Featured Post Today
print this page
Latest Post

कहिल्यै नभएको अचम्म, दुर्गाभवानीको मुर्तीवाट आँसु झर्‍यो


वीरगन्ज , कार्तिक ९ । बाराको लिपनीमाल गाविसको चैनपुर चोकमा बडा दशैको अवसरमा स्थापना गरिएको दुर्गा भवानीको मुर्तीको आँखाबाट आज बिहान आँसु झरेको छ ।
दुर्गा पूजा समितिले मुर्ती बिसर्जनका लागि तयारी गरिरहेका बेला बिहान अचानक दुर्गाभवानीको मुर्तीबाट आँसु बगेको पुजारी दिलिप कुमार उपाध्यायले जानकारी दिएका छन्
दुर्गा भवानीको दाहिने आँखाबाट आँशुको धारा बगेको पुजारी उपाध्यायले बताउनु भयो । यसका साथै दुर्गाभवानी सवार रहेको सिंह र कात्र्तिकेय भगवानको आँखाबाट पनि आँसु झरेको स्थानीयवासीले बताएका छन ।
मुर्तीको आँखाबाट आसु झरेपछि बिसर्जन कार्यक्रम स्थगीत गरिएको दुर्गा पुजा समितिले जनाएको   छ । दुर्गा भवानीको आँखाबाट आँसु झरेको हेर्न अहिले पूजा स्थलमा ठूलो संख्यामा भक्तजन र सर्व साधरणहरुको भिड लागेको छ । चैनपुरमा दशैको अवसरमा  विगत दश वर्ष देखि दुर्गा भवानीको मुर्ती स्थापना गरि पुजापाठ गरिदै आएपनि यसअघि यस्तो कहिल्यै नभएको पुजा समितिका संस्थापक सदस्य रामविनय साहले बताएका छन् । साहले आफुले पनि बिहान हेर्न जाँदा मुर्तीहरुको आँखाबाट आँसु झरिरहेको देखेको बताउनु भयो ।श्रोत :सौर्य दैनिक

सांस्कृतिक कार्यक्रममा छुरा हानी एक युवकको हत्या


काभ्रे, कार्तिक ९ । काभ्रेमा दशैंका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम भइरहेकै स्थानमा गएराति एक युवकको हत्या भएको छ । काभ्रेको चलाल गणेशस्थान गाविस वडा न. २ गणेश निम्न माध्यमिक विद्यालयको प्रांगणमा काभ्रे च्यासिङखर्क–९ का २३ वर्षीय युवक मनजित तामाङको छुरा हानी हत्या भएको हो ।
स्थानीय सरस्वती युवा क्लवले विद्यालयमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम हेरिरहेका तामाङमाथि एक समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्नको आरोपमा गणेशस्थान ३ का रणबहादुर तामाङलाई पक्राउ गरेको छ । संलग्न अन्यको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

दैलेखमा खुल्ला सडकमा मासु विक्री


दैलेख, २ कात्तिक । दैलेख जिल्लाको सदरमुकाममा खुल्ला सडक छेउछाउमा न्यूनतम मापदण्ड समेत पुरा नगरी पशुबध गर्ने क्रम बढेपनि स्थानीय प्रशासनले ध्यान नदिँदा उपभोक्ता मर्कामा परेका छन् ।
स्थानीय प्रशासनको लापरबाहीका कारण उपभोक्ता अस्वथ्यकर मासु उपभोग गर्न बाध्य भएका हुन् । एक दर्जन बढि मासु पसल अव्यवस्थित रुपमा सडकमै रहदाँ पनि स्थानीय प्रशासनले नियमन गर्न कुनै चासो नदेखाएको उपभोक्ताको गुनासो छ ।
पशु बधशाला र मासु जाँच ऐन, २०५५ विपरित मासु व्यवसायीले पशुबध गर्ने गरेको नारायण नगरपालिकाका निमित्त कार्यकारी अधिकृत निरक रावलले बताए । उनले नगरपालिकाले निर्माण गरेको पशुबशालालाई छिट्टै कार्यान्वयनमा ल्याईने बताए ।
ऐनमा स्थानीय निकायको स्वीकृती लिएर बेच्नुपर्ने, बधशालामा मात्रै पशु बध गराउनुपर्ने र मिसावट गरेर मासु बेच्न नपाइने प्रावधान छ ।
दैलेखमा पशुबध गराउन स्वीकृती कमैले लिएका छन् । जिल्लामा खुल्ला पशुबध गरी अस्वस्थ मासु विक्री गरिरहँदा समेत जिम्मेवार निकाय चुपचाप लागेर बसेको स्थानीयको गुनासो छ ।
गत बर्ष नारायण नगरपालिकाले र जिल्ला पशुकार्यालय संयुक्त लगानीमा निमार्ण गरिएको पशुबधशाला भने अहिले सम्म प्रयोगमा आउन सकेको छैन ।
जिल्लाका मासु पसल फोहोर देखेपछि सुधारका लागि फ्रिज किन्न समेत सहयोग गरिएको पशु स्वास्थ्य कार्यालयका प्राबिधिक भीम बिष्टले बताए ।
स्रोत सौर्यसमाचार 

हिमपहिरोमा दुई पर्यटक बेपत्ता


म्याग्दी,असोज २६ । अन्नपूर्ण प्रथम आरोहणमा गएका उज्वेकिस्तानका दुई पर्यटक हिमपहिरो (एभलान्स)मा परि वेपत्ता भएका छन ।  पहिरोमा परी उज्वेकिस्तानका सिए २३१०८८४ नम्बरको राहदानी बाहक इलास टुकभेलान र सिए २२६०४३७ नम्बरको राहदानी बाहक इभान लोबानोभ बेपत्ता भएको आरोहण टोलीमा संलग्न नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयका सम्पर्क अधिकृत निराजन घिमिरेले टेलिफोनमार्फत जानकारी दिनुभयो ।
घिमिरेका अनुसार मुस्ताङको बाटो हुँदै आरोहणमा गएको रसियन अन्नपूर्ण एक्सिपिडिसन २०१२ को १३ सदस्यीय पर्यटक टोली बुधबार साँझ अन्नपूर्ण प्रथम हिमालको पाँच हजार ८०० मिटरस्थित दोस्रो आधार शिविरनजिक हिमपहिरोमा परेको हो ।
दोस्रो आधार शिविरमा क्याम्प राखी बसेका पर्यटक अभ्यासका लागि तेस्रो क्याम्प उक्लने क्रममा हिमपहिरो झरेको थियो । चार शेर्पासमेत जीवित आरोहीले पहिरोमा बेपत्ता पर्यटकको खोजी गरिरहेका छन् ।
बेपत्ताको खोजीमा हेलिकप्टरसमेत प्रयोग गरिएको छ । सम्पर्क अधिकृत घिमिरेका अनुसार टोलीले आरोहण परित्याग गरिसकेकाले शनिबारसम्म मुस्ताङको लेते झर्ने उसको योजना छ ।


