पासपोर्ट हराए ६ महिना नपाइने

  १७ चैत, काठमाण्डौं । पासपोर्ट हराएमा सूचना प्रकाशित गरी प्रहरी रिर्पोट बनाउँदैमा अब तत्काल पासपोर्ट नपाइने भएको छ । पार्सपोट हरायो भन्दै नयाँ बनाउन जानेलाई ६ महिनासम्म पर्खाउने नियमावली ल्याउन परराष्ट्र मन्त्रालय राहदानी विभागले तयारी गरेको छ । पासपोर्ट हराउने संख्या शंकास्पद रुपमा अत्यधिक बढ्दै गएकाले नयाँ नियम ल्याउन लागिएको राहदानी विभागका निमित्त प्रमुख यादब खनालले जानकारी दिए। नियमावलीमा पासपोर्ट हराएको पुष्टि गर्न नसके निश्चित दण्डको पनि व्यवस्था गर्न लागिएको उनको भनाई छ । ‘पासपोर्ट जस्तो संवेदनशील डकुमेन्ट त्यत्तिकै कसरी हराउँछ ? आफ्नो कागजपत्र जोगाउने जिम्मा नागरिक आफ्नै हो,’ खनालले शुक्रबार विभागमा गरिएको पत्रकार भेटघाटमा भने, ‘तर साँच्चिकै केही घटनाको सिकार भएर पासपोर्ट हराएको केसमा विचार गर्न सकिनेछ ।’ विभागले ई-पासपोर्ट ल्याउने योजना समेत बनाएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger