Featured Post Today
print this page
Latest Post

Kilo Tango Mike | May 21 2013

Kilo Tango Mike | May 21 2013

 

Jire Khursani | May 20th 2013

Jire Khursani | May 20th 2013


१४ औ रानी बन्ने अवसर छाडेर २२ वर्षीय युवती फरार


६ जेठ, लण्डन । दक्षिण अमेरिकी देश स्वाजील्याण्डका राजा मस्वातीको १४ औ रानी बन्न अस्विकार गर्दै एक युवती देश नै छाडेर भागेकी छिन् । २२ वर्षिय युवती तिनत्सवालो नगोबेनले रानी बन्ने अवसर छाडेर बेलायत भागेकी छिन् । राजा मस्वातीको १४ औ रानी बन्न अस्विकार गर्दै उनी बेलायत भागेकी हुन् । मस्वातीका अहिले पनि १३ रानी दरबारमा नै छन् भने उनका २७ सन्तान भइसकेका छन् र १४ औ रानीको रूपमा नगोबेनलाई राजदरबारमा भित्राउन चाहन्थे । तर, उनले यस प्रस्तावलाई अस्विकार गरेकी थिइन् । राजाले जबरजस्ति विबाह गर्ने डरले उनी भागेर बेलायत पुगेकी हुन् । उनी अहिले बेलायतको शरणमा बेलायतमा बसिरहेकी छिन् ।

 स्वाजिल्याण्डका राजालाई हरेक वर्ष आफ्नो लागी नयाँ रानी छान्ने अधिकार छ । यहि अधिकारको प्रयोग गर्दै ४५ वर्षीय मस्वातीले नगोबेनलाई छानेका थिए । नगोबेनलाई मस्वातीले उनकै चौथो पत्नीको दरबारमा देखेका थिए । नगोबेनलाई देखेपछी राजाले उनलाई विबाह गर्ने सोच बनाएको थाहा पाएपछी उनी आत्तिएकी थिइन् । नगोबेनलाई देखेपछी राजाले उनलाई सताउन थाले अर्थात् उनलाई विभिन्न बहानामा भेट्न खोज्ने र अनेक किसिमले दु:ख दिइरहन थालेका थिए । नगोबेन त्यहाँ एक बोर्डिङ स्कुल पढाउने पनि गर्थिन् । उनलाई राजाले त्यही आएर पनि जबरजस्ति पत्नी बन्न दवाव दिने गर्न थालेका थिए । पछी उनले बोर्डिङ पनि छाडिदिइन् र उनी बेलायतको शरणमा पुगिन् ।

सर्पले लियो पूजारीको ज्यान

 ६ जेठ, वीरगञ्ज । पर्साको सुवर्णपुरमा गएराति विषालु सर्पको डसाइबाट एक स्थानीय मन्दिरका पूजारीको ज्यान गएको छ । सो गाविसमा रहेको श्री कृष्ण प्रर्णामी मन्दिरका पूजारी लक्ष्मी लामाको विषालु सर्पको डसाइबाट ज्यान गएको स्थानीयवासीले जानकारी दिएका छन् । सुवर्णपुर गाउँबाट मन्दिरतर्फ जाने क्रममा लामालाई सर्पले डसेर उनी गम्भीर घाइते भएका थिए । गम्भीर अवस्थामा रहेका लामालाई उपचारका लागि सुवर्णपुर स्वास्थ्य चौकीमा लगिएकोमा उनको राति नै उपचारका क्रममा मृत्यु गएको स्थानीयवासीले जानकारी दिएका छन् । स्थानीयका अनुसार पछिल्ला दिनमा सो गाविस आसपासमा विषालु सर्पको प्रकोप बढेको छ । प्रचण्ड गर्मीका कारण पनि सर्प प्रकोप बढेको हो । रासस

New Nepali Song New York ko Metro relaimaa

New Nepali Song New York ko Metro relaimaa

 

Latest Nepali Lok Dohori Geet 2013 JunMa Pani Dag Chha(OFFICIAL FULL SONG) By Ramji Khand

Latest Nepali Lok Dohori Geet 2013 JunMa Pani Dag Chha(OFFICIAL FULL SONG) By Ramji Khand

 

५० हजारमा नक्कली प्रहरी


६ जेठ, कपिलबस्तु । शारीरिक र लिखित परीक्षा उर्त्तीण गरेपछि प्रहरी सेवामा प्रवेश पाइन्छ । तर यहाँ कुनै मिहिनेत र दुःखबिना प्रहरीको नक्कली नियुक्ति दिलाइदिने एक जना पक्राउ परेका छन् । प्यूठानका २ जनालाई नक्कली नियुक्तिपत्र दिएर कार्यालयमा हाजिर गर्न पठाउने बरकुलपुर ८, भरियाटोलका दिलीप विक प्रहरीको फन्दामा परेका हुन् । प्यूठान, हंसपुर ४ का प्रकाश र आशा विकसँग प्रहरीमा जागिर लगाइदिने भन्दै उनले जनही ५०/५० हजार लिएर नक्कली नियुक्तिपत्र दिएका थिए । प्यूठानबाट एउटै बसमा आउँदै गर्दा पुसमा दिलीपसँग उनीहरुको चिनजान भएको थियो । दिलीपले दुबैलाई आफू नेपाली सेनाको ठूलो मान्छे भएको र ठूला नेताहरुसँग चिनजान भएकाले सजिलै जागिर लगाइदिने प्रलोभन दिएका थिए । चलाख दिलीपले छिट्टै मन जितेको कान्तिपुर दैनिकमा खबर छ । प्रहरी बन्न उत्सुक पीडितले पटकपटक गरी १ लाख बुझाएपछि दिलीपले उनीहरुलाई नियुक्तिपत्र दिएका थिए । नेपाल सरकार, गृहमन्त्रालय, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटबलको कम्प्युटरमा लेटर प्याड बनाई ०६९ माघ ३ को मिति राखेर फागुनमा उनीहरुलाई नियुक्तपत्र दिएका थिए ।

Lokgeet Countdown | May 19th 2013

Lokgeet Countdown | May 19th 2013

 

Exchange Rate for 20 May, 2013

Exchange Rate for 20 May, 2013
 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee 100 160.00
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs. 
U.S. dollar 1 87.50
 88.10 
European euro 1 112.36
 113.13 
UK pound sterling 1 132.72
 133.63 
Swiss franc 1 89.98 
 90.60 
Australian dollar 1 85.12 
 85.70 
Canadian dollar 1 85.09 
 85.67 
Singapore dollar 1 69.50
 69.98 
Japanese yen 10 8.48
 8.54 
Chinese renminbi (Yuan) 1 14.25
 14.35 
Only Buying rates Currency Unit Rates/Rs.
 Swedish Krone 1 13.07 
Danish Krone 1 15.08 
Hong Kong dollar 1 11.27 
Saudi Arabian riyal 1 23.33 
Qatari riyal 1 24.03 
Thai baht 1 2.93 
UAE Dirham 1 23.82
 Malaysian ringgit 1 28.95 
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ. Return to top

साझा सवाल: नेपालको पर्यटन व्यवसाय (सोलुखुम्वु)हेर्नुस आजको साझा सवाल ...

साझा सवाल: नेपालको पर्यटन व्यवसाय (सोलुखुम्वु)हेर्नुस आजको साझा सवाल ... 

हास्य टेलिश्रृंखला हर्के हल्दार,Harke Haldar | May 19th 2013

हास्य टेलिश्रृंखला हर्के हल्दार,Harke Haldar | May 19th 2013

 

अन्तरजातीय विवाह गरेकै कारण हत्यागर्ने धम्की भिडियो खबर .

अन्तरजातीय विवाह गरेकै कारण हत्यागर्ने धम्की भिडियो खबर .

New Nepali Lok Geet 2070 Jindagika Rangaharuma Nepali Melodious Song 2013

New Nepali Lok Geet 2070 Jindagika Rangaharuma Nepali Melodious Song 2013
 

आफ्नै श्रीमतीको गोली हानी हत्या


 ५ जेठ, लहान । सिरहाको दक्षिणी गाढा गाविस-९ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । वडा प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेका अनुसार करिब ३५ वर्षीय श्यामसुन्दर महतोले कञ्चटमा गोली हानेर ३२ वर्षीया श्रीमती बवितादेवी महतोलाई हत्या गरी फरार भएका छन् । आइतवार बिहान घटनास्थलबाट शव लिएर फर्किनु भएका प्रहरी निरीक्षक गोपालप्रसाद ढकालले राति १२ बजेतिर घरमा श्रीमतीको हत्या गरेपछि सोही गाविसको वडा नं- ३ मा रहेका साढुभाइ नन्दीलाल महतोको घरमा छोराछोरीलाई छोडी गाउँदेखि पूर्वतिर रहेको बलान नदीतिर भागेको गाउँलेलाई उद्धृत गर्दै बताउनुभयो । ‘मैले श्रीमतीको हत्या गरेँ, छोराछोरीलाई हेरिदिनु’ भन्दै छोराछोरीलाई साढुभाइको घरमा छोडेर फरार भएका श्यामसुन्दरको खोजी भइरहेको प्रहरी निरीक्षक ढकालले उल्लेख गर्नुभयो । घटनाको सूचना पाएलगत्तै घटनास्थल पुग्दा सात दशमलव ६ एमएमको पेस्तोलको गोलीको खोका र खाली म्यागेजिन भेटिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो । प्रहरीले महतोको घरमा खानतलासी गर्दा प्लास्टिकको बोरामा बाँधेर राखेको अवस्थामा एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोलीसमेत बरामद गरेको छ । प्रहरीले मृतक महतोको माइती सीमावर्ती भारतीय गाउँमा भएको सूचना पाएपनि यकिन नभएपछि सुनसरीको कोसी टप्पु क्षेत्रमा बस्दै आएका सासुससुरा र जेठाजुलाई घटना लगत्तै बोलाएको छ । मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । रासस