वाईसियलद्वारा दुई केन्द्रीय सदस्य अपहरित


काठमाडौं, २५ असोज । नेपाल विद्यार्थी संघले सत्तारुढ एकीकृत माओवादीको सहायक संगठन वाईसियलका कार्यकर्ताले केन्द्रीय सदस्य विवश वाईवा र तरुण दलका केन्द्रीय सदस्य आकाश श्रेष्ठलाई अपहरण गरेको आरोप लगाएको छ ।
नेविसंघले आज विज्ञप्ति जारी गरेर बुधबार सिन्धुली जिल्लाबाट नेविसंघ केन्द्रीय सदस्य वाईवा र नेपाल तरुण दलका केन्द्रीय सदस्य श्रेष्ठलाई वाईसियलका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ । ‘वाईवा र श्रेष्ठलाई वाईसियलले सुनियोजित रुपमा अपहरण गरेको घटनाप्रति नेपाल विद्यार्थी संघ घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘एमाओवादीको जंगली प्रवृति र गुण्डागर्र्दी शैलीको घोर विरोध गर्दछ,’ नेविसंघले चेतावनी दिएको छ, ‘यदि हाम्रा नेताहरुलाई सकुशल विना शर्त रिहाई नगरे एमाओवालीको आतंकका विरुद्व कडा रुपमा प्रस्तुत हुुने छौं ।’
नेविसंघले वाईसियलद्वारा अपहरित केन्द्रीय सदस्यद्वय वाईवा र श्रेष्ठलाई सकुशल रिहाई गर्न माग गरेको छ ।



केटा-केटाको सेक्स भएको सिनेमा


 

नेपाली चलचित्रमा महिला र पुरुषबीचका सम्बन्धमा थुप्रै सिनेमा निर्माण भएका छन् । तर पुरुष पुरुषबीचको आकर्षण र सेक्सका बिषयमा सिनेमा निर्माण भएको पाइएको छैन ।
यसैबीच निर्माता युवराज खत्रीले पुरुष-पुरुषबीचको आकर्षण र सेक्सका बिषयमा एक सिनेमाको निर्माण गरेका छन् । यसअघि ‘द लास्ट किस’ नामक सिनेमा बनाएर चर्चामा आएका उनले निर्माण गरेको दोश्रो चलचित्रको नाम ‘लभ यु म्यान’ रहेको छ ।
चलचित्र लभ यु म्यानमा राज आर्यन, सुरेश चौधरी,  प्रनिशा अधिकारी लगायतका कलाकारको अभिनय समावेश छ । चलचित्रलाई बी.बी. फुयाँलले निर्देशन गरेका हुन् । मंसिरको १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा दुई नव नायक बीचको आकर्षण र सेक्स सम्बन्धलाई उठान गरिएको छ । चलचित्रको प्रोमो अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ ।

मुकेशले कल्पनाको कुमारीत्व तोडेपछि (फोटो फिचर)


नायक मुकेश आचार्यले नायिका कल्पना शाहीको कुमारीत्व अर्थात भर्जिनिटि तोडका छन् । तर उनले रियल लाइफमा नभइ रिल लाइफमा कल्पनाको कुमारीत्व तोडेका हुन् ।
दिपक रमनको निर्माणमा किशोर सुब्बाले निर्देशन गरेको चलचित्र ‘भर्जिन’मा कल्पना र मुकेशको रोमान्स हेर्न पाइने छ । चलचित्रको छायांकन बिहिबारदेखि सकिएको निर्माता रमनले जानकारी गराएका छन् ।
चलचित्रमा यि दुइका अलवा चन्दा दाहालको पनि अभिनय छ । सीआइडी अफिसर्सको भुमिकामा देखिएकी चन्दाले सिनेमा भित्र समवेश गरिएको एक आइटम गीतमा उत्तेजक नृत्य गरेकी छिन् ।
दिपक रमनको संगीत, देवको द्धन्द तथा सरोज महर्जनको छायांकन रहेको यो चलचित्र फागुन महिनामा प्रदर्शनमा आउने छ । चलचित्र कलेजका युवायुवतीको कथामा आधारिते छ ।
कलेजका विद्यार्थी घुम्न जाने क्रममा हुने सेक्स र यसले उत्पन्न गराउने परिस्थितीमा चलचित्र घुमेको छ । एक कुमारी युवतीको कुमारित्व तोडेपछि उसले लिने बदलामा सिनेमा घुमेको निर्माता रमनले जानकारी गराए । चलचित्रको छायांकन २२ दिनमा सकिएको हो ।
नेपाली चलचित्रमा सेक्सका दृश्य र कथा समावेश गराउने क्रम बढिरहेको समयमा ‘भर्जिन’ले पनि यस्तै सिको गरेको छ । कल्पना र मुकेशको यो रोमान्सलाइ दर्शकले कत्तिको पचाउने हुन्, यो कुरा सिनेमा प्रदर्शनमा आएपछि मात्र भन्न सकिन्छ ।

नेपालमा हुँदा नबोल्ने राजेश र करिश्मा अमेरिकामा सँगै




चलचित्रको छायांकनमा होस् या सार्वजनिक कार्यक्रममा सँगै हुँदा नै किन नहोस्, नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर एकआपसमा बोल्दैनन् । एक अर्कासँग नबोली सँगै काम गर्ने यी दुईको जोडी पनि अचम्मकै छ ।
तर मंगलबार राति अमेरिका उडेका नायक हमालले त्यहाँ पुग्ने बित्तिकै नायिका करिश्मा मानन्धरलाइ भेटेका छन् । एक महिनाअघि अमेरिका पुगेकी करिश्मा र हमालसँगै खाना खाइरहेको समयमा देखिएका छन् । यी दुई सँगै नायक सरोज खनाल पनि सँगै थिए । एक महिनाका लागि अमेरिका पुगेका हमालले बिभिन्न साँस्कृतिक कार्यक्रममा अतिथि बन्ने भएका छन् ।
नेपाल रहँदा बोलचाल नै नगर्ने राजेश र करिश्मा अमेरिकामा पुगेपछि भने भेट्न नै हतार गर्नु आफैंमा अचम्मको कुरा छ ।

देशभर पाँच ठाउँमा केबुलकार सञ्चालन गर्ने सरकारको तयारी



रमेश लम्साल, काठमाडौं, असोज २५ - सरकारले देशका पाँच स्थानमा केबुलकार सञ्चालन गर्ने भएको छ। सरकारले गरेको अध्ययनअनुसार केबलकार सञ्चालनका लागि मुलुकको पाँच स्थान उपयुक्त देखिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययनअनुसार सुनसरी-धनकुटा, कालिकोट, डोटी र काभ्रेपलाञ्चोक जिल्लामा केबलकार सञ्चालनको सम्भाव्यता देखिएको हो।

मन्त्रालयले गरेको सम्भाव्यता अध्ययनमा यी पाँच स्थान उपयुक्त देखिएको र सञ्चालनका लागि पनि सहज रहेको बताइएको छ।
मन्त्रालयले गरेको अध्ययनबाट करिब डेढ अर्बको लागतमा सुनसरी-धनकुटा, कालिकोट, डोटी र काभ्रे जिल्लामा केबलकार निर्माण गर्न सकिने देखिएको छ।
काभ्रेको धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म, सुनसरीको धरानदेखि धनकुटाको भेडेटारसम्म, कालिकोटको कोटबाडादेखि चाल्नासम्म र डोटी-खप्तडमा केबलकार सञ्चालन गर्न सकिने सम्भावना देखिएको मन्त्रालयका पर्यटन पूर्वाधार विकास आयोजना प्रमुख प्रकाश रघुवंशीले बताए ।
चारवटै स्थानमा निर्माणको जिम्मा भने निजी क्षेत्रलाई दिने तयारी गरिएको छ। मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि मात्रै रु २५ लाख खर्च गरिसकेको छ।

रघुवंशीका अनुसार थानकोट चन्द्रागिरिको काम भने तिहारपछाडि नै अगाडि बढाउने गरी तयारी भइरहेको छ।

आयोजना प्रमुख रघुवंशीले दिनुभएको जानकारीअनुसार मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको केबलकारको सकारात्मक अनुभवले पनि निजी क्षेत्रका लगानीकर्ता उत्साहित देखिएका छन्।

