भावना बढि रहेको देखाएको हो ।
अध्ययन अनुसार कुनैपनि किशोर जो आफु १८ वर्षको हुनुभन्दा अगाडि आफ्ना बुवा आमाको सम्बन्ध विच्छेद हुन्छ उसले धूमपान गर्न सुरु गर्ने सम्भावना ४८ प्रतिशत बढि हुन्छ । त्यस्तै सम्बन्ध विच्छेद गरेका दम्पतीकी छोरीले धूमपान गर्ने सम्भावना ३९ प्रतिशत बढि हुन्छ ।
शोधकर्ताहरुका अनुसार आफ्ना बाउआमाको सम्बन्ध विच्छेद र छोराछोरीको धूमपानको लतबीच यस्तो गहिरो सम्बन्ध हुनुका विभिन्न कारण हुन्छन् । जसमध्ये शिक्षाको स्तर कमजोर हुनु र परिवारको आर्थिक अवस्था कमजोर हुनु मुख्य कारण हो ।
त्यस्तै आमाबुवा अलग भएको देखेका छोराछोरीमा नैराश्यता तथा डिप्रेसन समेत देखिन्छ । कतिपयमा विभिन्न खालका यौनिक, भौतिक तथा मानसिक दुव्र्यवहारका लक्षण समेत देखा पर्छन् । खासगरी बाउआमाको डिभोर्सका कारण भएको डिप्रेसन तथा तनाव र पीडा भुलाउन युवायुवतीले धूमपान गर्ने गरेको निष्कर्ष शोधकर्ताहरुको छ ।
सिनेमा संसार
अध्यक्ष नपाएपछि ‘पप्पु’ को सल्लाहाकारमै चित्त वुझाइन् रेखाले
चलचित्र बिकास बोर्डको अध्यक्ष पदका लागि दौडधुप गरेपनि नायिका रेखा थापाका लागि त्यो असम्भव जस्तै भयो । रेखालाई न त सरकाले नै स्विकार गर्यो न त चलचित्रकर्मीले नै बोर्ड अध्यक्षका लागि स्विकार गरे । बोर्ड अध्यक्ष बन्न नपाएपछि रिसले आगो हुँदै अमेरिका हानिएकी रेखा एक महिनापछि नेपाल फर्किइन् ।नेपाल फर्किएपछि बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ सँग निकट भएपछि रेखालाई केही फाइदा देखिएको छ । नायिका थापाको इशारामा बोर्ड अध्यक्ष चल्ने गरेको हल्ला पनि सिने नगरीमा नसुनिएको होइन । रेखासँग ‘पप्पु’ नजिक छन् भन्ने कुराको प्रमाण हालै मात्र देखिएको छ । बोर्ड अध्यक्ष बनेपनि खासै केही काम गर्न नसकेर असफल ठहरिदै गएका ‘पप्पु’ले रेखाको सल्लाहामा अगाडी बढ्ने ठहर गरेका छन् ।
यसैले चलचित्र बिकास बोर्डमा जम्बो सल्लाहाकार टोली नियुक्त गरिएको छ । वुधबार चलचित्र बिकास बोर्डको कार्य समितिको बैठक बसी रेखा सहित अन्य विभिन्न चलचित्रकर्मीलाई सल्लाहाकार पदमा नियुक्त गरिएको हो । जसमा नायक शिव श्रेष्ठ, निर्माता अशोक शर्मा, राजेन्द्र सलभ, तब्बानाथ शुक्ला, राजकुमार पाखेरल छन् । एक जनाको नाम अहिलेसम्म सार्वजनिक नभए पनि नायिका झरना थापा हुनसक्ने हल्ला सिने नगरीमा चल्न थालेको छ । ‘पप्पु’ बोर्ड अध्यक्ष भएलगतै नायिका झरना थापाको नाम अघि आएको थियो ।
‘पप्पु’ सँग गाजा तानेदेखि चर्चामा रहेकी रेखा दोलखामा पनि उनिसँगै देखिएपछि झनै चर्चामा थिइन् । काम केही गर्न नसकेको बोर्डमा जम्बो सल्लाहाकार टोलीको आवश्यकता किन पर्यो, यो ‘पप्पु’ ले नै जान्ने कुरा हो । तर नायिका रेखा थापालाई भने बोर्ड अध्यक्ष बन्न नपाएपनि सल्लाहाकार पद पाएर केही राहत मिलेको छ ।
के छ त यहाँ भित्र
सिनेमा संसार
मनोरंजन
Yadi - Karma band SMS Offical Music Video
Yadi - Karma band SMS Offical Music Video
के छ त यहाँ भित्र
मनोरंजन
गीत
Yo Chokho Maya Mardaina - New nepali Lok Geet 2013 - Bishnu Majhi & Yam Chhetri
Yo Chokho Maya Mardaina - New nepali Lok Geet 2013 - Bishnu Majhi & Yam Chhetri
के छ त यहाँ भित्र
गीत
विश्व खबर
कुकुरले छोराको औला चपाइदिएपछी औला निकाल्न कुकुरलाई मारे बाबुले
अमेरिकाको फ्लोरिडामा एक ११ वर्षीय बालकको औला कुकुरले खाइदिएपछी कुकुरले खाएको उक्त औला निकाल्नका लागी ती बालकका बाबुले कुकुरलाई मारेका छन् ।
खेल्दै गर्दा खोरमा रहेको कुकुर छेऊ पुगेका ११ वर्षीय बालकको देव्रे औला कुकुरले चपाइदिएको थियो । कुकुरले औला खाइदिएपछी चिच्याएको छोराको आवाज सुनेर त्यहाँ आइपुगेका ती बालकका बाबुले कुकुरलाई मारिदिएका थिए । उनले उक्त कुकुरलाई मारेर कुकुरको पेट चिरेर आफ्नो छोराको कुकुरले खाएको औला निकालेका थिए । त्यसपछी मात्र उनले हेलिकप्टर बोलाएर छोरालाई सेन्ट पिटर्सबर्गको बाल अस्पतालमा पुर्याएका थिए ।
के छ त यहाँ भित्र
विश्व खबर
विश्व खबर
केलीको विकिनी रोल मोडल हेलेन (फोटो फिचरसहित )
मोडल केली ब्रुक विकिनीमा निक्कै आकर्षक देखिन्छिन् । प्रायजसो विकिनीमा देखिन रुचाउने केली विकिनी लगाउन पनि कसैबाट प्रभावित छिन् । उनले आफ्नो विकिनी रोल मोडल भएको खुलासा गरेकी हुन् । उनको विकिनी रोल मोडल हेलेन मिरेन हुन् । केलीले भनिन्, ‘उनको दिमागमा विभिन्न खालका उपाय छन् र उनी विकिनीमा साह्रै सुन्दर देखिन्छिन् । ..
के छ त यहाँ भित्र
विश्व खबर
समाचार,
साबधान
पुदिना खानुका फाइदै फाइदा
पुदिना खानुका फाइदै फाइदा
पुदिनाको अचार सबैलाई मन पर्छ । अझ यो गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन् । तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।
सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हर्ुकाउन सकिने पुदिनामा गर्मी खप्ने क्षमता हुन्छ । त्यसैले सहरतिर कोठा भाडामा लिएर बस्नेहरुले समेत बरण्डामा गमलामा पुदिना हुर्काएर अचारको गर्जो टार्ने मात्र होइन स्वस्थ बन्न सक्छन् । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् । पुदिनाका गुण निम्न छन् :
अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् ।
निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ – यदि त्यसो हो भनि पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् ।
सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् ।
एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक छ ।
ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ ।
अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् ।
पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ ।
प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ ।
सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् । पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दर्ुगन्ध हट्छ ।
खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ ।
झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको समान मात्रा मिलाएर खाँदा फाइदा हुन्छ ।
न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।
समाचार
झापामा हात्ती आतङ्क अझै रोकिएन, आतङ्क कायमै भिडियो खबर
झापामा हात्ती आक्रमणको त्रास वषार्ंै पुरानो हो, समाधान कहीं कतैबाट हुन सकिरहेको छैन । त्यसैले जनधनको क्षति पनि खुबै हुँदै आएको छ । तीन वर्षमा २० जनाको मृत्यु हात्ती आक्रमणबाट भएको तथ्यांकले देखाउँछ । यतिबेला झापाका मुख्य सहरमा खुलेआम रूपमा जङ्गली हात्ती हिँडडुल गर्ने, जङ्गल नजिकका बस्तीहरूमा आक्रमण गर्ने, मानवीय र अन्य प्रकारका क्षति गर्ने आदि गतिविधिले पनि झापामा हात्ती आतङ्क गम्भीर समस्याका रूपमा देखा पर्दै गएको पुष्टि हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नुस्..
के छ त यहाँ भित्र
समाचार
गीत
यो देशमा म एउटा मानिस खोजी रहेछु भिडियो
यो देशमा म एउटा मानिस खोजी रहेछु भिडियो ...