Jeevan Saathi With Rishi Dhamala and Aliza Gautam

Jeevan Saathi With Rishi Dhamala and Aliza Gautam 

New Nepali Lok Geet 2070 Jindagika Rangaharuma Nepali Melodious Song 2013

New Nepali Lok Geet 2070 Jindagika Rangaharuma Nepali Melodious Song 2013

 

वीरअस्पतालको आइसियु सेवामा पनि चर्को दलाली

५ जेठ, काठमाण्डौं । फोक्सोमा पानी जमेको आशंकामा तनहुँबाट वीर अस्पताल रेफर भएका नरेन्द्र पौडललाई आकस्मिक कक्षमा पुर्‍याउनासाथ स्वास्थ्यकर्मीले आइसियू खाली छैन बाहिर लानुपर्छ भने । सहयोगीले जस्तै ती स्वास्थ्यकर्मीले आफैं फोन गरेर अरु अस्पतालमा आइसियू खाली भए/नभएको सोधीखोजी गरे । ‘म बिरामी पठाइदिन्छु सहयोग गरिदिनुस्’ भन्दै फोन राखेपछि उनले बिरामीका आफन्तसँग भने, ‘सुन्धारामा छ, लाइफकेयर अस्पतालमा मैले भनिदिएको छु, वीरबाट आएको भन्नुस् ।’ अस्पताल पुर्‍याएपछि परिवारलाई बिरामी भेट्न नदिएको नागरिक दैनिकमा खबर छ । एक दिन बिराएर ५० हजार रुपैयाँ जम्मा गर्ने निर्देशनमात्रै आउन थाल्यो । पाँचौं दिन पौडेल परिवारले अस्पतालमा कार्यरत एक चिकित्सकलाई चिन्ने आफन्तमार्फत् बिरामीको अवस्था बुझ्न लगाए । ती आफन्तले बिरामीको आर्थिक अवस्था कमजोर भएको बताएपछि लाइफकेयरका चिकित्सकले सुझाए, ‘आइसियूमा राख्नै नपर्ने बिरामी हो, मैले भनेको नभनीकन जसरी भए पनि वीरमै लानुस् ।’ ती चिकित्सककै सल्लाहअनुसार पौडेल परिवारले पैसा छैन भन्दै वीर लान्छु भने । अस्पताल प्रशासनले मानेन आजको नागरिकमा खबर छ । अबको पैसा तिर्दैनौं भनेपछि अस्पतालले आइसियूबाट डिस्चार्ज गर्‍यो ।

 ‘आइसियूमै राख्न नपर्ने अवस्था रहेछ तर प्रत्येक दिन विभिन्न शुल्कको नाममा ४० देखि ५० हजार रुपैयाँको बिल दिएको छ,’ पौडेल पत्नी सरिताले भनिन् । लाइफकेयरबाट फिर्ता भएपछि वीरको जनरल वार्डमा बसेर केही दिन उपचार गराएका पौडेल घर फर्किने तयारीमा छन् । अस्पतालमा केही दिन बस्दा भेटघाटमा आउनेका अनुभव सुनेपछि पौडेल परिवारले थाहा पाए– निजी अस्पतालले पैसा कमाउन राख्नै नपर्नेलाई पनि आइसियूमा राख्दा रहेछन् । यतिसम्म कि त्यस्ता निजी अस्पतालले वीरलगायत ठूला अस्पतालमा सहयोगीका रुपमा दलाल खटाएका हुँदा रहेछन् । ‘सुरूमा वीरमा आइसियूमा राख्नुपर्छ भन्ने मान्छेलाई बीचमा लाइफकेयरमै भेटेको थिएँ, घुम्न आएको भन्थ्यो,’ पौडेलपत्नी सरिताले भनिन्, ‘लाइफकेयरकै दलाल रहेछ पैसा लिन गएको होला ।’ वीर अस्पतालको आकस्मिक कक्षबाट मात्रै दैनिक ३ देखि ६ जना गम्भीर अवस्थाका बिरामीलाई सघन उपचार कक्ष (आइसियू) र कृत्रिम श्वासप्रश्वास यन्त्र (भेन्टिलेटर) छैन भन्दै यसरी नै विभिन्न अस्पतालमा रेफर गरिन्छ । रेफरको कारण खुलाउनुपर्ने नियम लागेपछि अनावश्यक बहाना गरेर बिरामी रेफर गर्ने प्रवृत्ति केही घटे पनि आइसियू नै नपाएर फर्काउनुपर्ने बिरामी संख्या झन्डै त्यत्ति नै हुन्छ । स्रोत ओनलाइनखबर

भगवान दर्शन कसरि पायौ भिडियो..

भगवान दर्शन कसरि पायौ भिडियो..

 

धोका होला ,धोका होला है...भिडियो हेर्नुस

धोका होला ,धोका होला है...भिडियो हेर्नुस

..

नेपालीको स्वाभिमान र राष्ट्रियतामाथि सीधा धावा बोल्दै भारत भिडियो हेर्नुस

नेपालीको स्वाभिमान र राष्ट्रियतामाथि सीधा धावा बोल्दै भारत भिडियो हेर्नुस

..

