पुर्खौदेखि बसोबास गर्दै आएका गुलरिया नगरपालिका बासीहरुको पुस्तौली जग्गा अहिले भारतको सिमामा छ। लालपुर्जा छ नेपालको, जग्गा भारतमा पर्छ।
सिमावर्ती चौगुर्जी बस्ने धोबीले भने,यही गाँउका नेपाली जग्गाको धनी पुर्जा भएका १० बिघा भन्दा बढि जग्गा सीमा स्तम्भ भन्दा पारि छ ,०६० साल देखी आयस्ता खान पाएका छैनन्।त्यो भन्दा अघि जग्गा सीमापारी भए पनि आम्दानी पाएका थिए धोबी भन्छन।
यस्तै नगरपालिका भित्रका थपुवा गाँउका फत्ता थारुको ०-१०-०,रामदत्त थारु ०-१४-०,खटिक थारु ०-१४-०,र बिश्राम थारु २-०७-०,जग्गाको जग्गा धनि पुर्जा नेपाली भएपनि एकपक्षिय रुपले सीमास्तम्भ सारे पछि सीमापारी परेका हुन।एउटै जग्गाकाको दुई देशका अधिकार स्थापीत भएका उनीहरु एक्ला होइनन्।यी बर्दिया सीमावर्ती गाबिसमा पर्ने दर्जनौ गाँउका स्थानीय बासीको पीडा हो।
हेर्नुस भिडियो खबर ....
|