के छ त यहाँ भित्र
गीत
विश्व खबर
कुकुरलाई बिरालोले तानेर लगेपछी...(भिडियोसहित)
हामीमध्ये कतिपय मर्निङ वाक जाने गर्छौ । बिहान हिड्नु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ भनेर हामी मर्निङ वाक जाने गर्छौ । हामीमध्ये केहिले त आफू मर्निङ वाक जाँदा आफुले पालेका कुकुरलाई समेत सँगै लाने गर्छौ । तर यहाँ एउटा बिरालोले कुकुरलाई डोर्याइरहेको छ ।
कुकुरको घाँटीमा डोरी बाधिँएको र उक्त डोरी बिरालोले मुखमा च्यापेको छ । अर्थात् बिरालोको निर्देशन र बिरालोले तानेको ठाऊँतिर नै बिरालो हिडिरहेको छ । बिरालोले कुकरलाई तानेको यो भिडियो युट्युवमा समेत राखिएको छ । हेरौ उक्त भीडियो...
के छ त यहाँ भित्र
विश्व खबर
समाचार
मञ्चमै रोएकी बिजुक्छे पत्नीलाई सम्हालिन पूर्व मिस नेपालले
१८ चैत, काठमाण्डौं । १५ बर्ष अघि आफुलाई स्तन क्यानसर हुँदा अरुलाई सुनाउन डराउने भक्तपुरकी शोभा बिजुक्छे अहिले उक्त रोग विरुद्ध चेतना जगाउने अभियानमा सक्रिय भएकी छन् । स्वदेशमै उपचार गराएपछि रोग निको भयो अनि उनलाई ज्ञान भयो स्तन क्यान्सर भन्ने बित्तिकै आत्तिनु नपर्ने रहेछ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेकी पत्नी शोभाले आफ्नो अनुभव सुनाइन ‘सुरुमा वरिष्ठ क्यानसर रोगविज्ञ डा. प्रकाश सायमीले तपाईलाई स्तन क्यानसर भएकाले शल्यक्रिया गर्नुपर्छ भन्दा त मेरो होसै उडेको थियो ।’ त्यसपछि उनले पतिलाई त्यसबारे जानकारी गराएकी थिइन् ।
‘त्यही बेला एक दिन क्यान्सरसम्बन्धी जनचेतना जगाउने कार्यक्रमा मेरा पतिको भेट वरिष्ठ क्यान्सर रोगविज्ञ डा. राजेन्द्र बरालसँग भएछ, त्यसपछि डा. बरालले घरमै आएर आत्तिनु पर्दैन नेपालमै उपचार हुन्छ भन्दै ढाडस दिनुभयो ।’
सुरुमा रोग लुकाउने शोभा आजभोली रोग लुकायो भने गाह्रो हुने भएकाले यसलाई नलुकाउन र राम्रो उपचार र आत्मबल भयो भने क्यानसर पनि निको हुन्छ भन्दै अरु महिलालाई पनि सन्देश बाँड्दै हिँड्न थालेको अन्नपूर्ण पोष्टमा खबर छ । उनीजस्तै काठमाण्डौंकी सुरेखा कार्की, तथा सुमित्रा श्रेष्ठपनि ्क्यान्सर भन्ने संका लाग्ने वित्तिकै चिकित्सकको सल्लाह लिन आग्रह गर्छन् ।
कार्यक्रममा आफ्नो विगत सुनाउँदै भावुक बनेका शोभा बिजुक्छे सहितका अन्य महिलाहरुलाई सोही अभियानमा लागेकी पूर्व मिस नेपाल सुगारिका केसीले सम्हालेकी थिइन् ।
के छ त यहाँ भित्र
समाचार
धर्म
तपाइको आजको राशिफल
तपाइको आजको राशिफल
आज विक्रमसंवत् २०६९ साल चैत्र १८ गते आइतबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१३ मार्च ३१, नेपाल संवत् ११३३, चैत्र कृष्णपक्ष (चिल्लागा), चतुर्थी तिथि, विशाखा नक्षत्र, वज्र योग, कौलव र तैतिल करण, बृश्चिक राशीको चन्द्रमा....see more
के छ त यहाँ भित्र
धर्म
समाचार
क्यान्सरमाथि जित हात पारेपछी मार्केटमा फर्कँदै नायीका मनिषा
पाठेघरको क्यान्सरबाट मुक्त भएकी नायीका मनिषा कोइरालालाई भारत नफर्कँदै नयाँ चलचित्रका लागी अफर आएको छ । उनलाई अफर आएको चलचित्र हो मार्केट-२, जुन चलचित्र उनैले अभिनय गरेको मार्केटको नयाँ संस्करण हो ।
निर्देशक जयप्रकाश पनि उनलाई उक्त चलचित्रमा लिनका लागी तयार रहेका छन् । जय प्रकाशले मनिषालाई चलचित्रको स्क्रिप्ट समेत देखाइसकेका छन् भने मनिषाले पनि यसप्रति सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ ।
मनिषाले स्क्रिप्ट मन पराएको बताउँदै जयप्रकाशले उनी आउने बित्तिकै यसबारे आफुले फेरी कुरा गर्ने र मनिषालाई नै उक्त चलचित्रमा लिने बताएका छन् ।
सन् २००३ मा प्रदर्शनमा आएको चलचित्र मार्केटमा मनिषाले गरेको भुमिकाको सबैले प्रशंसा गरेको बताउँदै उनी आफ्नो लागी भाग्यमानी भएको समेत प्रकाशले बताएका छन् ।
४२ वर्षीय मनिषाको गत डिसेम्बरमा पाठघरको शल्यक्रिया गरिएको थियो ।
उनी अहिले किमोथेरापी लिइरहेकी छिन् भने उनी उक्त किमोथेरापी सकेर आगामी जुलाईमा भारत फर्कने बताइएको छ ।
के छ त यहाँ भित्र
समाचार
समाचार
Exchange Rate for 31 March, 2013
Exchange Rate for 31 March, 2013
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
86.55
87.15
European euro
1
110.92
111.69
UK pound sterling
1
131.42
132.33
franc
1
91.13
91.76
Australian dollar
1
90.15
90.78
Canadian dollar
1
85.19
85.78
Singapore dollar
1
69.81
70.29
Japanese yen
10
9.20
9.27
Chinese renminbi (Yuan)
1
13.94
14.04
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.25
Danish Krone
1
14.87
Hong Kong dollar
1
11.15
Saudi Arabian riyal
1
23.08
Qatari riyal
1
23.77
Thai baht
1
2.95
UAE Dirham
1
23.56
Malaysian ringgit
1
28.03
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
के छ त यहाँ भित्र
समाचार
अचम्मको घटना
अनौठो सैलुन, जहाँ टपलेस युवतीले काटिदिन्छन् कपाल (फोटोफिचर सहित)
छुट्टीको दिन बिहानै कपाल सैलुनमा गएर केहीबेर पालो कुर्दै पत्रिका पढ्ने, भित्तामा टाँसिएका हिरोइनका तस्वीर हेर्ने, विभिन्न हिरोका हेयर स्टाइल हेर्दै चुक्चुकिने, रेडियोमा बजेको कुनै चटपटे हिन्दी गित सुन्दै पैताला जमिनमा ठोकिरहने, सायद यो अनुभुति धेरै पुरुष मित्रहरुले गर्नुभएको छ होला । सुन्दर कपाल बनाउने लालसाका कारण सैलुनको त्यो पर्खाइ हामीलाई प्रिय लाग्छ र त्यतिबेलाको पत्रिका, भित्ताका तस्वीर, रेडियोको गीत सबै प्रिय लाग्छन् । त्यसपछि हाम्रो टाउकोमा हात र कैँची घुमाउने हेयर ड्रेसरले मुन्टो बटारिदिएपनि हामीलाई कुनै पीडा हुँदैन, अर्थात् सहिन्छ ।
आखिर सैलुनमा त्यस्तो कुनै चिज हुँदैन र त हामीलाई रमाइलो लाग्छ भने यदि त्यहाँ कुनै बेग्लै सुन्दर चिज हुँदो हो त कस्तो हुँदोहो ? सायद यहीँ कुराको जवाफ दिनेगरी अस्टि्रयामा एउटा बेजोडको कपाल काट्ने सैलुन खुलेको छ जहाँ कुनै दह्रा हातवाला पुरुषले टाउको बटार्दिर्नेछैन । टपलेस सुन्दरीहरुले कोमल हातले र्स्पर्श गर्दै पुरुष मित्रहरुको दाह्री कपाल मिलाइदिनेछन् ।
यो सैलुनकी मालिकनी बोजटिक भेसिलेबस्कीले सैलुनमा ४ जना सुन्दरी महिला कर्मचारी राखेकी छिन् । ती महिला हेयर ड्रेसरहरुले निकै सेक्सी पारामा अर्धनग्न भएर पुरुष ग्राहकको कपाल काटिदिन्छन् ।
यो सैलुनमा कपाल काट्न आउने तन्नेरीहरुको ताँती नै लाग्ने गरेको छ । लामो समयसम्म पालो कुरेरै भएपनि तन्नेरीहरु टपलेस युवतीको र्स्पर्श र दर्शनका लागि लालायित भैरहेका छन् । त्यसैले यो सैलुनको व्यापार मालामाल छ । यहाँ कपाल काट्न धेरै दिनअघि नै नाम लेखाएर बुकिङ गर्नुपर्छ ।
पुरुष ग्राहकले टपलेस युवतीहरु हेर्ने र खुरुखुरु टाउको झुकाएर कपाल काट्न दिनुको विकल्प छैन । अरु केही प्रयत्न गरेमा सिधै निकाला गरिन्छ त्यहाँबाट ।
के छ त यहाँ भित्र
अचम्मको घटना
मनोरंजन
रमाइलो उकाली ओराली,Ukali Orali March 30
रमाइलो उकाली ओराली,Ukali Orali March 30
के छ त यहाँ भित्र
मनोरंजन
समाचार
जय स्वाभिमान: चुनाव गर्ने मितिमा किन अन्योल(चुनाब होला त?)
जय स्वाभिमान: चुनाव गर्ने मितिमा किन अन्योल(चुनाब होला त?)
के छ त यहाँ भित्र
समाचार
सिनेमा संसार
टङ किस खाएपछि रोएकी थिइन् शशी (फोटो फिचरसहित)
टङ किस खाएपछि रोएकी थिइन् शशी (फोटो फिचरसहित)
टङ किस खाएपछि रोएकी थिइन् शशी (फोटो फिचरसहित)
7
एडल्ट सिनेमा बनाउन माहिर मानिएका निर्देशक उकेश दाहालको दोश्रो चलचित्र ‘किन किन’ साउन ३२ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा समावेश केही दृश्यहरुले प्रदर्शन अगावै चर्चा पाइसकेका छन् ।चलचित्रमा नायक राजेश हमाल र नव नायिका अरुणिमा लामा बिचको उत्तेजक दृश्यले बजार तताएको छ । यसैबिच चलचित्रमा नायक राज तिमिल्सिना र शशी खड्का बिचको उत्तेजक टङ किसको दृश्य समावेश गरिएको छ ।
रमाइलो कुरा के पनि छ भने, राजसाग टङ किस खाएपछि नायिका खड्का छायांकनको क्रममा रोएकी थिइन् । चलचित्रमा पहिलो पटक यति लामो टङ किस खाएकाले शशी रोएकी थिइन् । शशी रोएपछी आफूले संझाएको भनाई निर्देशक उकेश दाहालको छ ।
के छ त यहाँ भित्र
सिनेमा संसार
समाचार
मलेसियामा भएको आक्रमणमा कसैको पनि ज्यान गएकोछैन:दूतावास भिडियो खबर
मलेसियामा भएको आक्रमणमा कसैको पनि ज्यान गएकोछैन:दूतावास भिडियो खबर
काठमाडौं,चैत १७ । मलेसियाको एक होस्टलमा नेपाली कामदारमाथि गत आइतबार भएको आक्रमणमा कसैको पनि ज्यान नगएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। दूतवासले शुक्रबार विज्ञप्ति जारी गर्दै हताहती नभएको दाबी गरेको हो।
यथार्थ जानकारी लिन घटनास्थल पुगेको दूतावास टोलीले स्थानीय अस्पताल, प्रहरी कार्यालय, कम्पनी, कामदार बस्ने होस्टलका पदाधिकारीसँग भेटी सम्पूर्ण कामदारको विवरण तयार पारेको थियो। अवलोकनपछि प्राप्त विवरण भिडाउँदा घटनामा परेकासमेत सबैको उपस्थिति देखिएको दूतावासले जनाएको छ।
घटनापछि केही कम्पनीले तत्कालै नेपालीलाई सुरक्षित स्थानमा सारेको विज्ञप्तिमा उल्लेख छ। घटना भएको पासिर गुदांगको तमान सेन्डाना होस्टेलमा इको वाइल्स, क्रिएटिभ ब्रास, स्टे मेचान्ट्रोनिक्स, एफजे सिनर्जी, एएसएम टेक्नोलोजी मलेसियामा काम गर्ने एक सय २० जना नेपाली थिए।
भिडियो हेर्न तल क्लिक गर्नुस्...
के छ त यहाँ भित्र
समाचार
समाचार,
साबधान
ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ । अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् ।
पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ । प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ ।
सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् । पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दर्ुगन्ध हट्छ ।
खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ । झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको समान मात्रा मिलाएर खाँदा फाइदा हुन्छ । न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।
पुदिना खानुका फाइदै फाइदा
पुदिनाको अचार सबैलाई मन पर्छ । अझ यो गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन् । तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।
सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हर्ुकाउन सकिने पुदिनामा गर्मी खप्ने क्षमता हुन्छ । त्यसैले सहरतिर कोठा भाडामा लिएर बस्नेहरुले समेत बरण्डामा गमलामा पुदिना हुर्काएर अचारको गर्जो टार्ने मात्र होइन स्वस्थ बन्न सक्छन् । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् । पुदिनाका गुण निम्न छन् :
अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् ।
निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ – यदि त्यसो हो भनि पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् ।
सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् ।
एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका
लागि पनि लाभदायक छ ।ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ । अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् ।
पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ । प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ ।
सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् । पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दर्ुगन्ध हट्छ ।
खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ । झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको समान मात्रा मिलाएर खाँदा फाइदा हुन्छ । न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।
मनोरंजन
Model Shashi Khadka's Photoshoot Video
Model Shashi Khadka's Photoshoot Video
के छ त यहाँ भित्र
मनोरंजन
समाचार
पासपोर्ट हराए ६ महिना नपाइने
१७ चैत, काठमाण्डौं । पासपोर्ट हराएमा सूचना प्रकाशित गरी प्रहरी रिर्पोट बनाउँदैमा अब तत्काल पासपोर्ट नपाइने भएको छ । पार्सपोट हरायो भन्दै नयाँ बनाउन जानेलाई ६ महिनासम्म पर्खाउने नियमावली ल्याउन परराष्ट्र मन्त्रालय राहदानी विभागले तयारी गरेको छ ।
पासपोर्ट हराउने संख्या शंकास्पद रुपमा अत्यधिक बढ्दै गएकाले नयाँ नियम ल्याउन लागिएको राहदानी विभागका निमित्त प्रमुख यादब खनालले जानकारी दिए। नियमावलीमा पासपोर्ट हराएको पुष्टि गर्न नसके निश्चित दण्डको पनि व्यवस्था गर्न लागिएको उनको भनाई छ ।
‘पासपोर्ट जस्तो संवेदनशील डकुमेन्ट त्यत्तिकै कसरी हराउँछ ? आफ्नो कागजपत्र जोगाउने जिम्मा नागरिक आफ्नै हो,’ खनालले शुक्रबार विभागमा गरिएको पत्रकार भेटघाटमा भने, ‘तर साँच्चिकै केही घटनाको सिकार भएर पासपोर्ट हराएको केसमा विचार गर्न सकिनेछ ।’ विभागले ई-पासपोर्ट ल्याउने योजना समेत बनाएको छ ।
के छ त यहाँ भित्र
समाचार
मनोरंजन,
समाचार
यौनले शारीरिक मात्रै नभई मानसिक स्वास्थ्यमा पनि परिवर्तन ल्याउँछ