जनताको शरीर मात्रै जितेर अबको राजनीति हुँदैन (भिडियोसहित)

जनताको शरीर मात्रै जितेर अबको राजनीति हुँदैन (भिडियोसहित)
 स्वामी मोहिधराचार्य (मनोज भण्डारी) मदन भण्डारीका दाजु संगको अन्तरवार्ता .... 

Exchange Rate for 19 May, 2013


Exchange Rate for 19 May, 2013
 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee 100 160.00
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs. U.S. dollar 1 87.50 88.10 European euro 1 112.54 
113.31 
UK pound sterling 1 133.33
 134.24 
Swiss franc 1 90.50
 91.13
 Australian dollar 1 85.19
85.77 
Canadian dollar 1 85.43 
86.01 
Singapore dollar 1 69.59 
70.06 
Japanese yen 10 8.54
 8.60 
Chinese renminbi (Yuan) 1 14.25
 14.35 
Only Buying rates Currency Unit Rates/Rs. 
Swedish Krone 1 13.11 
Danish Krone 1 15.10
 Hong Kong dollar 1 11.27 
Saudi Arabian riyal 1 23.33 
Qatari riyal 1 24.03 
Thai baht 1 2.93 
UAE Dirham 1 23.82 
Malaysian ringgit 1 28.94 
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

उर्मिला अर्याललाई ओलीको प्रश्न-जति खाँदा पनि पुगेन ?


४ जेठ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले उर्मिला अर्यालको एमाओवादी प्रवेशलाई हरियो रुखबाट एक-दुई पहँलो पात खसेको संज्ञा दिनु भएको छ । कपनमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता ओलीले जति खाँदा पनि नअघाएको भन्दै अर्यालको आलोचना गर्नुभयो । किर्नो पनि अघाएपछि सन्चोले बस्छ, तर जति खाँदा पनि नअघाउने कस्तो हो यो’ अर्याललाई लक्षित गर्दै नेता ओलीले भन्नुभयो-’दुई पटक मन्त्री बनाइयो । दुई पटक सांसद बनाइयो । केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य बनाइयो, यत्ति गर्दा पनि पुगेन ?’ एमाले परित्याग गर्नेहरुलाई रुखबाट खसेको पहेँलो पात भन्दै उहाँले भन्नुभयो-’यस्ता पातहरुलाई लिएर प्रचण्ड एमाले सिध्यो भन्दै हिड्छन् ।’ कपनबाट ३ जनाले एमाले परित्याग गर्दा ३ सय १२ जना एमाले प्रवेश गरेको भन्दै नेता ओलीले कहाँ एमाले सकियो भनि प्रश्न गर्नुभयो । एमाओवादीले महान जनमुक्ति सेना, प्रचण्डपथ सबै छाडिसकेको भन्दै उहाँले भन्नुभयो-’आकासबाट झरिसकेको छ । तर कहाँ खस्छ थाहा छैन ।’

डेभिड बेकम्यानले गरे मयुरलाई बलात्कार

 आफ्नै घरमा पालेको मयुरलाई बलात्कार गरेर मारेको आरोपमा डेभिड बेकम्यान पक्राउ परेका छन् । घरमा पालिएको मयुर उनको ग्यारेजमा मृत फेला परेपछि प्रहरीले त्यो मयुरमाथि बेकम्यानले यौन दुव्र्यवहार गरेर मारेको हुनसक्ने आशंकामा पक्राउ गरेको हो । समाचार पढिरहँदा तपाइँ झसँग हुनुभयो होला । बेलायतका चर्चित फुटबलर डेभिड बेकह्यामलाई झल्यास्स सम्भिmनुभयो होला र कतै उनै बेकह्यामले पो मयुरलाई बलात्कार गरे की भन्ने अनुमान गर्नुहोला । तर यसरी मयुरलाई बलात्कार गर्ने डेभिड बेकह्याम नभएर डेभिड बेकम्यान हुन् । अमेरिकाको इलिनोइस स्थित रोजेलका बासिन्दा बेकम्यानलाई उनको फिल नामको मयुरको मृत्युको विषयलाई लिएर प्रहरीले नियन्त्रणमा लिएको छ । ६३ वर्षका बेकम्यानले उनको मयुरमाथि बलात्कार गरेको अभियोग प्रहरीले लगाएको छ । केही दिनअघि राम्रै हालतमा रहेको मयुर एक्कासी मरेको र उक्त मृत मयुरको हालत हेर्दा त्यसमाथि यौन दुव्र्यवहार भएको देखिएको प्रहरीको भनाइ छ । बेकम्यानमाथि दुव्र्यवहारका अरु तिनवटा मुद्दा तथा आफ्नो साथमा गाँजा राखेको लागु औषध मुद्दा समेत लागेको छ । आउँदो जुन १२ गते उनलाई अदालतमा उभ्याइँदैछ । सोहि दिन उनीमाथिको मयुर बलात्कारको अभियोगमा पनि सुनुवाई हुनेछ । 