चारवटै स्थानमा वातावरणीय अवस्था मूल्याङ्कनका लागि वातावरण मन्त्रालयमा पठाइएको र सो मन्त्रालयबाट पनि सकारात्मक जवाफ आएकाले काम अगाडि बढ्नेमा उनले आशा व्यक्त गरे ।

सरकारले सरकारी निजी साझेदारीमा केबलकार सञ्चालन गर्ने बताए पनि व्यवस्थापनमा आउन सक्ने जटिलताका कारण निजी क्षेत्रलाई नै सञ्चालनका लागि अभिप्रेरित गरिएको र निजी क्षेत्रले चासोसमेत राखेको मन्त्रालयले जनाएको छ।

लगानीको तुलनामा प्रतिफल उच्च रहने भएकाले केबलकार सञ्चालनमा निजी क्षेत्र उत्साहित रहेको आफूले पाएको रघुवंशीले जानकारी दिए ।

धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म ११ किलोमिटर लामो केबलकार निर्माण गर्न सकिने छ भने सो दूरी पार गर्न केबलकारलाई ३५ मिनेट लाग्ने बताइएको छ।

सो स्थानमा केबलकार निर्माणका लागि रु ५३ करोड लाग्ने अनुमान गरिएको छ। अध्ययनअनुसार आगामी चार वर्षमै सो स्थानमा केबलकार स्थापना गरेर सञ्चालन गर्न सकिने देखिएको छ।

प्रतिघन्टा १८० जना यात्रुलाई आवतजावत गराउन सक्ने पलाञ्चोक केबलकारले नौ वर्षमै लगानी उठाउने देखिएको छ।

धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्मको केबलकारको सम्भाव्यता अध्ययन ब्रिज कन्सल्ट्यान्सीले गरेको बताइएको छ।

कालिकोटको केबलकार निर्माणका लागि रु १२ करोड २६ लाख लाग्ने देखिएको छ। सो केबलकार मार्गको दूरी एक दशमलव ९ किलोमिटर रहने र सो दूरी पार गर्न केबलकारलाई करिब आठ मिनेट लाग्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिघन्टा १२० जनाले आवतजावत गर्न सक्ने सो केबलकार निर्माण गर्न तीन वर्ष लाग्ने देखिएको छ। रोपवे एन्ड केबलकार नामक निजी कम्पनीले गरेको अध्ययनअनुसार सञ्चालनको दुई वर्ष १० महिनामा लगानी फिर्ता हुने देखिएको छ ।

धरान र भेडेटारबीचमा दुई दशमलव आठ किलोमिटर लामो केबलकार बनाउन सकिने अध्ययनमा देखिएको छ।

आठ मिनेट पाँच सेकेण्डमा उक्त दूरी पार गर्न सकिने सो केबलकार निर्माण गर्न रु ३८ करोड लाग्ने अध्ययनमा देखिएको आयोजना प्रमुख रघुवंशीले बताए ।

तीन वर्षमा निर्माण सम्पन्न हुने धरानको केबलकार सञ्चालनमा आएको साढे चार वर्षमा लगानी फिर्ता हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ। बिजिकर्न इञ्जिनियर कन्सल्ट्यान्सीले सो केबलकारको सम्भाव्यता अध्ययन गरेको थियो।

यसैगरी डोटीमा अध्ययन भएको तीन किलोमिटर लामो दूरीको केबलकारको अनुमानित लागत रु ३९ करोड छ। सो दूरी आठ मिनेट पाँच सेकेण्डमा पार गर्न सकिने र निर्माणमा करिब तीन वर्ष लाग्ने पनि प्रतिवेदनमा उल्लेख छ। सञ्चालनमा आएको करिब पाँच वर्र्षमा यसको लगानी उठ्न सक्ने अध्ययनले देखाएको छ।

डोटीको यो केबलकारको सम्भाव्यता अध्ययन बिम कन्सल्ट्यान्सीले गरेको थियो। मन्त्रालयले यसअघि काठमाडौँको चन्द्रागिरि, शिवपुरी, ललितपुरको फुलचोकी, रसुवाको गोसाइँकुण्ड, दोलखाको कालीञ्चोक, मुस्ताङको मुक्तिनाथ र गुल्मीको रेसुङगामा केबलकार सञ्चालनका सम्भाव्यता अध्ययन गरेको थियो।

मन्त्रालयले अध्ययन गरेका सबै स्थानमा केबलकार सञ्चालनको सम्भाव्यता देखिए पनि काठमाडौँको चन्द्रागिरिमा मात्र निजी क्षेत्रले केबलकार बनाउन चासो देखाएको छ।

मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि मनकामना मन्दिरसम्म सञ्चालन गरेको केबलकारको लगानीभन्दा बढी आम्दानी भएको भन्दै केबलकार निर्माणमा निजी क्षेत्रको चासो बढेको हो। रासस

ओबामालाई आदर्श मानेको भन्दै बालिकाको टाउकोमा गोली हानियो



Share photos on twitter with Twitpic
कराची, असोज २३ (एजेन्सी) - पश्चिमाहरुको समर्थक भएको र अमेरिकी राष्ट्रपति बाराक ओबामालाई आफ्नो आदर्श भन्दै हिँडेको भन्दै पाकिस्तानी तालिबानका एक कार्यकर्ताले स्वात उपत्यकामा एक १४ वर्षकी स्कूले बालिकाको टाउकोमा गोली हानेका छन्। पाकिस्तानी तालिबानका प्रवक्ताले बेलायती समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै आफ्ना कार्यकर्ताले मलाला युसुफजाईलाई गोली हानेको पुष्टि गरेका छन्।

ती बालिकाले तालिबानको विरोधमा पनि आवाज उठाउँदै आएकी थिइन्। उनको टाउको र घाँटीमा गोली लागेको छ। स्कूल बसमा गोली हान्दा उनीसँगै रहेका दुई बालिका पनि घाइते भएका छन्।

बीबीसीको वेबसाइटमा नाम नखुलाई लेखेको ब्लगका कारण उनी अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारका लागि समेत मनोनीत भएकी थिइन्। उनले पाकिस्तानको राष्ट्रिय शान्ति पुरस्कार समेत जितेकी थिइन्। अहिले उनी पेशावरको अस्पतालमा सिकिस्त छिन्। चिकित्सकहरुका अनुसार उनको टाउकोबाट गोली निकाल्न सकिएको छैन।
 
घाइते मलालालाई पेशावर अस्पताल लगिँदै। तस्बिर सौजन्यः जहान्जइब हक/ट्विटर - स्रोत नागरिक निउज

