रेखा थापा नेपाली चलचित्र क्षेत्रको चर्चित नाम हो । चलचित्र मात्र नभएर उनका विभिन्न कर्तुतका कारण उनी निकै चर्चामा रहने गर्छिन् । कहिले नायीका तथा निर्देशकहरूसँगको झगडा कहिले प्रचण्डसँग कम्मर मर्काएर नाच्दै आफूलाई चर्चामा ल्याइरहने नायीका रेखा पछिल्लो समय विदेशमा कार्यक्रम गर्ने भन्दै पैसा लिएर भागेको भन्दै आलोचित तथा चर्चामा रहेकी थिइन् । कार्यक्रमका लागी पैसा लिएकी उनी एकाएक कार्यक्रममा नै नआउने गरी अमेरिका भागेपछी आयोजकले समेत हैरानी बेहोरेका थिए । केही समय अमेरिकामा बसेर नेपाल फर्किएकी अहिले पनि उनको चर्चा कम भएको छैन् । अहिले उनको चर्चाको कारण हो, उनको जीऊ ।

चलचित्रमा खासै व्यस्त नरहेकी उनले निकै फुर्सद पाएको र यसबीचमा उनले शारीरिक परिश्रम तथा अन्य कुनै प्रकारका तनाव बेहोर्नु नपरेका कारण उनको जीऊले उनलाई जिस्काउँदै मोटाएको बताइएको छ ।
सबैको सल्लाह र सुझावपछी जिम जान थालेकी उनको जीऊले कतिको बोसो घटाउने हो त्यो भने हेर्न बाँकी नै छ ।
|