अस्वस्थ यौन क्रियाकलापमा संलग्न हुनुहुन्छ भने बेग्लै कुरा, संसारमै सुखद् मानिने यो गतिविधिमा स्वस्थ रूपमा क्रियाशील हुनुहुन्छ र कुनै भ्रान्ति पाल्नुभएको छ भने आजैदेखि हटाउनुस् । विशेषज्ञहरूका अनुसार स्वस्थ यौनक्रिया सबैभन्दा राम्रो व्यायाम हो । यौनले शारीरिक मात्रै नभई मानसिक स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउँछ । ‘स्वस्थ सम्भोग पौडी खेल्नुभन्दा राम्रो व्यायाम हो,’ जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चर्म तथा यौनरोग विभाग प्रमुख प्राडा अनिलकुमार झा भन्छन्, ‘पौडी खेल्दा शारीरिक व्यायाममात्र हुन्छ भने सम्भोगबाट मानसिक सन्तुष्टिसमेत पाइन्छ ।
’ स्वस्थ यौनसम्बन्धबारे समाजमा धेरै गलत धारणा भए पनि यो हरेक दृष्टिले फाइदाजनक रहेको उनी बताउँछन् ।
यौनक्रियाबारे वैज्ञानिक विश्लेषणको सुरुआत पूर्वीय समाजमै भएको उल्लेख गर्दै प्राडा झा समयसँगै पूर्वीय जोडीहरू नै यो अद्भुत सुखबारे गलत बुझाइमा रहेको सुनाउँछन् । ‘यौनक्रियासम्बद्ध पहिलो उत्कृष्ट विज्ञान कोकशास्त्र भारतीय उपमहाद्वीपमै आविष्कृत भएको हो,’ उनी भन्छन्, ‘यसमा जस्तो भरपर्दो वैज्ञानिक विश्लेषण अन्त कतै छैन । विदेशी विशेषज्ञले गर्ने धेरैजसो यौन अध्ययनसमेत कोकशास्त्रमै आधारित हुन्छन् ।
’ उपत्यकाका मन्दिरका टुँडालहुँदी कुँदिएका आकृति र भारतको खजुराहो मन्दिरमा पाइने यौनक्रियासम्बद्ध प्रस्तर मूर्तिले मान्छेका यी गुप्त जिज्ञासालाई मेटाउन खोजेको झा सुनाउँछन् ।
‘यौनक्रियाकलापले फाइदा नहुँदो त मन्दिरमा यस्ता चित्र किन कोरिन्थे ?’ उनी भन्छन्, ‘तर धेरै जनासँग सम्भोग सुख लिन खोज्दा फाइदा कम बेफाइदा बढी हुन्छ ।’ उनका अनुसार कोकशास्त्रमा विभिन्न आसनबारे वर्णन गरिनुको अर्थ ‘पार्टनर’ फेर्नु नभई एकै जनासँग भिन्नभिन्न तरिकाले आनन्द उठाउनु हो अर्थात् स्वस्थ यौन क्रियाकलापमा संलग्न हुनु हो । यौन गतिविधि स्वस्थ र नियमित रहे शरीरलाई धेरै फाइदा पुग्ने तथ्य विदेशमा गरिएका अध्ययनले समेत देखाएका छन् । नर्थ क्यारोलिना र पिटरबर्ग विश्वविश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार यौनक्रियाले शरीरमा ‘आक्सिटोसिन’ हार्मोनको मात्रा बढाउँछ । यसबाट यौनसाथीको आपसी सम्बन्धमा प्रगाढ हुन थाल्छ, एकअर्काप्रति विश्वास बढ्छ । यही प्रकृतिका कारण आक्सिटोसिन हार्मोनलाई ‘लभ हार्मोन’ समेत भनिन्छ । यौनले रक्तचाप पनि नियन्त्रण गर्छ ।
स्कटल्यान्डमा २४ महिला र २२ पुरुषमा गरिएको अध्ययनमा के देखियो भने नियमित यौनक्रियामा संलग्नहरू तनावबाट पनि मुक्त हुन्छन् । स्वस्थ यौन गतिविधिको सीधा प्रभाव शारीरिक स्वास्थ्यमा समेत पर्छ । सातामा एक/दुईपटक सम्भोग गर्दा शरीरमा रोग प्रतिरोधी पदार्थ ‘इम्युनोग्लोबलिन’ वृद्दी हुन्छ । विलकिस विश्वविद्यालयसम्बद्ध विशेषज्ञहरूले एक सय १२ विद्यार्थीमा गरेको अध्ययनअनुसार सम्भोगपछि उत्पन्न हुने ‘इम्युनोग्लोबलिन’ रुघालगायत संक्रमण रोक्न सहयोगी हुन्छ । हाम्रो समाजमा अलि वृद्ध अवस्थामा सम्भोग गर्दा हृदयाघातको जोखिम बढ्ने भ्रमसमेत व्याप्त छ । बेलायती विशेषज्ञहरूले भने यो कुरामा अलिकति पनि सत्यता नरहेको पुष्टि गरेका छन् ।
हृदयाघात भएका ९ सय १४ पाका पुरुषमा गरिएको अध्ययनअनुसार उनीहरूमा हृदयाघात हुनुमा यौनक्रियाकलापको कुनै सम्बन्ध नरहेको इपिडिमियोलजी एन्ड कम्युनिटी हेल्थको जर्नलमा उल्लेख छ । यौनले मोटोपना घटाउनसमेत सहयोग गर्छ । आधा घन्टाको यौनक्रियाले शरीरमा दुई सय क्यालोरी डढाउँछ ।
विशेषज्ञहरू के भन्छन् भने यौनले एन्डरोफिन हार्मोन बढाउनाले दुखाइमा कमी आउँछ । सम्भोगपछि टाउको वा जोर्नीको दुखाइ हराएको अनुभव त पक्कै गर्नुभएको होला । युरोलजी इन्टरनेसनलको बि्रटिस जर्नलमा छापिएको प्रतिवेदनअनुसार यौनले के युवा के वृद्ध सबै पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ । यौनबाट फाइदा महिलालाई पनि कम छैन ।
चुलोचौकामा लाग्दालाग्दा उनीहरूमा कम्मर दुख्ने समस्या बढी देखिने गरेको छ । यसको कारण ‘पेल्भिक फ्लोर’ मांसपेशी कमजोर हुनु हो । यो मांसपेशीलाई बलियो बनाउने भरपर्दो उपाय सम्भोग नै रहेको विशेषज्ञहरू बताउँछन् । सुखद यौनसम्बन्धले अनिद्रालाई भगाउँछ । मज्जाले निदाउने भएपछि तौल र रक्तचाप नियन्त्रित हुनु स्वाभाविकै भयो । नियमित यौनले दुखाइ, मोटोपन, तनाव घटाउँछ,रक्तचाप सामान्य राख्छ ,एकआपसमा विश्वास बढाउँछ,राम्रो निद्रा लाग्छ,आत्मसम्मान बढाउँछ,संक्रमण रोकथाम गर्छ,महिलामा कम्मर दुखाइ हटाउँछ,पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ ।
समाचार
मस्ति गरेर मोटाएपछी रेखालाई पिर
रेखा थापा नेपाली चलचित्र क्षेत्रको चर्चित नाम हो । चलचित्र मात्र नभएर उनका विभिन्न कर्तुतका कारण उनी निकै चर्चामा रहने गर्छिन् । कहिले नायीका तथा निर्देशकहरूसँगको झगडा कहिले प्रचण्डसँग कम्मर मर्काएर नाच्दै आफूलाई चर्चामा ल्याइरहने नायीका रेखा पछिल्लो समय विदेशमा कार्यक्रम गर्ने भन्दै पैसा लिएर भागेको भन्दै आलोचित तथा चर्चामा रहेकी थिइन् । कार्यक्रमका लागी पैसा लिएकी उनी एकाएक कार्यक्रममा नै नआउने गरी अमेरिका भागेपछी आयोजकले समेत हैरानी बेहोरेका थिए । केही समय अमेरिकामा बसेर नेपाल फर्किएकी अहिले पनि उनको चर्चा कम भएको छैन् । अहिले उनको चर्चाको कारण हो, उनको जीऊ ।
अर्थात् उनी अहिले यति मोटाएकी छिन् की उनको मोटोपनले उनी आफैलाई सताउन थालेको छ । बङ्गुर झै मोटाएको भन्दै अन्यले पनि भन्न थालेपछी निकै तनावमा रहेकी नायीका रेखा अहिले जीउ घटाउने सुरमा जिम गर्न जान थालेकी छिन् । आफ्नो जीउ मोटाएर भकुण्डो नै बनेको महसुस गरेपछी उनले आफ्नो तनाव गर्ने उपाय जिमलाई ठान्दै नायक श्रीकृष्ण श्रेष्ठले खोलेको पिगलास्थानमा रहेको जिमखाना जान लागेकी हुन् ।
पछिल्लो समय मस्तिमा नै बिताइरहेकी उनी मस्तिकै कारण मोटाएको बुझिएको छ ।
चलचित्रमा खासै व्यस्त नरहेकी उनले निकै फुर्सद पाएको र यसबीचमा उनले शारीरिक परिश्रम तथा अन्य कुनै प्रकारका तनाव बेहोर्नु नपरेका कारण उनको जीऊले उनलाई जिस्काउँदै मोटाएको बताइएको छ ।
सबैको सल्लाह र सुझावपछी जिम जान थालेकी उनको जीऊले कतिको बोसो घटाउने हो त्यो भने हेर्न बाँकी नै छ ।
के छ त यहाँ भित्र
समाचार
समाचार,
साबधान
प्रेमीलाई कहिल्यै भन्न नहुने ४ कुराहरू के-के ?