मापसे गरी सुष्मा सुटिङमा आएपछि…


नायिका सुष्मा कार्की पछिल्लो समयमा विभिन्न कारणले विवादमा फसिरहेकी छिन् । कहिले प्रेमीकै कारणले सिनेमा छोड्नु परेको कुरा त कहिले प्रेमीले नदिएपछि सेक्सी पहिरन लगाउन नपाएको पिडा । सिनेमा क्षेत्रमा नायिका भन्दा पनि आइटम गर्लको रुपमा परिचित सुष्मा को फेरी अर्को हर्कत अनलाइनखबरले थाहा पाएको छ ।
चलचित्र ‘मेरो जीवन साथी’ को एक गीतको छायांकनका लागि २१ गते समय दिएपनि नायिका कार्कीले धोका दिएकी थिइन् । २२ गते बिहान छायांकनस्थलमा पुगेकी सुष्मालाइ निर्देशक दिवाकर भट्टराइले केही घन्टा पछि आउनु भन्दै फर्काइदिएका थिए । यसपछि सुष्मा बेलुकी साढे ३ बजेतिर पुनः छायांकन स्थलमा पुगीन् । तर ल्याबमा पुग्दा सुष्माको हालत विगि्रएको श्रोतको दाबी छ । मादकपदार्थ सेवन गरेर ल्याबमा पुगेकी सुष्मालाइ निर्माणपक्षले गीतमा समावेश गराउने सोचाइ राखेन । आफ्नो प्रेमीसँग छायांकन स्थलमा पुगेकी सुष्माको चञ्चलता धेरै नै थियो । बालाजु ल्याबमा रहेको भर्याङ चढ्ने बेलामा लरखराएकी सुष्माको टाउको ठोकीन पुग्यो । ठोकिएपछि सुष्माको टाउकोबाट रगत बग्न थालेको थियो । टाउकोबाट रगत बग्न थालेपछि निर्माणपक्षले उनलाइ अस्पताल लैजाने तयारी गर्यो । तर उनका प्रमीले आफै सुष्मालाइ लिएर छायांकनस्थलबाट बाहिरिएका थिए । प्रेमीसँग निस्किएपछि सुष्मा फर्केर छायांकनस्थलमा आइनन् ।
चलचित्रमा समावेश सररररर…बोलको गीतका लागी सुष्माले २१ गतेको समय दिएकी थिइन् । तर २१ गते दिनभर मोबाइल बन्द गरेर बसेपछि सुष्मासँग निर्माणपक्ष आगो भएको थियो । यसैले २२ गते २ पटक आएकी कार्कीलाइ मेकअप मात्र गराएर पठाइदिएको निर्देशक दिवाकर भट्टराइले बताएका छन् । उनले भने, ‘म उसँग खासै बोलिन बेलुकी फेरी आउनुभएको थियो मेकअप गरेर पठाइदिए ।’ स्मरणरहोस् चलचित्र कै एक गीतको छायांकनका क्रममा नायिका कार्कीले चुरोट सेवन गरेपछि नायक राजेश हमालले आफू निकट व्यक्तिहरुसँग उनको यस्तो बानीको आलोचना गरेका थिए ।
यस्तै नायिका रेखा थापाले भने आफु गीतमा नृत्य गर्नका लागि नआउने भन्दै निर्माणपक्षलाइ ठाडै भनेकी थिइन् । उनले पनि २१ गतेको समय दिएकी थिइन् ।

भ्रष्टाचारको अभियोगमा धनुषाका पूर्व जिशिअ पक्राउ


२३ असोज, काठमाडौं । भ्रष्टाचारको आरोप लागेपछि फरार रहेका धनुषाका पूर्व जिल्ला शिक्षा अधिकारी डा. योगेन्द्र ठाकुर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा भक्तपुरको सानो ठिमीबाट सोमबार उनलाई पक्राउ गरेको हो । भ्रष्टाचारको अभियोगमा सर्वोच्च अदालतले तीन वर्षअघि २०६६ भदौ ३० गते उनलाई ३८ लाख २ हजार जरीवाना र ४ वर्ष कैदको फैसला गरेको थियो ।
ठाकुरले धनुषाको जिल्ला शिक्षा अधिकारीको रुपमा कार्यरत रहँदा जनकपुर टेक्निकल इन्स्टिच्युट नामक संस्थाको नामबाट सरकारी अनुदान, बिभिन्न मावि तथा निमावि शिक्षकहरुको तलब भत्ता वापतको बजेट सापटीका नाममा आफैंले प्राप्त गरि भ्रष्टाचार गरेको अदालतबाट ठहर भएको थियो ।
सिरहा लहान नगरपालिका स्थायी घर भै हाल काठमाडौं बल्खु बस्ने ठाकुर लोकतान्त्रिक जनता पार्टी नेपाल सिरहाका सभापति समेत रहेको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।  via-onlinekhabar

बालुवाटार घेर्न गएका नेकपा–माओवादीका कार्यकर्ता र प्रहरीवीच झडप :२० जना घाइते


काठमाण्डौं,असोज २३। प्रधानमन्त्री निवास बालुवाटार घेर्न गएका नेकपा–माओवादीका कार्यकर्ता र प्रहरीवीच भएको झडपमा २० जना घाइते भएका छन्। नेपाली सेनाका महासेनानी राजु बस्नेतलाई सहायक रथीमा बढुवा गरिएको भन्दै माओवादी कार्यकर्ता र पीडित परिवारका सदस्यले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको थियो। प्रहरीको लाठी प्रहारबाट ४ जना प्रदर्शनकारी गम्भीर घाइते भएका छ्न। घाइते हुनेमा नेवा राज्इ समितिका सदस्य रमेशकुमार राई, ई्श्वर विक, धिरज खनाल तथा अम्विका आचार्य रहेका छन्। उनीहरुको टाउकोमा गम्भीर चोट लागेको छ। यस्तै, प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर एक प्रहरी निरीक्षक सहित ३ जना घाइते भएका छन्। उनीहरुको पनि टाउको र आँखामा चोट लागेको छ। प्रदर्शनकारीले प्रधानमन्त्रीले प्रहरी लगाएर आफूहरुमाथि दमन गर्न खोजेको आरोप लगाएका छन्। विभिन्न अधिकारकर्मी लगायत पीडित परिवारका सदस्यले बढुवा गरेका बस्नेतले गम्भीर मानवअधिकार उल्लंघन गरेकाले उनको बढुवाको निर्णय खारेज गर्न माग गरिरहेका छन्।

सेन्सर बोर्डले दृश्य काटेपछि एटीएमको पुन छायांकन



चलचित्रको छायांकन देखि नै विवादमा फसेको चलचित्र ‘एटीएम’ सेन्सरको झमेलामा फसेको छ । सेन्सर बोर्डले चलचित्रमा समावेश अधिकांश दृश्य हटाउन भनेपछि यो चलचित्रको पुनः छायांकन थालीएको छ ।
चलचित्रको पुनः छायांकनका बारेमा निर्माणपक्षले केही बोल्न चाहेको छैन । पुनः छायांकन भएको भन्ने खबरले सिनेमालाइ प्रत्यक्ष असर पुर्याउने सोचेर निर्माणपक्षले कुरा लुकाएको हो ।
चलचित्रको एक दृश्यको छायांकन स्विमिङ पूलमा गरिएको छ । स्विमिङ पुलमा चलचित्रका नायिकात्रय जिया के.सी, सबिना कार्की र सोनीया शर्मालाइ ग्ल्यामर पोजमा देख्न सकिन्छ । श्रोतका अनुसार सिनेमाका धेरै जसो भद्दा दृश्य बोर्डले काटिदिएपछि निर्माण पक्ष पुनः छायांकन गर्न वाध्य भएको हो ।
दिनेश थापाको निर्माणमा तयार भएको चलचित्रलाइ यादव सिलवाले निर्देशन गरेका हुन् । चलचित्रले कात्तिक १७ लाइ आफ्नो प्रदर्शन मिति तोकिसकेको छ ।

