नायिका सुष्मा कार्की पछिल्लो समयमा विभिन्न कारणले विवादमा फसिरहेकी छिन् । कहिले प्रेमीकै कारणले सिनेमा छोड्नु परेको कुरा त कहिले प्रेमीले नदिएपछि सेक्सी पहिरन लगाउन नपाएको पिडा । सिनेमा क्षेत्रमा नायिका भन्दा पनि आइटम गर्लको रुपमा परिचित सुष्मा को फेरी अर्को हर्कत अनलाइनखबरले थाहा पाएको छ ।

चलचित्रमा समावेश सररररर…बोलको गीतका लागी सुष्माले २१ गतेको समय दिएकी थिइन् । तर २१ गते दिनभर मोबाइल बन्द गरेर बसेपछि सुष्मासँग निर्माणपक्ष आगो भएको थियो । यसैले २२ गते २ पटक आएकी कार्कीलाइ मेकअप मात्र गराएर पठाइदिएको निर्देशक दिवाकर भट्टराइले बताएका छन् । उनले भने, ‘म उसँग खासै बोलिन बेलुकी फेरी आउनुभएको थियो मेकअप गरेर पठाइदिए ।’ स्मरणरहोस् चलचित्र कै एक गीतको छायांकनका क्रममा नायिका कार्कीले चुरोट सेवन गरेपछि नायक राजेश हमालले आफू निकट व्यक्तिहरुसँग उनको यस्तो बानीको आलोचना गरेका थिए ।
यस्तै नायिका रेखा थापाले भने आफु गीतमा नृत्य गर्नका लागि नआउने भन्दै निर्माणपक्षलाइ ठाडै भनेकी थिइन् । उनले पनि २१ गतेको समय दिएकी थिइन् ।
|