प्रेमी-प्रेमीकाको सम्बन्ध निकै नै गाढा हुन्छ। जीवनमा सँगै जिउने र मर्ने सम्मको बाचा गरेर एक-अर्कासँग रमाउने गर्छन्, प्रेमी-प्रेमीकाहरू तर एउटा सानो गल्ति या सानो कुरामा भएको मनमुटावले ती सबै बाचा कसमलाई पखालेर एक-अर्काबाट छुटिन समेत पुग्छन् । प्रेमी र प्रेमीकाबीच हुने केहि यस्ता कुराहरू हुन्छन् जसले दुवैको मनलाई एक-अर्काबाट टाढा राख्नु नै उचित ठान्छन् । प्रेमीका विषयमा प्रेमीकाले गर्ने सानो गल्ति र प्रेमीकाका विषयमा प्रेमीले गर्ने सानो गल्ति पनि उनीहरुको छुट्टिने कारण बन्न सक्छ । प्रेमी-प्रेमीकाबीच विश्वासको वातावरण राख्नका लागी दुवै एक-अर्कामा खुल्नु आवश्यक हुन्छ । हरेक कुरालाई शेयर गर्नुले सम्बन्धलाई थप प्रगाढ बनाउँछ भन्ने हाम्रो धारणा छ तर केहि यस्ता कुराहरु पनि हुन्छन् जुन आफ्नो प्रेमीलाई भन्नु भन्दा जीवनभर मनमा नै राख्नु नै उचित हुन्छ ।
प्रेमीकाले प्रेमीलाई केही कुराहरु कहिल्यै नखोलेको राम्रो हुन्छ । प्रेमीकाले प्रेमीलाई भन्न नहुने केहि यस्ता कुराहरु छन्, जसले दुईबीचको सम्बन्धलाई कुनै असर गर्दैन । जानौ ती कुराहरु जुन प्रेमीकाले आफ्नो प्रेमीसँग कहिल्यै नखुल्दा राम्रो...
१. आफ्ना साथीहरुको कुराहरू: प्रेमीकाले आफ्ना साथीहरुसँग गरिने कुराहरु तथा उनीहरूका सम्बन्धी कुराहरू आफ्नो प्रेमीलाई नभनेको राम्रो हुन्छ । आफ्ना साथीहरुले विश्वास गरेर भनेका कुराहरूलाई बाहिर नल्याउनु नै राम्रो हुन्छ ।
२. तपाईको पासवर्ड: तपाईले प्रयोग गर्ने इमेल, फेसबुक, तथा अन्य कुनै पासवर्डहरू प्रेमीलाई नभनेको नै राम्रो हुन्छ । उनीहरुलाई जति विश्वास र माया गरेपनि यस्ता कुराबाट उनीहरुलाई टाढा राख्नु नै राम्रो ।
३. प्रेमीको परिवार मन नपर्ने कुरा: तपाईको प्रेमीको परावारका बारेमा तपाईको धारणालाई नखुलाएको नै राम्रो हुन्छ । तपाईको प्रेमीको आमा तथा दिदीबहिनीका बिषयमा तपाईको धारणा सकेसम्म प्रेमीसँग नखोल्नु नै राम्रो हुन्छ ।
४. पूर्व प्रेमी बारे: सकेसम्म आफ्ना पूर्व प्रेमीको बारेमा धेरै कुरा आफ्नो अहिलेको प्रेमीलाई नखुलाएको राम्रो । अहिलेको प्रेमीलाई यो विश्वास होस् की तपाईले आफ्नो पूर्व प्रेमीलाई पूर्ण रूपमा छोडोसक्नु भएको छ र उबाट टाढा नै रहन चाहनुहुन्छ ।
धर्म
तपाइको आजको राशिफल
तपाइको आजको राशिफल
आज मिति २०६९ साल चैत्र महिनाको १७ गते सनिबार तृतीया तिथि,तदनुसार ३० मार्च २०१३ तपाइको आजको दिन कस्तो रहन्छ त? हेर्नुस आजको राशिफल...
के छ त यहाँ भित्र
धर्म
मनोरंजन,
समाचार
सेक्स गर्दा योनी कस्तो हुनुपर्छ ?
महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ। उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्। वास्तवमा योनीमा मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ? यसबारे केही चर्चा गरौँ। कसिलो योनी कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन् !
महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ। उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्।
वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सधँै लचकदार हुन्छ। प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ। प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ। यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ। यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ। समय दिएर प्राक्क्रीडा गरेर योनीमा लिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छ, सम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ।
यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ। खुकुलो योनी महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै योनी लचकदार हुन्छ। जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन्। तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। यसले पुरुष-महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ। महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न। कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन्। यो पनि गलत धारणा हो। सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन। योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ। त्यही सानो योनीबाट बच्चा जन्मन्छ। बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ। यो नै योनीको विशेषता हो।केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ।
यस्तो अवस्थामा योनीसम्बन्धी केही कसरत गर्न सकिन्छ। केगेल कसरत विधिः योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन्। यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ।केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ। यसलाई शुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्याउनुपर्छ। बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ। यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ। नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ। विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन्। अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ। तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो! यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पुर्याउन सक्छन्
समाचार
Exchange Rate for 31 March, 2013
Exchange Rate for 30 March, 2013
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
86.55
87.15
European euro
1
110.92
111.69
UK pound sterling
1
131.42
132.33
Swiss franc
1
91.13
91.76
Australian dollar
1
90.15
90.78
Canadian dollar
1
85.19
85.78
Singapore dollar
1
69.81
70.29
Japanese yen
10
9.20
9.27
Chinese renminbi (Yuan)
1
13.94
14.04
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.25
Danish Krone
1
14.87
Hong Kong dollar
1
11.15
Saudi Arabian riyal
1
23.08
Qatari riyal
1
23.77
Thai baht
1
2.95
UAE Dirham
1
23.56
Malaysian ringgit
1
28.03
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
के छ त यहाँ भित्र
समाचार
मनोरंजन
उकाली ओराली,Ukali Orali | March 29th 2013
उकाली ओराली,Ukali Orali | March 29th 2013
के छ त यहाँ भित्र
मनोरंजन
समाचार,
साबधान
फेसबूकमा कुरा गर्दै आएको प्रेमीलाई प्रतक्ष्य भेटेपछि प्रेमिका बेहोस..
फेसबूकमा कुरा गर्दै आएको प्रेमीलाई प्रतक्ष्य भेटेपछि प्रेमिका बेहोस..
युवापुस्ताको भेटघाट,कुराकानी गर्ने माध्यम नै सामाजिक सञ्जाल भईरहेको छ । प्रतक्ष्य भेटेरै कुरा काम गर्नुपर्छ भन्ने पनी छैन , भर्चुृअल संसारवाटै पनी धेरै काम भईरहेको पनी छ ।
फेसवुकलाई त कामकाजका साथसाथै धेरैले मनोरञ्जनको माध्यम वनाईरहेका छन् जहाँ माया प्रेमका कुराहरु भईनै रहन्छ । यस्तै भर्चुअल संसारमा रम्दै आईरहेकी एक युवती भने आफ्नो प्रेमीलाई फेस टु फेट (प्रतक्ष्य) भेटेपछि वेहोस् भएकी छिन् ।
भारतको केरलामा यस्तो घटना भएको हो । एक २३ वर्षिय युवती जो पेशामा ईन्जिनियर थिईन् । फेसवुकमा भेट भएर साथी वनेका उनिहरु फोनमा कुराकानी गर्दै आईरहेका थिए । पछिल्लो एक वर्षदेखी भर्चुअल संसारमा रमाउदै आएकी ती युवती आफ्नो प्रेमीलाई भेट्न आतुर थिईन् । भेट्नकै लागी भर्चुअल प्रेमी वस्ने ठेगाना तिरुअनंतपुरम पुगेकी थिईन् । ती युवती बस स्टेशनमा धेरै वेर पर्खिन तर आउछु भनेका ती प्रेमी आएनन । लामो समयसम्म टोलाएर वसेको देखेपछि प्रहरीलाई शकां लागेर सोधपुछ गर्दा आफुलाई प्रेमीले भेट्न आउछु भनेर नआएको वताएपछि प्रहरीले मोवाईल नम्वर र ठेगानाको आधारमा ती युवकलाई सम्पर्क गरेको थियो ।
युवतीले सोचेको २५-३० वर्षको युवक नभई ६७ वर्षका वृद्ध प्रेमी प्रहरीले ल्याएपछि युवती सोही स्थानमा वेहोस् भएकी थिईन् ।
ती वृद्धले भनेका छन् उनिले नै फोन तथा च्याट गर्ने गरेपछि आफुले पनी मनोरञ्जनको लागी मात्रै च्याट र फोन गर्ने गरेको वताएका छन् । प्रहरीले सो वृद्धलाई निर्दोष पनी ठहर्याएको छ भने ती युवतीको अभिभावकलाई सम्पर्क गरेर घर पठाईदिएको पनी समाचारमा उल्लेख गरिएको ! कतै तपाई लाई पनि येही होला है . होसियार फेसबुक को साथी देखि !!
समाचार,
साबधान
अस्लिल चलचित्रले बनाउछ अन्धो ..