कान फिल्म फेस्टिबलमा कलगर्लको दबदबा

 विश्वकै सबैभन्दा ठूलो र चर्चित कान फिल्म फेस्टिबलमा विश्वका थुप्रै देशका कलाकारहरु सहभागी हुन्छन् । यो महोत्सवमा विश्वका चर्चित फिल्म देखि बृत्तचित्र प्रदर्शन हुने गरेका छन् । तर यही चर्चित महोत्सवमा यौन पेशा फस्टाउने गरेको रहस्य संचारमाध्यहरुले उजाँगर गरेका छन् । एक चर्चित अनलाइन पत्रिकाका अनुसार यो महोत्सवमा विश्वकै चर्चित कल गर्लहरु यौनधन्दामा सक्रिय हुने गरेका छन् । उक्त अनलाइनका अनुसार कलगर्लका साथमा चर्चित मोडल र अभिनेत्रीहरु पनि यौनपेशामा सक्रिय हुन्छन् ।उनीहरु विश्वका चर्चित सेलिब्रेटी र धनाढ्य व्यक्तीको ओच्छ्याउन तताउन व्यस्त हुने गरेका छन् । उनीहरु एक रातको एक हजार डलर लिने गर्छन् । कलगर्लको सप्लाई गर्ने दलालहरुका अनुसार गतबर्ष पनि यो महोत्सवमा ५० भन्दा ज्याँदा महिलाहरुलाई यौनधन्दामा सक्रिय बनाइएको थियो । एक विदेशी न्यूज च्यानलका अनुसार कान फिल्म फेस्टिबलमा यौन धन्दा गर्ने महिलाहरु एक रातको ४० हजार डलरसम्म कमाउँछन् । कलगर्लहरुका लागि अरब देशका पुरुष पहिलो रोजाइमा पर्छन् । उनीहरु महोत्सवमा सहभागी हुन आउँदा प्रशस्त रकम बोकेर आउछन् । आफ्नो यौन चाहना पुरा गरिदिने कलगर्ललाई उनीहरु प्रशस्त रकम दिन्छन् ।

पाकेको फल भनेर मख्ख परेर नखानुहोस् भिडियो खबर

पाकेको फल भनेर मख्ख परेर नखानुहोस् भिडियो खबर

 

रेखा उर्मिला भित्राउन पेरिसडाडाँमा तामझाम


 ४ जेठ, काठमाडौ । नेकपा एमालेकी नेतृ उर्मिला अर्याल र चर्चित नायिका रेखा थापालाई पार्टीमा भित्राउन एकीकृत माओवादीले आज विशेष कार्यक्रम आयोजना गर्दैछ । रेखा र उर्मिलालाई पार्टीमा भीत्राउन माओवादी अध्यक्ष प्रचण्डले पेरिसडाँडामा भव्य कार्यक्रम आयोजना गरेका छन् । उर्मिला आएपछि एमाओवादीमा महिला नेतृको खडेरी हटने छ । पार्टी विभाजनको क्रममा नामचलेका र स्थापित महिला नेत्रीहरु ड्यास माओवादी तिर लागेपछि प्रचण्ड संकटमा थिए । हिसिला यमी काठमाण्डौ भन्दा बाहिरका महिलासंग नमिल्ने भएपछि माओवादीलाई महिलामाझ जान अफ्टयारो भएको थियो । बिद्या भण्डारीको पेलानमा परेर बसेकी उर्मिलाले माओवादीमा स्थाइ समिति सदस्य पड्काउने संभावना रहेको छ, नभएपनि पोलिटव्युरो सदस्य पक्का जस्तै छ । रेखा थापाले पनि महत्वपूर्ण जिम्मेवारी पाउने भएकी छिन, उनलाई पनि केन्द्रीय सदस्यमा लैजाने संभावना रहेको पेरिशडाडाँ स्रोतले जनायो । एमालेमा बिद्या भण्डारी पीडित महिलालाइ उर्मिलाले माओवादीमा भित्राउन प्रयत्न जारी राखेकी छन ।

छात्राहरुमाथि एकवर्षदेखि शिक्षकबाटै यौन दुर्व्यहार


भक्तपुर, जेठ ४ – भक्तपुरको बालकोट गाविस वडा नं. ५ मा रहेको महेन्द्र शान्ति माध्यामिक विद्यालयका एक शिक्षकले विद्यालयकी छात्राहरु माथि एकवर्ष देखि यौन दुर्व्यहार गर्दै आएको खुलासा भएको छ । यौन दुर्व्यहारमा परेका १३ जना छात्राले महानगरीय प्रहरी परिषर भक्तपुरमा पुगेर शिक्षक श्याम कायस्थले पटक पटक यौन दुर्व्यहार गरेको भन्दै उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । शिक्षक कायस्थलाई आजै प्रहरीले पक्राऊ गरेको छ । ४ वर्ष देखि कक्षा ६ देखि १० सम्मका छात्रालाई कायस्थले आफूले भनेको नमाने कक्षा र एसएलसीमा फेल गराईदिने भन्दै कसैलाई नभन्न धम्की दिने गरेको छात्राहरुले बताएका छन् । कायस्थले आफ्नै क्रियटिभ कम्प्युटर सेन्टरमा एक्लाएक्लै बोलाएर दुर्व्यहार गर्ने गरेको कक्षा १० मा अध्यनरत एक छात्राले बताइन् । आफूहरु दुर्व्यहारमा परेको स्थानीय बाल संरक्षण समितिका ब्यक्तिलाई बताएपछि उनीहरुले सिविस मार्फत छात्रालाई प्रहरी परिषर पुर्‍याएका हुन् । कायस्थले भने विद्यार्थीको पढाई राम्रो गराउन आफूले कडाई गरेकोले फसाउन आरोप लगाएको बताएका छन् ।

