मोबाइल फोन निर्माता कम्पनी ब्लाकबेरीले आफ्नो पछिल्लो स्मार्टफोन जेड १० ले बजार तताएको दाबी गर्दै अहिलेसम्म १० लाख वटा स्मार्टफोन बेचिसकेको बताएको छ ।
गएको वर्षको घाटालाई भुलाउने गरी यो वर्षको पहिलो त्रैमासिकमा ९ करोड ८० लाख अमेरिकी डलर नाफा कमाएको पनि ब्लाकबेरीले जनाएको छ । स्मार्टफोनको पछिल्लो संस्करणको बिक्रि अपेक्षा भन्दा निकै राम्रो रहेको दाबी गर्दै उसले बिक्रिको यो संख्या अमेरिकी बजार बाहेकको मात्र रहेको पनि स्पष्ट पारेको छ ।

तथ्यांक अनुसार पछिल्लो एक वर्षमा ब्लाकबेरीका प्रयोगकर्ता ३० लाखले घटेका छन् । एक वर्षअघि ७ करोड ९० लाख जनाको हातमा ब्लाकबेरीका मोबाइल फोन रहेकोमा अहिले केबल ७ करोड ६० लाख जनाले मात्र ब्लाकबेरीका ग्याजेट बोकेका छन् । तर पछिल्लो तिन महिनामा आफुले ६० लाख स्मार्टफोन निर्माण गरी बजारमा पठाएको दाबी कम्पनीको छ ।
|