नेपाललाई आत्मनिर्भर बनाउन जलविद्युतको क्षेत्रमा सामुहीक लगानी गर्ने : लामिछाने


असोज २२ । गैर आवसीय नेपाली संघ(एनआरएन)का अध्यक्ष जीवा लामिछानेले नेपाललाई आत्मनिर्भर बनाउन जलविद्युतको क्षेत्रमा सामुहीक लगानी गर्ने बताउनु भएको छ । आज पूर्वी चितवनको विन्देश्वरी निम्न माध्यमिक विद्यालय पिठुवामा रहेको विन्देश्वरी गामवेशीको चेपाङ घर छात्रवासको भवन शिलन्यास समारोहमा अध्यक्ष लामिछानेले सो कुरा बताउनु भएको हो ।
देश विकासको मेरुदण्ड जलविद्युत भएको भन्दै अध्यक्ष लामिछानेले यसको विकास गर्न देशमा प्रचुर सम्भावना रहेको बताउनु भयो । अध्यक्ष लामिछानेले सयुक्त लगानीमा १ सय मेघावाट सम्मको हाईड्रोपावर निर्माण गर्न सरकार संग सम्झौता भईसकेको जानकारी दिनुभयो । उहा“ले हाईड्रोपावर निर्माणको काम अब केही दिनमा सुरु हुने जानकारी समेत दिनुभयो । नेपालको ७६ औं सुगम जिल्ला भनेर चिनिने चितवनका पहाडी गाविसका कयौं चेपाङ वालवालिकाहरु शिक्षाको ज्यातिवाट बन्चित रहेकाले उनीहरुमा शिक्षा  पह“ुच पुयाउने काममा एनआरएन लगानी गर्न ईच्छुक रहेको बताउनु भयो । सो कार्यक्रममा अध्यक्ष लामिछानेले छात्रवास निर्माणको लागि १० लाख रुपैया सहयोगको घोषणा गरि चेक हस्तारन्तरण गर्नुभएको थियो ।
उहाले तीन कोठे चेपाङ छात्रवासको समेत शिलन्यास गर्नुभएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा पौडेलले चेपाङ वालवालिकहरुलाई विद्यालयको पहु“चमा पु¥याउने कार्यक्रममा राज्यले लगानी गर्न नसकेको भन्दै गैर सहकारी संस्गाले त्यसमा सहयोग गर्न आग्रह समेत गर्नु भयो । कार्यक्रममा गामवेशीको चेपाङ घरका संरक्षक केपी किरण शर्मा, सिप्रदियन सहायता संस्थाका प्रतिनिधि चेतनाथ पौडेल, विन्देश्वरी निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक भिमप्रसाद खनाल लगायतले वोल्नु भएको थियो । कार्यक्रम गामवेशीको चेपाङ घर तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सिप्रदियन संस्थाले छात्रवासमा रहेका २५ जान दशैको लागि एक एक जोर कपडा प्रदान गरेको  सिप्रदियन सहायता संस्थाका प्रतिनिधि चेतनाथ पौडेलले जानकारी दिनुभयो ।

चरम यातनाका कारण खाडी देश पुगेका ८२ जना नेपाली महिला द्धारा आत्महत्या



असोज २२ । कामका लागि खाडी देश पुगेका नेपाली महिला चरम यातनाका कारण आत्महत्या गर्ने गरेको राष्ट्र संघिय संस्थाले जनाएको छ । घरेलु महिला कामदारका रुपमा खाडीमा काम गर्न गएका मध्ये पछिल्लो डेढ वर्षको अवधिमा मात्र , ८२ जना नेपाली महिलाले आत्महत्या गरेका छन् ।
महिलासम्बन्धी काम गर्ने राष्ट्रसंघीय निकाय युएन वीमनका अनुसार सन् २०११ जनवरी यता खाडी क्षेत्रमा कार्यरत ८२ जना नेपाली महिलाले आत्महत्या गरेका छन् । कतार, साउदी अरेबिया, युएई र कुवेतमा गरेको अध्ययनबाट आत्महत्याको दर बारे जानकारी आएको युएन वीमनकी दक्षिण एसिया संयोजक सरु जोशीले बताउनुभयो । युएन वुमनका अनुसार १८ महिनाको अबधिमा २ हजार ८ सय २२ नेपाली महिला कामदारलाई दयनीय अबस्थामा उद्धार गरिएको छ ।
खास गरि अबिबाहित नेपाली चेलीहरुमाथि रोजगारदाताबाट यौन शोषण हुने दर निकै उच्च रहेको अध्ययनमा देखिएको छ । यो अबधिमा २५ जना नेपाली चेलीहरु रोजगारदाताको यौनशोषणपछि गर्भ बोकेर घर फकिर्एका छन् । खाडी क्षेत्रमा करिव साढे दुई लाख नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत रहेको अनुमान गरिएको छ । बैदेशिक रोजगार बिभागले भने खाडी क्षेत्रमा ५७ हजार नेपाली महिला कामदार रहेको बताएको छ । सन् २००७ यता मात्र बिभागले महिला कामदारको तथ्याङक राख्न थालेको हो ।

अनैतिक सम्बन्ध राखेको भन्दै नाताले देवर-भाउजु पर्ने गाउँ निकाला


सिरहा, असोज २१ । अनैतिक सम्वन्ध राखेको भन्दै सिरहाको अयोध्यानगरका विवाहिता महिला र युवालाई गाउँ निकाला गरिएको छ । पञ्चहरुले दुवै जनालाई केस काटेर कालोमोसो र जुताचपलको माला लगाएर गाउँ निकाला गरेका हुन । गाउँ निकाला गरिएपछि नातामा देवरभाउजू पर्ने उनीहरू दुई दिनदेखि विष्णुपुरकट्टीस्थित केटापक्षको आफन्तको घरमा शरण लिएर बसेका यहाँस्थित मानवअधिकार सञ्जालले जनाएको छ ।
अयोध्यानगर-९ मा बसेको पञ्चायतीले विवाहिता रामकुमारी (नाम परिवर्तन) ले नातामा देवर पर्ने अविवाहित युवकसँग अनैतिक सम्बन्ध राखेको भन्दै जुत्ताको माला लगाएर गाउँ निकाला गरेको मानवअधिकार रक्षक देवकुमारी महराले बताइन्। केस काटेर, जुत्ताको माला लगाएर दिनदहाडै अमानवीय रूपमा सडकमा घुमाउँदा पनि प्रहरी रमिते बनेको अधिकारकर्मी सुनिलकुमार साहले आरोप लगाए। सञ्जालले शनिबार पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा छ, ‘इलाका प्रहरी कार्यालय गोलबजारका सई नेतृत्वको टोली पञ्चायती भएको ठाउँमा थियो। जुत्ताको माला र गाउँ निकालाको निर्णयपछि टोली त्यहाँबट निस्केको थियो।’
घटनाबारे त्यस क्षेत्रका सई जानकार रहेका महिला अधिकारवादी महराले बताइन्। उनले भनिन्, ‘पीडितले प्रहरी गुहार्दा समाजको निर्णय भएकाले कसैले काट्न सक्दैन भन्दै फर्कायो।’
ज्यादती गर्नेमाथि प्रहरीले कारबाही नगरेको पीडित महिलाको भनाइ छ। उनले भनिन्, ‘पीडिकलाई कारबाही त परै जाओस्, अझै आफ्नै ज्यानको खतरा छ। शंकाकै भरमा समाजका सीमित मान्छेले गरेको फैसलालाई प्रहरी प्रशासनले समर्थन गर्‍यो, अब कोसँग न्यायको आस गर्नु।’
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी कृष्णहरि शर्माले महिलालाई दुव्यर्वहार गरी गाउँ निकाला गर्नेमध्ये राजेन्द्र यादवलाई पक्राउ गरी जिल्ला अदालतवाट म्याद थप गरेको जानकारी दिए । पाँचजना अझै फरार रहेको उनले बताए।
राष्ट्रिय महिला आयोगकी सदस्य मानो अन्सारीले भनिन्, ‘ प्रहरीको रवैया हेर्दा जंगली राज्यजस्तो लाग्यो। समाजलाई यस्तो फैसला गर्ने अधिकार छैन।’ घटनाका नाइके भनेर पुष्पलाल तामाङको नाम आएको उनले बताइन् ।
वैशाखदेखि असोजसम्म सिरहामा ६३ वटा महिला हिंसाका घटना भएको छन्, जसमध्ये यौनशोषणका २, बहुविवाहका ८, बोक्सीका ३, बलात्कारको एका र बाँकी घरेलु हिंसाका छन्। (नागरिक समाचार )