Exchange Rate for 18 May, 2013


Exchange Rate for 18 May, 2013 
Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs. Indian Rupee 100 160.00 
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. dollar 1 87.50
 88.10 
European euro 1 112.54 
 113.31 
UK pound sterling 1 133.33
 134.24 
Swiss franc 1 90.50 
 91.13 
Australian dollar 1 85.19 
 85.77 
Canadian dollar 1 85.43
 86.01 
singapore dollar 1 69.59
 70.06
 Japanese yen 10 8.54
 8.60 
Chinese renminbi (Yuan) 1 14.25
 14.35 
Only Buying rates Currency Unit Rates/Rs.
 Swedish Krone 1 13.11 
Danish Krone 1 15.10 
Hong Kong dollar 1 11.27 
Saudi Arabian riyal 1 23.33 
Qatari riyal 1 24.03 
Thai baht 1 2.93 
UAE Dirham 1 23.82 
Malaysian ringgit 1 28.94 
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ. Return to top

Dittha Saab May 17th 2013

Dittha Saab May 17th 2013


 

हास्य टेलिश्रृंखला झ्याई कुटी झ्याई,JhaiKuti Jhai may 17th 2013

हास्य टेलिश्रृंखला झ्याई कुटी झ्याई,JhaiKuti Jhai may 17th 2013

What the Flop ? May 17th 2013

What the Flop ? May 17th 2013

 

एकैचोटि पाँचवटा भिडियो

छोटो समयमा राम्रो आम्दानी हुने भएपछि अचेल अभिनेत्रीहरू म्युजिक भिडियोतिर तानिएका छन्। भिडियो निर्माता पनि के कम? एउटै व्यवस्थापनमा धेरै भिडियो सकाएर बजेट घटाउन थालेका छन्। अघिल्लो हप्ता अभिनेत्री खुश्बु खड्काले चार दिनमा पाँचवटा भिडियोमा अभिनय गरिन्। एउटा भिडियोका लागि भनेर पोखरा पुगेकी उनलाई अरू भिडियो निर्माताले पनि अफर गरेपछि थप चारवटा भिडियोमा अभिनय गरेकी हुन्। खुश्बु फिल्म 'साइना' पछि भिडियो अभिनयमै व्यस्त भइरहेकी छिन्। भिडियो हेर्न तल क्लिक गर्नुस्

आज २० औँ मदन–आश्रित स्मृति दिवस(दुर्घटना अझै रहस्यमयनै छ)भिडियो खबर

काठमाडौं,जेठ ३ । आज जेठ ३ अर्थात् २० औँ मदन–आश्रित स्मृति दिवस । नेकपा एमाले र पार्टी भ्रातृ संघसंगठनले विभिन्न कार्यक्रम गरेर उहाँहरुलाई सम्झदैछन् । बि.सं. २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटनामा नेताद्वयको निधन भएको थियो । नेपाली राजनीतिमा विलक्षण नेताकारुपमा चिनिएका भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ एमालेको मार्गदर्शक सिद्धान्त हो । स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय बल्खुमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । श्रद्धाञ्जलीका लागि अध्यक्ष झलनाथ खनालका साथै उपाध्यक्ष तथा पार्टीका नेता कार्यकर्ताहरु बल्खु पुगेका छन् । हेर्नुस भिडियो खबर

 

नेपालमा किन बढी विमान दुर्घटना हुन्छ(विमान दुर्घटनाको इतिहास) भिडियो सहित

पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको ९ एन एबिओ विमान जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । पोखरा विमानस्थलबाट ८ः२५ मा उडेको विमान अवतरण गर्ने क्रममा ८ः४५ बजे धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो । विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए । विमानमा रहेका चालक दलका सदस्यसहित सबै यात्रुको सकुशल उद्धार भएको छ । 
भिडियो हेर्न तल क्लिक गर्नुस् 


यस्तो छ विमान दुर्घटनाको इतिहास

 - १० मे सन् १९७२ मा थाई एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा दुर्घटना हुँदा १ जना यात्रुको मृत्यु भएको थियो ।

 - ३१ जुन सन् १९९२ थाई एयरवेजको विमानस्थाल त्रिभुवन विमानस्थलमा आउने क्रममा पहाडको डाँडोमा ठोकिन्दा ११३ जना यात्रुको मृत्यु ।

 - दुर्घटना भएको ५९ दिनपछि फेरी थाई एयरवेजकै विमान दुर्घटना भयो । २८ सेप्टेम्बर १९९२ मा जसले १६७ जना यात्रुको ज्यान लियो ।