अश्लिल चलचित्रहरु अहिले इन्टरनेटमा छ्याप्छ्याप्ति पाइन्छन् भने यसलाई हेर्नेहरुको संख्या पनि त्यतिकै छ । अश्लिल चलचित्रले मानिसमा मनोवैज्ञानिक विकृति ल्याउने खतरा त रहेको छ नै यसैमाथी यसले नयाँ समस्या समेत ल्याउने विशेषज्ञहरूले बताएका छन् । उनीहरुका अनुसार अश्लिल चलचित्रले मानिसको आँखा समेत अन्धो बनाउन सक्ने उनीहरूको भनाई छ ।
विशेषज्ञहरूद्धारा हालै गरिएको एक अनुसन्धानले धेरै अश्लिल चलचित्र हेर्ने मानिसहरु, खासगरी महिलामा आँखाको ज्योति गुम्ने खतरा हुन्छ । विशेषज्ञहरूका अनुसार पोर्न चलचित्र हेर्दा आउने उत्तेजनाले मस्तिष्कको दृष्टि निर्माण गर्ने भागमा असर पुर्याउँछ र यसले आँखामा रक्तसंचार गराउने नशामा असर गरेर अन्धो समेत बनाउन सक्छ ।
नेदरल्याण्डको ग्रोनिन्जेन विश्वविश्दालयका स्नायु विशेषज्ञ गर्ट होल्स्टेजले गरेको अनुसन्धानले अश्लील चलचित्र हेर्दा उत्पन्न हुने उत्तेजनाले दृष्टि क्षमतामा असर गर्ने र कालान्तरमा अन्धो बन्नसक्ने देखाएको छ ।
अनुसन्धानको क्रममा गर्टले महिलाहरुको समूहलाई ती भागमा विभाजन गरी एउटालाई सामान्य चलचित्र, अर्कोलाई सफ्ट पोर्न र बाँकीलाई हार्डकोर पोर्न चलचित्र देखाएका थिए ।
चलचित्र हेरेपछि तिनै खालका महिलाको मस्तिष्कको परीक्षण गरिएको थियो । त्यसक्रममा हार्डकोर पोर्न चलचित्र हेरेका महिलाको दृष्टि भागबाट जाने रक्तनलीमा रगतको बहाब असन्तुलित भएको पाइएको थियो । महिलाहरूमा गरिएको यो अध्ययन पुरुषहरुको मामिलामा पनि लागु हुने विज्ञहरूले बताएका छन् ।
विश्व खबर
विश्वको सबैभन्दा सानो मोबाइल चार्जर
मोबाइलको ब्याट्रीमा चार्ज सकिएर मोबाइल स्विच अफ हुनु र साथमा चार्जर तथा चार्ज गर्ने ठाउँ समेत नहुँदा दिनभरी नै सम्पर्क वीहिन हुनुपर्छ कहिलेकाहीँ । दिनभरीको यात्रामा हिँडेको बेला मोबाइलको चार्ज सकियो भने त अझ झनै ठूला पीडा हुन्छ । तर अब भने यस्तो पीडाबाट मुक्त भइने भएको छ । वैज्ञानिकहरुले यस्ता मोबाइल चार्जरको विकाश गरेका छन् जुन गोजीमा बोक्न मिल्छ र मोबाइलमा घुसाएपछि आफै मोबाइल चार्ज गर्छ ।
झण्डै साँचो आकारको यो मोबाइल चार्जरले मोबाइल चार्ज गरेपछि केही घण्टासम्म थेग्छ र मोबाइल स्विचअफ हुनबाट बचाउँछ ।
फ्युल माइक्रो चार्जर नाम दिइएको यो चार्जरबाट मोबाइल फोन चार्ज गर्नका लागि सुरुमा मोबाइलको स्विच अन गरी यो चार्जर मोबाइलमा घुसाउनुपर्छ । त्यसपछि लगत्तै मोबाइलको ब्याट्री चार्जिङ सुरु हुन्छ ।
अमेरिकाको म्यासाच्युसेट्समा रहेको डेभोटेक कम्पनीले यो चार्जरको निर्माण गरेको हो । कम्पनीले यो चार्जर विश्वकै सबैभन्दा सानो आकारको मोबाइल चार्जर भएको बताएको छ । आकस्मिक तथा अत्यावश्यकीय प्रयोगका लागि यो उपकरण निकै सहयोगी हुने दाबी कम्पनीको रहेको छ ।
के छ त यहाँ भित्र
विश्व खबर
समाचार
स्रोत : ओंलाइनखबर
स्थलगत अनुसन्धानपछि दूतावासले भन्यो- ‘मलेसियामा नेपालीको ज्यान गएको छैन
स्थलगत अनुसन्धानपछि दूतावासले भन्यो- ‘मलेसियामा नेपालीको ज्यान गएको छैन’
यहाँ रोजीरोटी खोज्ने भए कानुनको सम्मान गर्नैपर्छः मलेसियन प्रहरी
रामचन्द्र नेपाल
१६ चैत, क्वालालम्पुर । मलेसियाको जोहोरबारुस्थित पासिरगुडाङमा गत आइतवार भएको झडपमा कुनै पनि नेपालीको ज्यान नगएको र सवैको विबरण दुरुस्त देखिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
घटनापछि दूतावासबाट पुगेको अनुसन्धान टोलीले नेपाली कामदार, रोजगारदाता र प्रहरीसँग भेटेर छलफल गरेको र त्यसबाट सवै नेपालीहरुको बिबरण दुरुस्त देखिएको जनाएको छ ।
दूतावासले शुक्रबार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा कुन-कुन कम्पनीमा कति नेपाली छन र उनीहरुको अबस्था के छ भन्ने बिबरण खुलाएको छ ।
होष्टलमा रहेका, प्रहरी नियन्त्रणमा रहेका र अस्पतालमा उपचार गराईरहेका समेत जोड्दा सवैको बिबरण प्राप्त भएको र कोही पनि नहराएको दूतावासले प्रष्ट पारेको छ ।
मलेसियामा कामदारको मृत्यु भएको हल्लापछि दूतावासले प्रारम्भिक अनुसन्धान टोली खटाई त्यहाँ कुनै पनि नेपालीको मृत्यु नभएको उल्लेख गरेको थियो । तर सामाजिक संजालहरुमा हाइटीको द्वन्द्वमा मारिएहरुको तस्वीर राखी १५ जना नेपालीको मृत्यु भएको हल्ला चलाइएपछि दूतावासले दोस्रो चरणको अनुसन्धान टोली पठाई नेपालीहरुको बिबरण अद्याबधिक गरेको हो ।
मलेसियन प्रहरी भन्छ- ‘यहाँको कानुन पालना नगरे कडा कारवाही’
यसैवीच मलेसियन प्रहरीले जोहोरबारुमा भएको घटनामा कुनै पनि नेपालीको मृत्यु नभएको प्रष्ट पारेको छ । घटनापछि पहिलोपटक सार्वजनिक बक्तब्य दिंदै जोहोरबारु राज्यका प्रहरी प्रमुख मोक्तार मोहम्मद सरिफले भन्नुभयो- ‘स्थानीयसँगको झडपमा कुनै पनि नेपालीको मृत्यु भएको छैन, त्यो सरासर हल्ला हो ।’
मलेसियाको द स्टार अनलाइनका अनुसार नेपाली कामदारहरुले सार्वजनिक स्थलमा मदिरा सेवन गरेर होहल्ला गरेपछि स्थानीयसँग झडप भएको प्रहरीले दावी गरेको छ ।
घाइतेमध्ये चार जनालाई सुल्तान अस्पतालमा उपचार गरिएको र घटनामा संलग्न २२ जनालाई गिरफ्ता गरिएको उहाँले जानकारी दिनुभयो ।
जोहोरमा काम गर्न आउने बिदेशीहरुले मलेसियाको कानुनलाई कडाईपूर्वक पालना गर्नुपर्ने भन्दै उहाँले त्यसो नगरिएको सम्बन्धित देशमा डिर्पोट गर्नेसम्मका कडा कारवाही भोग्नुपर्ने चेतावनी दिनुभयो ।
‘यदि कोही बिदेशी यहाँ आएर राम्रो काम र राम्रो दामको अपेक्षा गर्दछन भने उनीहरुले यहाँको कानुनलाई सम्मान गर्नेपर्छ’- प्रहरी प्रमुख सरिफले भन्नुभयो ।
दूतावासको बिबरण जस्ताको तस्तै ....