दाइँ गर्न नसक्ने बोकाको के काम: केपी शर्मा ओली


दमक, असोज २१ । नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओलीले पार्टी एकता देख्न नचाहने तत्वले पार्टी भित्रका केही मान्छेलाई उक्साई पार्टी परित्याग गर्न बाध्य बनाएको बताएका छन् । आज बिहान झापाको दमकमा प्रेस चौतारी झापाले गरेको अन्तरकृयामा बोल्दै ओलीले एकीकृत नेकपा माओवादीले एमालेका कर्मठ नेताहरुलाई उक्साएर परित्याग गर्न बाध्य बनाएको बताएका हुन् । उनले एमालेका कारण पहिचान बनाएका नेताहरुले पहिचान खोज्दै हिँड्नु मुर्खता भएको टिप्पणीसमेत गरे ।
ओलीले पार्टीको विभाजन नभइ केहीले परित्याग मात्र गरेको उल्लेख गर्दै एकीकृत नेकपा माओवादीले एमालेभित्र खेल्न खोजेको टिप्पणी गरे ।
सरकार र सत्ताको बलमा अराजकता र भ्रष्टाचारलाई प्रश्रय दिँदै गरेको बाबुराम भट्टराईको सरकार दशैंपछाडि ढल्ने समेत उनले ठोकुवा गरे ।
पत्रकारको एक प्रश्नको जवाफमा ओलीले भने, ‘यदि कसैले तानाशाही लाद्ने सपना देख्छ भने त्यसलाई एमालेले कर्‍याककुरूक पारेर फालिदिनेछ ।’ संविधान बनाउने कुरा र अन्य समस्या समाधान गर्ने कुरामा भट्टराई सरकार असफल रहेको बताउँदै भने, ‘बोका नारेर हेर्दा पनि दाइँ हुन नसकेपछि बोका नारिरहुनुको कुनै अर्थ छै ।’
सहमतिका लागि बारम्बारको पहल हुँदासमेत एकीकृत माओवादी गम्भीर नभएको आरोपसमेत ओलीले लगाए ।
अबको सहमतिको सरकारका लागि नेकपा एमालेले कृयाशिलता देखाएपनि कांग्रेस भित्रको बिवादका कारण एमालेले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए सरकार राम्रोसँग चलाएर देखाइदिने चुनौती समेत ओलीले दिनुभयो ।
सरकारको नेतृत्वको एकीकृत माओवादी बाहेककको बनाइने बताउँदै उनले त्यसका लागि एमालेले सबै पार्टीसँग समन्वय गर्ने बताए ।
अबको चुनावी सरकारले संविधान सभाको निर्वाचन गर्ने भएका कारण सहमतिविना निर्वाचन हुन नसक्ने उनको भनाइ थियो ।Source:पुर्बेली टाईम्स

७१ लडाकू कमाण्डर आजदेखि नेपाली सेनाका अधिकृतमा नियुक्त


काठमाण्डौ, असोज २१।  दश बर्षसम्म जनयुद्ध लडेका माओवादीका पूर्व लडाकू कमाण्डरहरु आजदेखि औपचारिक रुपमा नेपाली सेनाको भएका छन् । अधिकृतमा छानिएका ७१ लडाकूलाई आज नेपाली सेनाले ४५ दिने घर बिदामा पठाउँदै छ । दशैं-तिहार मनाएर ४५ दिनपछि र्फकने उनीहरु १२ महिने अधिकृत तालिममा सहभागी हुनेछन् । छानिएका ७१ अधिकृतलाई बिशेष समिति सदस्यहरुले शुक्रबार सैनिक आवासीय महाबिद्यालय पुगेर बधाई दिएका थिए । लोक सेवा आयोग र नेपाली सेनाका प्रतिनिधि सम्मिलित छनौट समितिले आजै छानिएका ७१ लडाकूको नामावली प्रकाशन गर्ने छ ।
लडाकूबाट छानिएका अधिकृतहरुले नेपाली सेनाको चेन अफ कमाण्ड अन्र्तगत तालिममा सहभागी हुनेछन भने तालिमपछि नेपाली सेना अन्र्तगत गठन हुने महानिर्देशनालयमा रहने छन् ।लडाकू कमाण्डरहरुको अधिकृतका रुपमा सेनामा प्रवेशसँगै ६ बर्षदेखि जारी शान्ति प्रकृया औपचारिक रुपमा टुंगिएको छ भने २०५२ सालदेखि जारी एक मुलुक दुई सेनाको अबस्था पनि औपचारिकरुपमा अन्त्य भएको छ ।

रेखा थापापछि निस्किइन् ‘शताब्दी’ शब्दको अर्थ नजान्ने अर्की नायिका



नायिका रेखा थापाले एक कार्यक्रममा ’शताब्दी’ भन्ने शब्दको अर्थ नजान्दा चर्को आलोचना भोग्नु परेको थियो । नायक भुवन के.सीलाइ शताब्दि देखि नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउदै आउनु भएको नायक भन्दै चित्रित गरेपछि नायिका थापा को वौद्धिकताको प्रश्न धेरैले उठाएका थिए ।
नायिका रेखा थापापछि अर्की एक नायिका तथा कार्यक्रम संचालिकालाइ पनि ’शताब्दी’ शब्दको अर्थ थाहा नभएको प्रष्ट भएको छ । काठमाण्डौमा सम्पन्न भएको चौधौ इमेज अवार्ड संचालन गर्दै जादा नायिका कृति भट्टराइले शताब्दि भन्ने शब्दको अर्थ नै जानिनन् । अवार्ड प्राप्त गर्ने तथा वितरण गर्ने श्रष्टाहरुलाइ ’शताब्दी’ देखि तपाइहरुले सांगीतीक क्षेत्रमा योगदान पुर्याउदै आउनु भएको छ, भन्दै कृतिले संवोधन गरेकी थिइन् ।
कृति शताब्दि शब्द उच्चारण गरेपछि केही अलमलमा परेकी थिइन् । ४ वटा चलचित्रमा अभिनय गरेर सन्यासको घोषण गरेपछि कृति संचारमाध्यममा नै सक्रिय छिन् ।

दाईले भाईलाई अपहरण गराए अहरित भाईको सकुशल उद्धार



काठमाडौं, २० असोज । काठमाडौंमा दाजु/भाईबीच लेनदेनमा कुरा नमिले पछि दाईले आफ्नै भाईको अहरण गराएका छन् ।
काठमाडौं महानगरपालिका–३५, कोटेश्वरबाट अपहरित किराना व्यवसायी भुवन केसीलाई प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा–७ घर भई हाल काठमाडौं जोरपाटी–४, नारायणटार बस्ने कृष्ण घिसिङको कोठाबाट केसीलाई अपहरण मुक्त गरिएको हो ।
भक्तपुरको गठ्ठाघर बस्ने एलबी मोक्तानलगायतको समूहले १९ वर्षीय केसीलाई अपहरण गरेका हुन् । दोलखा जिल्ला स्थायी घर भएका केसीलाई शुक्रबार बेलुका मोक्तानको समूहले अपहरण गरेको थियो ।
अपहरणमा संलग्न सिन्धुपाल्चोक जिल्ला चौतारा–७ बस्ने ३७ वर्षीय भीमबहादुर तामाङ र कृष्ण घिसिङसहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
दाई राजकुमार केसीसँगको लेनदेनको विषयलाई लिएर केसीलाई ट्याक्सीमा जवरजस्ती बसालेर अपहरण गरेको सूचना पाए लगत्तै प्रहरीले खोजतलास गरेको थियो ।

