अश्लिल चलचित्रहरु अहिले इन्टरनेटमा छ्याप्छ्याप्ति पाइन्छन् भने यसलाई हेर्नेहरुको संख्या पनि त्यतिकै छ । अश्लिल चलचित्रले मानिसमा मनोवैज्ञानिक विकृति ल्याउने खतरा त रहेको छ नै यसैमाथी यसले नयाँ समस्या समेत ल्याउने विशेषज्ञहरूले बताएका छन् । उनीहरुका अनुसार अश्लिल चलचित्रले मानिसको आँखा समेत अन्धो बनाउन सक्ने उनीहरूको भनाई छ ।
विशेषज्ञहरूद्धारा हालै गरिएको एक अनुसन्धानले धेरै अश्लिल चलचित्र हेर्ने मानिसहरु, खासगरी महिलामा आँखाको ज्योति गुम्ने खतरा हुन्छ । विशेषज्ञहरूका अनुसार पोर्न चलचित्र हेर्दा आउने उत्तेजनाले मस्तिष्कको दृष्टि निर्माण गर्ने भागमा असर पुर्याउँछ र यसले आँखामा रक्तसंचार गराउने नशामा असर गरेर अन्धो समेत बनाउन सक्छ ।
नेदरल्याण्डको ग्रोनिन्जेन विश्वविश्दालयका स्नायु विशेषज्ञ गर्ट होल्स्टेजले गरेको अनुसन्धानले अश्लील चलचित्र हेर्दा उत्पन्न हुने उत्तेजनाले दृष्टि क्षमतामा असर गर्ने र कालान्तरमा अन्धो बन्नसक्ने देखाएको छ ।
अनुसन्धानको क्रममा गर्टले महिलाहरुको समूहलाई ती भागमा विभाजन गरी एउटालाई सामान्य चलचित्र, अर्कोलाई सफ्ट पोर्न र बाँकीलाई हार्डकोर पोर्न चलचित्र देखाएका थिए ।
चलचित्र हेरेपछि तिनै खालका महिलाको मस्तिष्कको परीक्षण गरिएको थियो । त्यसक्रममा हार्डकोर पोर्न चलचित्र हेरेका महिलाको दृष्टि भागबाट जाने रक्तनलीमा रगतको बहाब असन्तुलित भएको पाइएको थियो । महिलाहरूमा गरिएको यो अध्ययन पुरुषहरुको मामिलामा पनि लागु हुने विज्ञहरूले बताएका छन् ।
|