स्रोत : ओंलाइनखबर
के छ त यहाँ भित्र
समाचार
अचम्मको घटना
तरुनीले खाइन् १३ हजार आलु
सधै एउटै खानेकुरा खान कसैलाई पनि मन लाग्दैन । मुख फेर्ने वा फरक फरक खानेकुरा खाने मन सबैको हुन्छ । तर बेलायतकी एक युवतीलाई भने सधै आलुमात्र खान मन पर्छ । अरु खाना खान डर लाग्ने हुनाले ती युवतीले आलु मात्रै खान्छिन् । अहिलेसम्म २३ वर्षकी ती तरुनीले १३ हजार दाना आलु खाइसकेकी छिन् ।
उसिनेका आलु मात्र खाने गरेकी ती युवतीलाई अरु खानेकुरा खान मन नलाग्ने मात्र होइन अन्य खानेकुरा पकाएको बासना समेत मन पर्दैन । तर उनले आलुसँगै पनिर र बर्गर भने खाने गरेकी छिन् ।
क्लेरी जोन नामकी ती युवतीलाई आजकल आलु खाँदाखाँदा हैरान लाग्न थालेको रहेछ । तर आलु खान कसरी बन्द गर्ने भन्ने जुक्ति भने फुर्न सकेको रहेनछ । आफुलाई अरु खाना खाँदा नपच्ने र अरु नयाँ खाना खाँदा विरामी पर्ने उनी बताउँछिन् ।
५ वर्षको उमेरमा लडेर खुट्टा भाँचिएपछि अस्पतालमा उपचार गराइरहेको बेला आमाले खानका लागि ल्याइदिने आलुका परिकार खाँदाखाँदा उनी आलुकी पारखी भइन् र अन्ततः आलुमै समर्पित भइन् । आलु मात्र खाँदा उनको स्वास्थ्य समेत बिग्रँदै गएकोमा उनका बाउआमा चिन्तित बन्न थालेका छन् ।
के छ त यहाँ भित्र
अचम्मको घटना
समाचार
स्थलगत अनुसन्धानपछि दूतावसले भन्यो-’मलेसियामा कुनै नेपालीको ज्यान गएको छैन
रामचन्द्र नेपाल
१६ चैत, क्वालालम्पुर । मलेसियाको जोहोरबारुस्थित पासिरगुडाङमा गत आइतवार भएको झडपमा कुनै पनि नेपालीको ज्यान नगएको र सवैको विबरण दुरुस्त देखिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
घटनापछि दूतावासबाट पुगेको अनुसन्धान टोलीले नेपाली कामदार, रोजगारदाता र प्रहरीसँग भेटेर छलफल गरेको र त्यसबाट सवै नेपालीहरुको बिबरण दुरुस्त देखिएको जनाएको छ ।
दूतावासले शुक्रबार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा कुन-कुन कम्पनीमा कति नेपाली छन र उनीहरुको अबस्था के छ भन्ने बिबरण खुलाएको छ ।
होष्टलमा रहेका, प्रहरी नियन्त्रणमा रहेका र अस्पतालमा उपचार गराईरहेका समेत जोड्दा सवैको बिबरण प्राप्त भएको र कोही पनि नहराएको दूतावासले प्रष्ट पारेको छ ।
मलेसियामा कामदारको मृत्यु भएको हल्लापछि दूतावासले प्रारम्भिक अनुसन्धान टोली खटाई त्यहाँ कुनै पनि नेपालीको मृत्यु नभएको उल्लेख गरेको थियो । तर सामाजिक संजालहरुमा हाइटीको द्वन्द्वमा मारिएहरुको तस्वीर राखी १५ जना नेपालीको मृत्यु भएको हल्ला चलाइएपछि दूतावासले दोस्रो चरणको अनुसन्धान टोली पठाई नेपालीहरुको बिबरण अद्याबधिक गरेको हो ।स्रोत:-ओनलाइन खबर
के छ त यहाँ भित्र
समाचार
समाचार
दुबईमा नेपाली चेलीलाई एक वर्षको जेल सजायँ
१६ चैत, काठमाण्डौ । एक पाकिस्तानी पुरुषसँग अवैध सम्बन्ध कायम गरेको आरोपमा दुबईमा एक नेपाली महिला कामदारले जेल सजाय पाएकी छिन् । डि.के. नाम दिइएकी ती २८ वर्षकी नेपाली महिलालाई ३० वर्षका पाकिस्तानी कामदारसँग अवैध सम्बन्ध कायम गरेको आरोपमा १ वर्षको जेल सजाय सुनाइएको हो ।
ती पाकिस्तानी युवक नेपाली महिला बस्ने घरमा छिरेर अवैध सम्बन्ध कायम गरेको पाइएपछि दुबइको एक अदालतले दुबै जनालाई एक-एक वर्षको जेल सजाय सुनाएको हो । एक दिन ती पाकिस्तानी युवक नेपाली महिलाले काम गर्ने घरमा छिरेरसँगै बसिरहेको अवस्थामा रंगेहात भेटिएपछि उनीहरुलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
ती नेपाली महिलाले पाकिस्तानी युवकसँगको सम्बन्धबाट गर्भ समेत बोकेको र अहिले उनी ५ महिनाकी गर्भवती रहेको बताइएको छ । अदालती फैसला अनुसार नेपाली महिला कामदार र पाकिस्तानी पुरुष कामदारलाई एक वर्षको जेल सजायँ पछि आ-आफ्नो देश फर्काइनेछ ।
के छ त यहाँ भित्र
समाचार
समाचार,
साबधान
रोगबाट बच्ने र सरीर तन्दुरुस्त राख्ने केही घरेलु टिप्स
रोगबाट बच्ने र सरीर तन्दुरुस्त राख्ने केही घरेलु टिप्स
केही स्वास्थ्य समस्या यस्ता हुन्छन् जसको उपचारका लागि डाक्टरकहाँ धाइरहनु पर्दैन । घरेलु विधिद्वारा घरमै ती समस्या निदान गर्न सकिन्छ ।
मात्र त्यसका लागि घरेलु उपचार पद्धतिको ज्ञान, सावधानी तथा व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनुपर्दछ । केही खाद्य पदार्थ वा वस्तुहरु यस्ता छन् जसको नियमित सेवन गरिएमा विभिन्न खालका रोगहरु आफै निको हुन्छन् र त्यस्ता पदार्थको सेवनले रोगको रोकथाममा पनि सहयोग पूराउँछ ।
· -यदि तपाइँको सरीरको कुनै भाग सुन्निएको छ, जोर्नी दुखेको छ वा सरीरको कुनै भागमा पीडा महसुस भैरहेको छ भने दिनहुँ तातो दूधमा बेसार मिलाएर पिउने गर्नुहोस् । यसले दुखाइ कम गर्न तथा सुन्निएको भाग निको हुन सहयोग गर्छ ।
- वजन घटाउन चाहनुहुन्छ ? छाला तथा कपाललाई स्वस्थ बनाउन चाहनुहुन्छ ? उच्च रक्तचाप तथा मधुमेह लगायतका रोगबाट बच्न चाहनुहुन्छ ? यदि त्यसो हो भने दिनहुँ गि्रन टी सेवन गर्नुहोस् ।
- स्ट्रबेरी, किम्बु तथा काफल लगायतका फलको नियमित सेवनले तपाइँको मृगौला स्वस्थ राख्न मद्दत गर्छ । यसले मुत्र प्रणालीमा हुने विभिन्न खाले संक्रमण समेत रोक्न सहयोग पूराउँछ ।
- दिनहुँ ओखर तथा बदामको सेवन गर्नाले सरीरमा पर्याप्त उर्जा आपूर्ति हुन्छ । यसले तन्दुरुस्ती बढाउन मद्दत गर्नुका साथै यौन क्षमता तथा स्मरण शक्तिको वृद्धिमा पनि सहयोग पूराउँछ ।
समाचार
दमौली तनावग्रस्त,१० राउन्ड हवाई फायर (दर्जनभन्दा बढी घाइते) भिडियो खबर
तनहुँ, चैत्र १६ । लागूऔषध सेवन गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका एक युवकको अस्पतालबाट भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएपछि मृतकका आफन्तहरुले तनहुँमा पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका आफन्त र प्रहरीबीच ढुंगा हानाहान भएको छ। प्रहरी नियन्त्रणमा रहेका पोखरीभञ्ज्याङ-४ का २२ वर्षीय सुजन तामाङ बिहीबार राति दमौली अस्पतालको परिसरबाट भाग्ने क्रममा भिरबाट खसेर घाइते भएका थिए। उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले तामाङको हत्या गरेको आरोप लगाउँदै मृतकका आफन्त विरोधमा उत्रेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन १० राउन्ड हवाइ फायर गरेको छ । दोहोरो झडपमा परी दर्जनभन्दा बढी घाइते भएका छन्। हेर्नुस भिडियो खबर ..
के छ त यहाँ भित्र
समाचार
गीत
Nidharai Maa Lekhesi By Ramji Khand and Krishna Gurung
Nidharai Maa Lekhesi By Ramji Khand and Krishna Gurung
के छ त यहाँ भित्र
गीत
विश्व खबर
मलालाले लेख्दैछिन आत्मकथा
महिला शिक्षाको अभियान चलाउँदा तालिबानी आक्रमणको निशाना बनेकी पाकिस्तानी युवती मलाला यूसुफजईले आफ्नो अनुभवलाई समेटेर किताब लेख्ने भएकी छिन् ।
यसका लागि उनले करिव ३ लाख अमेरिकी लडरको सम्झौतामा हस्ताक्षर गरेकी छिन् । महिला शिक्षाको अभियान चलाएको भन्दै तालिबानले मलालालाई कबायली इलाकाको स्वातमा आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई बेलायतमा सघन उपचार गरी ज्यान बचाइएको थियो ।
किताबमा आफ्नो मात्र नभई स्कुल जान नपाएकी करोडौं युवतीहरुको कथा उतार्ने मलालाले बताएकी छिद्धन् । किताबको नाम आई एम मलाला अर्थात ‘म मलाला हूँ’ रहेको छ । किताव यसै वर्ष प्रकाशित हुनेछ । किताबको प्रकाशक वाइडेनफेल्ड एण्ड निकोलसनले किताबले उनीमाथि भएको आक्रमणबारे बताउने बताएको छ ।
मलालाले भनेकी छिन्– ‘मलाई विश्वास छ कि यो किताब विश्वभरका मानिसहरु समक्ष पुग्नेछ । उसले उनीहरुलाई थाहा हुनेछ कि केही बच्चालाई शिक्षा पाउन कति मुश्किल छ ।’ शिक्षाबाट बञ्चित ६ करोड बालबालिकाको कथा उतार्ने भन्दै उनले भनेकी छिन्–‘म हरेक युवा युवतीलाई स्कुल जाने अधिकार दिने अभियानको हिस्सा बन्न चाहन्छु ।’ मलाला पछिल्लो दिनमा बेलायतको बर्मिङ्घममा उपचारसँगै अध्ययनमा व्यस्त छिन् ।
के छ त यहाँ भित्र
विश्व खबर
समाचार
पदाधिकारीका लागि एमाओवादीमा हानाथाप प्रचण्ड फेरि अल्पमतमा पर्ने खतरा
१६ चैत, काठमाडौं । केन्द्रीय समितिलाई पूर्णता दिने समय नजिकिँदै जाँदा एकीकृत नेकपा माओवादीभित्र उपाध्यक्ष र सचिव पदका दाबेदारहरुको संख्या बढ्न थालेको छ । ३ सय ९९ सदस्यीय केन्द्रीय समितिमा दुईभन्दा बढी सचिव रहने विधानमा व्यवस्था छ । शनिबार बस्ने बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लगाउने एमाओवादीले जनाएको छ । हेटौडा महाधिवेशनपूर्व पार्टी फुट्नुअघिको केन्द्रीय समितिमा सीपी गजुरेल र पोष्टबहादुर बोगटी सचिव हुनुहन्थ्यो । गजुरेल वैद्यपक्षमा लागिसक्नुभएको छ भने बोगटी महाधिवेशनबाट महासचिव बन्नुभएको छ । त्यसैगरी पहिले ३ जना उपाध्यक्ष रहेकोमा वैद्यको ठाउँ अहिले पनि खाली रहेको छ । पदाधिकारीलाई पूर्णता दिनका लागि अब एमाओवादीले घटीमा एक उपाध्यक्ष र तीनभन्दा बढी सचिवहरुको मनोनयन गर्न बाँकी छ ।
स्रोतअनुसार बरियताको हिसावले एमाओवादीमा अमिक शेरचन उपाध्यक्षका दाबेदार हुन् भने कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी र वर्षमान पुन सचिवका दाबेदार हुन् । लीलामणि पोखरेलसमेत पदाधिकारीका दाबेदार भए पनि बरियतामा उनीभन्दा अघि चारजना नेता रहेकाले पोखरेल दौडमा पछाडि छन् । मधेसी नेताहरुले एक जना सचिव मागेका छन् । मधेसी कोटाबाट सचिव बनाउने स्थितिआए प्रचण्ड निकट पूर्व एकता केन्द्रका नेता विश्वनाथ शाह त्यसका दावेदार हुन् । पदाधिकारीका दाबेदारमध्ये पाँचैजना अध्यक्ष प्रचण्डका भरपर्दा सारथी होइनन् । एकताकेन्द्रबाट आएका अमिक शेरचन आफैं प्रचण्डको नभई अलग्गै गुटका नेता हुन् ।
सचिवका दाबेदार महरा विगतमा प्रचण्डका विश्वासपात्रका रुपमा रहे पनि वैद्य र प्रचण्डलाई मिलाउने भन्दै मध्यमार्गी धारको नेता बनेपछि कतिपयले उनलाई वैद्यनिकट भएको र विप्लवसँग भित्री साँठगाँठ रहेको आरोप लगाउने गरेका छन् ।
एकताकेन्द्रबाटै आएका गिरिराजमणि पोखरेल नारायणकाजी श्रेष्ठका दाहिने हात भएकाले उनी पनि प्रचण्डका विश्वासपात्र होइनन् । सचिवका अर्का दाबेदार टोपबहादुर रायमाझी त झनै डा. बाबुराम पक्षमा खुलेरै लागेकाले उनीबाट प्रचण्डलाई भर हुने स्थिति छैन । शेरचनदेखि वर्षमानसम्मको टीमलाई हेर्दा प्रचण्ड नयाँ बन्ने पदाधिकारी कमिटीमा प्रचण्ड कुनै पनि बेला अल्पमतमा पर्नसक्ने स्थिति देखन्छि । तीन उपाध्यक्ष र तीन सचिवमात्रै बनाइयो र बरियतालाई आधार मानियो भने वर्षमान पुन छुट्न सक्छन् । यो अवस्थामा प्रचण्डको पक्षमा उनी आफू र बोगटीमात्रै रहने स्थिति छ ।
विगतमा पार्टी फुट्नुअघि वैद्य र भट्टराईपक्ष मिल्दा पदाधिकारीमा प्रचण्ड अल्पमतमा परेका थिए ।
वैद्य, बाबुराम, वादल र सीपी गजुरेल एकातिर लाग्दा प्रचण्डको पक्षमा उनी, नारायणकाजी र पोष्टबहादुर बोगटीमात्रै थिए । गुरुलाई उछिन्ने चेलाको दाऊ धेरैजना सिनियरहरुलाई पछि पार्दै प्रचण्डद्वारा नेतृत्वमा तानिएका पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त बरिष्तामा कनिष्ठ भए पनि सबैभन्दा बरिष्ठ सचिव बन्ने दौडमा लागेको एमाओवादी स्रोत बताउँछ । यसक्रममा आफ्नै गुरु कृष्णबहादुर महरालाई भन्दा आफूलाई अगाडि राख्नुपर्ने भन्दै अनन्तले महत्वाकांक्षा प्रकट गर्न थालेको एमाओवादी नेताहरुको आरोप छ । महाधिवेशनमा महासचिव र हाल सचिवको दौडमा रहेका कृष्णबहादुर महरा र सचिवका दाबेदार वर्षमान गुरु र चेला हुन् । रोल्पामा शिक्षक हुँदा महराले पढाएका अनन्त आफ्ना गुरुलाई उछिनेर बरिष्ठ सचिव बन्ने होडमा लागे पनि पछिल्लो समयमा प्रचण्डले उनीप्रति कम भर गर्न थालेको स्रोत बताउँछ ।
के छ त यहाँ भित्र
समाचार
समाचार
रहस्यमय बन्दै मलेसिया घटना(दूतावासको विशेष टोली गठन)भिडियो खबर
हालै जोहोर बाहरु मलेसियामा घटेको घटना जे भएपनी निन्दनीय नै छ ! उक्त घटनामा भएको कुटपिट घटनाको स्थलगत अध्ययन गर्न नेपाली दूतावासले विशेष टोली परिचालन गरेको छ । घटनाको तथ्य सार्वजनिक गर्न तीन कर्मचारी खटाइएको कार्यवाहक राजदूत लेखनाथ भट्टराईले बताए । ‘उहाँहरूले त्यहाँ कार्यरत नेपालीको नामावली संकलन गर्दै पहिचान गरिरहनुभएको छ,’ भट्टराईले भने, ‘जतिसक्दो छिटो विस्तृत विवरण सार्वजनिक गर्छौं ।’
आइतबार स्थानीय युवाको समूहले यहाँस्थित एक होस्टलमा पसेर नेपाली र विदेशी कामदारमाथि आक्रमण गरेको थियो । अहिले उक्त होस्टलमा सुरक्षा व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।
सोमबार बिहान घटनास्थल पुगेको दूतावास टोलीले त्यहाँ घाइते नेपाली, प्रत्यक्षदर्शी, कम्पनी एवं प्रहरी प्रशासनलगायत विभिन्न पक्षसित सोधखोज गरिरहेको छ । त्यहाँ बस्ने नेपालीका अनुसार विभिन्न ३ कम्पनीले आफ्ना कामदार त्यहाँबाट सारिसकेका छन् । होस्टल परिसरमा नेपाली अझै त्रसित भएकाले सुरक्षा व्यवस्था मिलाइएको दूतावासले जनायो । आक्रमणमा घाइते भएपछि अस्पताल भर्ना भएका सामरी-४ नुवाकोटका राजु विश्वकर्मा बुधबार डिस्चार्ज भएका छन् । बायाँ खुट्टा भाँचिएको र निधारमा गहिरो चोट लागेका उनको उपचारखर्च कम्पनीले बेहोरेको दूतावासले बतायो । अर्का घाइते मोहमदपुर-४ रौतहटका रामलाल साहको हात र खुट्टा भाँचिएको छ । अस्पतालले आगामी अपि्रल ५ मा उनको शल्यक्रिया गर्ने तयारी गरेको छ ।
भिडियो समाचार हेर्न तल क्लिक गर्नुस्...
के छ त यहाँ भित्र
समाचार