नर्सिङ पढिरहेकी युवती १३ दिनदेखि बेपत्ता


लहान, १९ असोज । सिरहाको धनगढी गाविस–४ शान्तिपुरकी एक दलित युवती विगत तेह्र दिनदेखि बेपत्ता भएकी छिन् । आफ्नी श्रीमती सुष्माकुमारी राम सप्तरीको राजविराजबाट बेपत्ता भएकी भन्दै पति अधिकलाल मोचीले खोजबिनका लागि वडा प्रहरी कार्यालय लहानमा निवेदन दिएका छन्। राजविराजस्थित युनिक एजुकेसनल एकेडेमीमा नर्सिङ सेवातर्फ प्रवीणता प्रमाणपत्र तहको तेस्रो वर्षमा अध्ययन गरिरहेकी करिब २० वर्षीया राम लहान–१ स्थित माइतीमा पूजा छ भन्दै छात्रावासबाट निस्किएपछि बेपत्ता भएकी हुन् । माइतीबाट बाबुले ‘पूजा छ, एक दिनका लागि पठाइदिनु होला’ भन्दै फोन गरेपछि असोज ६ गते छात्रावासबाट पठाइएको भन्ने जानकारी प्राप्त भएको एकेडेमीका प्रिन्सिपललाई उद्धृत गर्दै उनका जेठाजु प्रेम मोचीले बताए।छात्रावासबाट माइत हिँडेकी युवतीलाई सिरहाको रामनगर मिर्चैया–५ का कृपाल महराका २१ वर्षीय छोरा शिवकुमार महराले बेपत्ता बनाएको हुनसक्ने पति अधिकलालले आशङ्का गरेका छन् ।
बेपत्ता युवतीसँग करिब डेढ तोला सुन र रु २२ हजार नगद समेत रहेको बताइएको छ । सुष्माको २०६६ साल  फागुन १४ गते अधिकलालसँग मागी विवाह भएको थियो ।

हरेकवर्ष २० हजार क्यान्सर रोगी नेपालमा थपिदैं



१९ हसोज, काठमाडौ । नेपालमा हरेक वर्ष २० हजार क्यान्सरका नयाँ रोगी थपिने गरेको दाबी गरेका छन् । काठमाडौंमा आज भएको नेपाल क्यान्सर सहयोग समुहको दोस्रो वार्षिक साधारण सभामा नेपालमा ५० हजार क्यान्सर रोगी रहेको र हरेक बर्ष २० हजार नयाँ रोगी थपिने गरेको तथ्यांक प्रस्तुत गरिएको हो ।
कार्यक्रममा उक्त संस्थाका महासचिव सशांक शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा ईमेज च्यानलकी उपाध्यक्ष इन्दिरा मानन्धरले क्यान्सर रोग लाग्दैमा आत्तिईहाल्नु नपर्ने भन्दै सकारात्मक सोच राखेर अघि बढेमा रोगसँग लड्ने आत्मबल आउने अनुभव सुनाएकी थिइन् ।

बमसहित २ विद्यार्थी पक्राउ



बारा, असोज १९ - बारामा प्रहरीले बम सहित दुई जना स्कूले विधार्थीलाइ पक्राउ गरेको छ ।
सिसहनीया ४ का १७ वर्षिय भुवन पटेल र बघवन ३ का रोमियो जयसवाललाई प्रहरीले उनीहरुको घरबाट बम सहित शुक्रवार पक्राउ गरेको हो ।
सुराकीको आधारमा सुराकीको आधारमा पटेललाइ नियन्त्रणमा लिइ सोधपुछ गर्दा घर नजिकैको बारीमा टिनको बट्टामा बम भेटिएको प्रहरी निरिक्षक रामनाथ घिमिरले बताउनुभयो ।
पटेलकै बयानका आधारमा जयसवालाइ पनि उनको घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जना किशोर कलैया स्थित ब्राइटल्याण्ड बोर्डिङ स्कुलका कक्षा १० मा अध्ययनरत विखर्थी हुन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

सडकमा एमालेको शक्ति प्रर्दशन, सिन्धुलीमा एमालेको कुकुर–बोका जुलुस


काठमाडौँ, १९ असोज । एमालेका भ्रातृ संगठनहरुको साझा मोर्चाले आज देशभर सरकारको विरोधमा प्रदर्शन गरेका छन् । राजधानीमा पनि एमालेले विशाल प्रदर्शन गरेको छ । रत्नपार्कबाट शुरु भएको विरोध -याली बागबजार, पुतलीसडक, भद्रकाली, शहीदगेट, बसन्तपुर, नरदेवी, असन हुँदै पुनः रत्नपार्कमै पुगेर आमसभामा परिणत भएको छ । यसअघि रत्नपार्कबाट शुरु हुन लागेको -यालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी र प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्ता कब्जाको बाटोमा अघि वढेको आरोप लगाए । विरोधसभालाई एमाले नेताद्वय केपी ओली र बामदेब गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तत्काल पद त्यागेर राजनीतिक संकटको निकासका लागि प्रधानमन्त्री र सरकालाई दबाब दिन एमालेका भ्रातृ संगठनहरुको मोर्चाले ७५ वटै जिल्लामा विरोध प्रर्दशन आयोजना गरेको हो । मोर्चाले बढ्दो महङ्गी नियन्त्रण र राष्ट्रियताको पक्षमा सशक्त आवाज उठाउने जनाएको छ ।
उता सिन्धुलीमा पनि नेकपा एमालेका कार्यकर्ताले कुकुर र बोकाको जुलुस निकालेर विरोध कार्यक्रम गरेका छन् । प्रतिकात्मक रुपमा सरकारको विरोधमा कुकुर र बोकालाई नगर परिक्रमा गराइएको एमाले सिन्धुलीले जनाएको छ । सरकारको विरुद्ध देशभर विरोध प्रर्दशन गर्ने क्रममा सिन्धुलीमा कुकुर र बोकाको जुलुस निकालिएको हो ।
पोखरामा पनि एमालेले विरोध प्रदर्शन गरेको छ । पृथ्वीचोकबाट शुरु भएको विरोध प्रदर्शन नयाँबजार हुँदै चिप्लेढुंगामा पुगेर बिरोधसभामा परिणत भएको थियो ।

