काठमाण्डौ, असोज २१। दश बर्षसम्म जनयुद्ध लडेका माओवादीका पूर्व लडाकू कमाण्डरहरु आजदेखि औपचारिक रुपमा नेपाली सेनाको भएका छन् । अधिकृतमा छानिएका ७१ लडाकूलाई आज नेपाली सेनाले ४५ दिने घर बिदामा पठाउँदै छ । दशैं-तिहार मनाएर ४५ दिनपछि र्फकने उनीहरु १२ महिने अधिकृत तालिममा सहभागी हुनेछन् । छानिएका ७१ अधिकृतलाई बिशेष समिति सदस्यहरुले शुक्रबार सैनिक आवासीय महाबिद्यालय पुगेर बधाई दिएका थिए । लोक सेवा आयोग र नेपाली सेनाका प्रतिनिधि सम्मिलित छनौट समितिले आजै छानिएका ७१ लडाकूको नामावली प्रकाशन गर्ने छ ।
लडाकूबाट छानिएका अधिकृतहरुले नेपाली सेनाको चेन अफ कमाण्ड अन्र्तगत तालिममा सहभागी हुनेछन भने तालिमपछि नेपाली सेना अन्र्तगत गठन हुने महानिर्देशनालयमा रहने छन् ।लडाकू कमाण्डरहरुको अधिकृतका रुपमा सेनामा प्रवेशसँगै ६ बर्षदेखि जारी शान्ति प्रकृया औपचारिक रुपमा टुंगिएको छ भने २०५२ सालदेखि जारी एक मुलुक दुई सेनाको अबस्था पनि औपचारिकरुपमा अन्त्य भएको छ ।
|