 - १७ जनावरी १९९५ आरएनएसी (अहिलेको नेपाल वायु सेवा निगम) को ट्विनेटर विमान विमानस्थलमै प्राविधिक गडवढीका कारणले गर्दा दुर्घटना । काठमाडौंबाट रुम्झाटार जान लागेको – विमानमा प्राविधिक गडबडी भएपछि चालक दलका सदस्य र १ जना यात्रु गरी दुई जनाको मृत्यु ।

 - ५ सेम्टेम्बर १९९९ नेकोन एवरको विमान पोखराबाट काठमाडौं आउने क्रममा नेपाल टेलिकमको टावरमा ठोकिँदा १५ जनाको मृत्यु ।

 - २४ अगष्ट २०१० अग्नी एयरवेजको विमान वर्षाको कारणले गर्दा काठमाडौ देखि ८० किलोमिटर टाढा मकवानपुर जिल्लाको शिखरपुर भन्ने ठाउँमा दुर्घटना हुँदा । चालक दलका ३ सहित ११ जनाको मृत्यु । जसमा ६ जना विदेशी नागरिक परेका थिए ।

 - १५ डिसेम्बर २०१० ः तारा एयरवेजको ट्विनेटर विमान लामिडाँडा विमानस्थलबाट काठमाडौं आउने क्रममा दुर्घटना हुँदा । ३ जना चालक दलरका सदस्य सहित १९ जना यात्रुको मृत्यु । सो विमानमा चालक दलका सदस्य बाहेक अन्य सवै भुटानी नागरिक थिए ।

 - २५ सेप्टेम्बर २०११ बुद्ध एअरको बीचक्राफ्ट विमान राजधानी नजीकै ललितपुरको एउटा पहाडमा ठोक्किएर दुर्घटना विमान सवार १९ यात्रुको मृत्यु ।

 - ललितपुरमा दुर्घटनामा भएको ८ महिना वित्न नपाउँदै फेरी अर्को दुर्घटना भयो । २०६९ जेठ १ मुस्ताङको जोमसोममा अग्नी एअरको विमान दुर्घटना भयो। दुर्घटनामा नेपाल र भारतका गरि १५ जनाको मृत्यु, ६ जना घाइते । जोमसोम विमानस्थलमा अवतरण हुन नसकेपछि फर्कने क्रममा सेनाको व्यारेक माथिको डाँडाँमा ठोक्किएर विमान दुर्घटना भएको थियो ।

Dear Kalyan ko Mero Katha | May 16th 2013

Dear Kalyan ko Mero Katha | May 16th 2013

 

Exchange Rate for 17 May, 2013

Exchange Rate for 17 May, 2013 
Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs. Indian Rupee 100 160.00
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar 1 87.35
 87.95 
European euro 1 112.41
 113.18 
UK pound sterling 1 132.96 
 133.88 Swiss franc 1 90.18 
  90.80 
Australian dollar 1 85.69 
 86.27 
Canadian dollar 1 85.77 
 86.36 
Singapore dollar 1 69.76 
 70.24 
Japanese yen 10 8.52 
 8.58 
Chinese renminbi (Yuan) 1 14.21 
 14.30 
Only Buying rates Currency Unit Rates/Rs.
 Swedish Krone 1 13.08 
Danish Krone 1 15.08 
Hong Kong dollar 1 11.25 
Saudi Arabian riyal 1 23.29 
Qatari riyal 1 23.99 
Thai baht 1 2.94 
UAE Dirham 1 23.78 
Malaysian ringgit 1 28.99 
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

बच्चाको पार्कमा नांगा तरुनी छिरेपछि


आफ्ना बच्चाबच्चीहरु मज्जाले खेलिरहेको बेला अर्धनग्न युवतीहरु पार्कमा छिरेपछि अभिभावकहरु रिसले आगो बने । बच्चा खेल्ने पार्कमा घाम ताप्ने बहानामा बिकिनी मात्र लगाएका मदहोस तरुनीहरु छिरेपछि बच्चाका अभिभावकको मात्र होइन बच्चाहरुको पनि ध्यान भंग भयो र त्यहाँ एक प्रकारको हलचल नै भयो । यो खबर अमेरिकाको न्युयोर्कस्थित स्टुभिसेन्ट टाउनको एक बालउद्यानको हो । बालबालिका खेल्ने बगैचामा टू पिसमा युवतीहरु छिरेको घटना सामाजिक संजाल तथा अन्य इन्टरनेट माध्यममा पनि छायो । कतिपयले लेखे,’यो हप्ता खेल्ने चौरमा मनग्ये वक्षस्थलहरु ।’ त्यस्तै अर्का बेनामी व्यक्तिले स्थानीय पत्रिकाको वेबसाइटमा लेखे ‘यो ठाउँमा घाम ताप्न र…….देखाउने काम बन्द गर्नुपर्छ । अहिले यो बाल उद्यान पूरै निर्माण भैसकेको छैन र निर्माणको प्रारम्भिक अवस्थामा छ । अब केही हप्ताभित्र पूर्ण रुपमा संचालनमा आउने भनिएको उक्त पार्कमा त्यसपछि टू पिसका युवतीलाई ‘देखाउन’ जानका लागि छुट दिइने हो वा होइन त्यो हेर्न बाँकी छ ।