प्रधानमन्त्रीलाई भारतीय नम्बर प्लेटको गाडि चढ्न आग्रह

१८ असोज, बुटवल । नेकपा- माओवादीका सचिव नेत्र विक्रम चन्द 'विप्लव'ले एकिकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पार्टी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रघाती भएको आरोप लगाएका छन् । राष्ट्रिय जनस्वयमसेवक प्रथम अबद्य भेलालाई आज बुटवलमा सम्बोधन गर्दै नेता चन्दले दश बर्षसम्म जनयुद्ध गरेर जनतालाई धोका दिएको भन्दै बा बुराम र प्रचण्ड धोकेबाज भएको बताए । विदेशी मालिकहरूको अगाडि लम्पसार परेर कांग्रेस-एमालेले भन्दा बढी राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउँदै उनले प्रचण्ड र बाबुरामले बन्दुक बोकेर युद्ध लडेको जनतामाथी ठूलो घात गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्पीडित महिला दलित र सर्वहारा वर्गमाथि अक्षम्य अपराध गरेको आरोप लगाउँदै सहमतिका नाममा जनमुक्ति सेनालाई विर्सजन गरिएको दावी गरेका छन् । उनले सहमितको नाममा किसान, दलित, सुकुम्बासी, दलित महिला र उत्पीडितको मुद्धा सम्बोधन नभए बन्दुक उठाउन समेत पछि नहट्ने चेतावनी दिएका छन् । चन्दलेतीन दलले मात्र गरेको सहमति मान्य नहुने बताउदै आफुहरूको सहमति बिना देशले निकास नपाउने जिकिर गरे । उनले नयाँ निर्वाचन, संविधानसभा पुर्नस्थापना कुनै पनि औचित्य नरहेको बताउदै सर्वपक्षिय छलफलले मात्रै देशलाई निकास दिने तर्कगरेका छन् । राष्ट्रिय स्वाधिनता र देशलाई बन्धकी राखेर वर्तमान सरकारले इतिहासमै सबैभन्दा ठूलो अपराध गरेको उनको भनाई छ । स्वाधिनता आन्दोलन गर्दा वर्तमान सरकारले कारवाही गर्ने निर्देशन दिनुले प्रधानमन्त्री भट्टराई भारत एजेन्ट भएको पुष्टि हुने उनको टिप्पणी छ । भारतीय गाडी नेपाल चल्न नदिने आफुहरुको आन्दोलनलाई सरकारले दवाउन खोजेको बताउदै प्रधानमन्त्रीलाई आफ्नै गाडीमा भारतीय नम्बर प्लेट राखेर गाडी चलाउन आग्रह गरे ।

तितो सत्य ,04 October 2012


>

जनताको ढाड सेक्दै सरकार र माओवादी




काठमाडौं, असोज १५ । तेह्र हजारभन्दा बढी जनताको रगतलाई सिंहदरबार छिर्ने माध्यम बनाएर सरकारमा पुगेको माओवादीले जनतालाई महँगीको सास्ती त दियो नै अब उपभोग्य सामग्री अभावको सास्ती पनि दिने भएको छ। सँगै जनताको रगतमा होली खेलेकामध्ये एकथरी सरकारमा बसेर महँगीको सास्ती दिइरहेका छन् भने अर्काथरी सडकमा कुर्लिएर उपभोग्य सामग्री अभावको थप पीडा दिँदैछन्। माओवादीको राष्ट्रियताक
ो आन्दोलनले दसैंको मुखमा भारतबाट आयात हुने पेट्रोलियम पदार्थहरूको तत्काल अभाव हुने पक्का देखिएको छ। सामान बोकेर आएका भारतीय नम्बर प्लेटका गाडीले नेपालको सीमा (भन्सार) नाकामा अनलोड गर्नुपर्ने र त्यहाँबाट नेपाली गाडीले बोक्नुपर्ने माग राखेका छन्। तर नेपालमा ग्यास बोक्ने गाडी र ठूला सामान बोक्ने गाडी नभएकाले झन् समस्या भएको छ। नेपालमा दैनिक ३५ देखि४० टन ग्यास आयात हुने गर्छ। केही समयदेखि मुलुककोमागअनुसार ग्यास आउनै सकेको छैन। झन् आउन नदिने निर्णयले व्यापारीलाई फाइदा भएको छ। व्यापारीले अभाव देखाएर कालोबजारी गर्ने निश्चित छ। भारतीय नम्बर प्लेटका गाडी आउन नदिँदा जलविद्युत् आयोजनार ठूला परियोजना प्रत्यक्ष प्रभावित हुने देखिन्छ। भारतलाई आश्रयस्थल बनाएर जनयुद्ध लडेको माओवादी पार्टी भारतमै सहयोगमा सरकारको नेतृत्व गरिरहेको भने रकमको भागबन्डा नमिले पार्टी फुटाएर राष्ट्रवादी शक्तिका रूपमा चिनाउन खोजेकोवैद्य माओवादी समूहले आफूले चलाएका आन्दोलनले भट्टराई सरकारलाई कुनै असर नगरेपछि कांग्रेस एमालेसँग सहकार्य गरेर सरकार विरोधी कार्यक्रम गर्ने निर्णयमा पुगेको छ। तर मोहन वैद्य माओवादीले लिएको भारतीय नम्बर प्लेटका सवारीसाधन तथा विकृतिजन्य हिन्दी सिनेमामा रोक लगाउने निर्णय कांग्रेस, एमालेको विपक्षी दलको मोर्चाको बैठकले सो निर्णयको आपत्तिजनक भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ। सशस्त्र युद्ध सुरु गर्नुअघि संयुक्त जनमोर्चाको हैसियतमा बाबुराम भट्टराईले भारतीय नम्बर प्लेटका सवारी र हिन्दी सिनेमालाई नेपालमा पूर्णत निषेध गर्नुपर्ने माग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेका थिए।देउवाले माग पूरा नगरेको भन्दै युद्धमा गएका भट्टराईले प्रधानमन्त्री भएपछि आफ्नै माग कार्यान्वयनमा नगरे भन्दै वैद्य माओवादी आन्दोलनमा गएको हो।

पहिरोले पुरिएका ६ को शव फेला, २ को सनाखत, ८ अझै बेपत्ता


१५ असोज, इलाम । मेची राजमार्ग अन्र्तगत इलामको कोल्वुङ्ग–एक स्थित चिसापानीमा गएको पहिरोमा बेपत्ता मध्ये ६ जनाको शव फेला परेको छ भने ८ जना अझै बेपत्ता रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार मृतकमध्ये फिक्कलका ४१ वर्षिय सरण प्रधान र दार्जिलिङ सुकियापोखरीका ४० वर्षिय दावा शेर्पाको पहिचान भएको छ । बेपत्ताहरूको खोजीकार्य जारी रहेको प्रहरीले बत

ाएको छ । पहिरोले दुइवटा गाडि पुरेको छभने तीन वटा बगाएको छ । घटनामा एउटा मोटरसाइकल पनि छतविछत भएको अवस्थामा भेटिएकाले वेपत्ता हुनेको सँख्या वढ्न सक्ने प्रहरीले बताएको छ ।
पहिरोमा परि मे १ च २६१९ नम्वरको पिक अपबाट फिक्कल ५ का रवि गुप्ता हराएका छन् । को १ ख १६१३ नम्वरको सवारी साधनवाट १७ वर्षिय सुरज तामाङ्ग वेपत्ता भएका छन् । पहिरोमा परि घाइते भएका मे १ च ११९१ नम्वरको अल्टो सवारीका ३५ वर्षिय सुवास प्रधान, ३५वर्षकै पदम प्रधान र ३० वर्षिय मन्दिरा प्रधान बेपत्ता छन् । त्यस्तै पहिरोकै कारण मे १ ज १२५६ कोसवारी साधनवाट चालक अन्जित यल्मु , छोटेन भुटिया, आरती शेर्पा, छिरिङ्ग केसाङ्ग शेर्पा, विशवराज मुखिया , नाङ्गेल भुटिया र थाङ्गेल भुटिया वेपत्ता छन् । त्यस्तै मे १ च ११९६ नम्वरको सवारी साधन पहिरोमा अड्केको र यात्रुहरुलाई सकुशल उद्धार गरिएको छ ।
अवरुद्ध सडक हटेपछि दिउँसो २ वजेदेखी यातायात सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger