
यसैले चलचित्र बिकास बोर्डमा जम्बो सल्लाहाकार टोली नियुक्त गरिएको छ । वुधबार चलचित्र बिकास बोर्डको कार्य समितिको बैठक बसी रेखा सहित अन्य विभिन्न चलचित्रकर्मीलाई सल्लाहाकार पदमा नियुक्त गरिएको हो । जसमा नायक शिव श्रेष्ठ, निर्माता अशोक शर्मा, राजेन्द्र सलभ, तब्बानाथ शुक्ला, राजकुमार पाखेरल छन् । एक जनाको नाम अहिलेसम्म सार्वजनिक नभए पनि नायिका झरना थापा हुनसक्ने हल्ला सिने नगरीमा चल्न थालेको छ । ‘पप्पु’ बोर्ड अध्यक्ष भएलगतै नायिका झरना थापाको नाम अघि आएको थियो ।
‘पप्पु’ सँग गाजा तानेदेखि चर्चामा रहेकी रेखा दोलखामा पनि उनिसँगै देखिएपछि झनै चर्चामा थिइन् । काम केही गर्न नसकेको बोर्डमा जम्बो सल्लाहाकार टोलीको आवश्यकता किन पर्यो, यो ‘पप्पु’ ले नै जान्ने कुरा हो । तर नायिका रेखा थापालाई भने बोर्ड अध्यक्ष बन्न नपाएपनि सल्लाहाकार पद पाएर केही राहत मिलेको छ ।
|