प्रेमीलाई कहिल्यै भन्न नहुने ४ कुराहरू के-के ?

 प्रेमी-प्रेमीकाको सम्बन्ध निकै नै गाढा हुन्छ। जीवनमा सँगै जिउने र मर्ने सम्मको बाचा गरेर एक-अर्कासँग रमाउने गर्छन्, प्रेमी-प्रेमीकाहरू तर एउटा सानो गल्ति या सानो कुरामा भएको मनमुटावले ती सबै बाचा कसमलाई पखालेर एक-अर्काबाट छुटिन समेत पुग्छन् । प्रेमी र प्रेमीकाबीच हुने केहि यस्ता कुराहरू हुन्छन् जसले दुवैको मनलाई एक-अर्काबाट टाढा राख्नु नै उचित ठान्छन् । प्रेमीका विषयमा प्रेमीकाले गर्ने सानो गल्ति र प्रेमीकाका विषयमा प्रेमीले गर्ने सानो गल्ति पनि उनीहरुको छुट्टिने कारण बन्न सक्छ । प्रेमी-प्रेमीकाबीच विश्वासको वातावरण राख्नका लागी दुवै एक-अर्कामा खुल्नु आवश्यक हुन्छ । हरेक कुरालाई शेयर गर्नुले सम्बन्धलाई थप प्रगाढ बनाउँछ भन्ने हाम्रो धारणा छ तर केहि यस्ता कुराहरु पनि हुन्छन् जुन आफ्नो प्रेमीलाई भन्नु भन्दा जीवनभर मनमा नै राख्नु नै उचित हुन्छ । प्रेमीकाले प्रेमीलाई केही कुराहरु कहिल्यै नखोलेको राम्रो हुन्छ । प्रेमीकाले प्रेमीलाई भन्न नहुने केहि यस्ता कुराहरु छन्, जसले दुईबीचको सम्बन्धलाई कुनै असर गर्दैन । जानौ ती कुराहरु जुन प्रेमीकाले आफ्नो प्रेमीसँग कहिल्यै नखुल्दा राम्रो... 

१. आफ्ना साथीहरुको कुराहरू: प्रेमीकाले आफ्ना साथीहरुसँग गरिने कुराहरु तथा उनीहरूका सम्बन्धी कुराहरू आफ्नो प्रेमीलाई नभनेको राम्रो हुन्छ । आफ्ना साथीहरुले विश्वास गरेर भनेका कुराहरूलाई बाहिर नल्याउनु नै राम्रो हुन्छ । 

 २. तपाईको पासवर्ड: तपाईले प्रयोग गर्ने इमेल, फेसबुक, तथा अन्य कुनै पासवर्डहरू प्रेमीलाई नभनेको नै राम्रो हुन्छ । उनीहरुलाई जति विश्वास र माया गरेपनि यस्ता कुराबाट उनीहरुलाई टाढा राख्नु नै राम्रो । 

 ३. प्रेमीको परिवार मन नपर्ने कुरा: तपाईको प्रेमीको परावारका बारेमा तपाईको धारणालाई नखुलाएको नै राम्रो हुन्छ । तपाईको प्रेमीको आमा तथा दिदीबहिनीका बिषयमा तपाईको धारणा सकेसम्म प्रेमीसँग नखोल्नु नै राम्रो हुन्छ ।

 ४. पूर्व प्रेमी बारे: सकेसम्म आफ्ना पूर्व प्रेमीको बारेमा धेरै कुरा आफ्नो अहिलेको प्रेमीलाई नखुलाएको राम्रो । अहिलेको प्रेमीलाई यो विश्वास होस् की तपाईले आफ्नो पूर्व प्रेमीलाई पूर्ण रूपमा छोडोसक्नु भएको छ र उबाट टाढा नै रहन चाहनुहुन्छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger