नेपाली चलचित्रमा महिला र पुरुषबीचका सम्बन्धमा थुप्रै सिनेमा निर्माण भएका छन् । तर पुरुष पुरुषबीचको आकर्षण र सेक्सका बिषयमा सिनेमा निर्माण भएको पाइएको छैन ।

चलचित्र लभ यु म्यानमा राज आर्यन, सुरेश चौधरी, प्रनिशा अधिकारी लगायतका कलाकारको अभिनय समावेश छ । चलचित्रलाई बी.बी. फुयाँलले निर्देशन गरेका हुन् । मंसिरको १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा दुई नव नायक बीचको आकर्षण र सेक्स सम्बन्धलाई उठान गरिएको छ । चलचित्रको प्रोमो अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ ।
|