दैलेख, २ कात्तिक । दैलेख जिल्लाको सदरमुकाममा खुल्ला सडक छेउछाउमा न्यूनतम मापदण्ड समेत पुरा नगरी पशुबध गर्ने क्रम बढेपनि स्थानीय प्रशासनले ध्यान नदिँदा उपभोक्ता मर्कामा परेका छन् ।स्थानीय प्रशासनको लापरबाहीका कारण उपभोक्ता अस्वथ्यकर मासु उपभोग गर्न बाध्य भएका हुन् । एक दर्जन बढि मासु पसल अव्यवस्थित रुपमा सडकमै रहदाँ पनि स्थानीय प्रशासनले नियमन गर्न कुनै चासो नदेखाएको उपभोक्ताको गुनासो छ ।
पशु बधशाला र मासु जाँच ऐन, २०५५ विपरित मासु व्यवसायीले पशुबध गर्ने गरेको नारायण नगरपालिकाका निमित्त कार्यकारी अधिकृत निरक रावलले बताए । उनले नगरपालिकाले निर्माण गरेको पशुबशालालाई छिट्टै कार्यान्वयनमा ल्याईने बताए ।
ऐनमा स्थानीय निकायको स्वीकृती लिएर बेच्नुपर्ने, बधशालामा मात्रै पशु बध गराउनुपर्ने र मिसावट गरेर मासु बेच्न नपाइने प्रावधान छ ।
दैलेखमा पशुबध गराउन स्वीकृती कमैले लिएका छन् । जिल्लामा खुल्ला पशुबध गरी अस्वस्थ मासु विक्री गरिरहँदा समेत जिम्मेवार निकाय चुपचाप लागेर बसेको स्थानीयको गुनासो छ ।
गत बर्ष नारायण नगरपालिकाले र जिल्ला पशुकार्यालय संयुक्त लगानीमा निमार्ण गरिएको पशुबधशाला भने अहिले सम्म प्रयोगमा आउन सकेको छैन ।
जिल्लाका मासु पसल फोहोर देखेपछि सुधारका लागि फ्रिज किन्न समेत सहयोग गरिएको पशु स्वास्थ्य कार्यालयका प्राबिधिक भीम बिष्टले बताए ।
स्रोत सौर्यसमाचार
|
|
