म्याग्दी,असोज २६ । अन्नपूर्ण प्रथम आरोहणमा गएका उज्वेकिस्तानका दुई पर्यटक हिमपहिरो (एभलान्स)मा परि वेपत्ता भएका छन । पहिरोमा परी उज्वेकिस्तानका सिए २३१०८८४ नम्बरको राहदानी बाहक इलास टुकभेलान र सिए २२६०४३७ नम्बरको राहदानी बाहक इभान लोबानोभ बेपत्ता भएको आरोहण टोलीमा संलग्न नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयका सम्पर्क अधिकृत निराजन घिमिरेले टेलिफोनमार्फत जानकारी दिनुभयो ।
घिमिरेका अनुसार मुस्ताङको बाटो हुँदै आरोहणमा गएको रसियन अन्नपूर्ण एक्सिपिडिसन २०१२ को १३ सदस्यीय पर्यटक टोली बुधबार साँझ अन्नपूर्ण प्रथम हिमालको पाँच हजार ८०० मिटरस्थित दोस्रो आधार शिविरनजिक हिमपहिरोमा परेको हो ।
दोस्रो आधार शिविरमा क्याम्प राखी बसेका पर्यटक अभ्यासका लागि तेस्रो क्याम्प उक्लने क्रममा हिमपहिरो झरेको थियो । चार शेर्पासमेत जीवित आरोहीले पहिरोमा बेपत्ता पर्यटकको खोजी गरिरहेका छन् ।
बेपत्ताको खोजीमा हेलिकप्टरसमेत प्रयोग गरिएको छ । सम्पर्क अधिकृत घिमिरेका अनुसार टोलीले आरोहण परित्याग गरिसकेकाले शनिबारसम्म मुस्ताङको लेते झर्ने उसको योजना छ ।

|