नायिका रेखा थापाले एक कार्यक्रममा ’शताब्दी’ भन्ने शब्दको अर्थ नजान्दा चर्को आलोचना भोग्नु परेको थियो । नायक भुवन के.सीलाइ शताब्दि देखि नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउदै आउनु भएको नायक भन्दै चित्रित गरेपछि नायिका थापा को वौद्धिकताको प्रश्न धेरैले उठाएका थिए ।
नायिका रेखा थापापछि अर्की एक नायिका तथा कार्यक्रम संचालिकालाइ पनि ’शताब्दी’ शब्दको अर्थ थाहा नभएको प्रष्ट भएको छ । काठमाण्डौमा सम्पन्न भएको चौधौ इमेज अवार्ड संचालन गर्दै जादा नायिका कृति भट्टराइले शताब्दि भन्ने शब्दको अर्थ नै जानिनन् । अवार्ड प्राप्त गर्ने तथा वितरण गर्ने श्रष्टाहरुलाइ ’शताब्दी’ देखि तपाइहरुले सांगीतीक क्षेत्रमा योगदान पुर्याउदै आउनु भएको छ, भन्दै कृतिले संवोधन गरेकी थिइन् ।
कृति शताब्दि शब्द उच्चारण गरेपछि केही अलमलमा परेकी थिइन् । ४ वटा चलचित्रमा अभिनय गरेर सन्यासको घोषण गरेपछि कृति संचारमाध्यममा नै सक्रिय छिन् ।
|