झापामा हात्ती आक्रमणको त्रास वषार्ंै पुरानो हो, समाधान कहीं कतैबाट हुन सकिरहेको छैन । त्यसैले जनधनको क्षति पनि खुबै हुँदै आएको छ । तीन वर्षमा २० जनाको मृत्यु हात्ती आक्रमणबाट भएको तथ्यांकले देखाउँछ । यतिबेला झापाका मुख्य सहरमा खुलेआम रूपमा जङ्गली हात्ती हिँडडुल गर्ने, जङ्गल नजिकका बस्तीहरूमा आक्रमण गर्ने, मानवीय र अन्य प्रकारका क्षति गर्ने आदि गतिविधिले पनि झापामा हात्ती आतङ्क गम्भीर समस्याका रूपमा देखा पर्दै गएको पुष्टि हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नुस्..
|