हास्य टेलिशृंखला तितो सत्य,Tito Satya | May 16th 2013

हास्य टेलिशृंखला तितो सत्य,Tito Satya | May 16th 2013


उत्तर कोरियाली शासक किमको अवैध सन्तान भएको खुलासा


 २ जेठ, एजेन्सी । पछिल्लो समयमा निकै चर्चामा रहेका उत्तर कोरियाली शासक किम जोङ उन दक्षिण कोरिया र अमेरिकाको विवादका कारण नभइ अवैध सन्तानका लागि चर्चामा आएका छन् । उत्तर कोरियाली शासक उनको ३ वर्षिय अवैध सन्तान रहेको बताइएको छ । उनको अवैध छोरी सन् २०१० मा जन्मिएको आशंका गरिएको छ । सन् २००९ मा रि सोल जुसँग उनले विवाह गरेको बताइएको छ । सोल जुले कोरियामा नै भएको एक कार्यक्रममा अभीनय समेत गरेको बताइएको छ र सोही वर्ष उनले उनको सन्तानलाई जन्म पनि दिएकी थिइन् । रिपोर्टहरूमा बताइए अनुसार उनको सन्तान छोरा हो या छोरी भन्ने विषयमा कुनै प्रष्ट प्रमाण हात नपरिसकेको बताइएको छ । किमले सन् २००९ मा रि सोल जुसँग विवाह गरेको र उनैबाट उक्त सन्तान जन्मिएको बताइएको छ ।

कालीगण्डकीमा बिमान खस्यो, ठूलो मानवीय क्षती हुन पाएन भिडियो खबर


कास्की, जेष्ठ २ । कास्कीको पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान दुर्घटना भएको छ । बिमान दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् । आज बिहान ८ः ३० बजे जोमसोम बिमानस्थलमा अवतरण भएर फर्कने क्रममा तीव्र हावाका कारण विमान कालीगण्डकीमा खस्दा दुर्घटना भएको हो । हेर्नुस भिडियो समाचार
 

सपनाको असर दाम्पत्य सम्बन्धमा


 एक नयाँ अध्ययनले पहिलोपटक हामीले देख्ने सपनाले हाम्रो प्रेम वा दाम्पत्य सम्बन्धमा प्रभाव पार्ने तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार अघिल्लो रातमा देखेको सपनाको प्रभाव अर्को दिन हामीले आफ्नो पार्टनरसँग गर्ने व्यवहार तथा अन्तरक्रियामा पर्छ । अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार धोकाधडी, इष्र्या तथा अन्य खराब सम्बन्धका आचरण सम्बन्धि सपनाहरुले दाम्पत्य सम्बन्धमा तनाव ल्याउँछन् । अघिल्लो रात यस्ता खराब सपना देखियो भने अर्को दिन लोग्ने स्वास्नीबीच झगडा हुने, द्धन्द उत्पन्न हुने र सौहार्दतामा कमी आउने शोधकर्ताहरुको निष्कर्ष छ । ‘धेरै मानिसहरुले उनीहरुले देख्ने सपनाका विषयमा ध्यान दिँदैनन् र त्यसले उनीहरुको मगजको अवस्थामा पार्ने प्रभावका बारेमा पनि अनभिज्ञ हुन्छन् ।’ मुख्य शोधकर्ता तथा मेरिल्याण्ड विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक डाइलान सेल्टरम्यान भन्छन् । उनका अनुसार पछिल्लो अध्ययनले सपना र दाम्पत्य सम्बन्धका बीचमा दहि्रलो सम्बन्ध रहेको देखाएको छ । यो अध्ययनको निष्कर्ष सोसल साइकोलोजी एण्ड पर्सनालिटी साइन्स जर्नलमा छापिएको छ ।

काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउन सम्झौता


काठमाडौं– सरकार र निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबीच काठमाडौंदेखि हेटौंडासम्म सुरुङमार्गका रुपमा लोकप्रिय छोटो दूरीको राजमार्ग निर्माण सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ। दुई दशकयता चर्चामा रहेको सुरुङमार्ग निजी क्षेत्र, सार्वजनिक क्षेत्र, साझेदार र समुदायको ३४ अर्ब लगानीमा निर्माण लक्ष्य राखिएको छ। चार लेनको ५८ किलोमिटर उच्चस्तरीय राजमार्गले हेटौंडालाई एक घन्टा १५ मिनेटमा राजधानीसँग जोड्नेछ। राजमार्ग निर्माण ४ वर्षको अवधि २०१६ डिसेम्बरसम्ममा पूरा गर्ने लक्ष्य छ। भौतिक योजनामन्त्री छविलाल पन्तले नागरिकसँग कुरा गर्दै सम्झौतामा हस्ताक्षर भएको बताए। निजी क्षेत्रले देशमा पूर्वाधार विकासका लागि निर्माणको दायित्व बोकेको अहिलेसम्मको यो सबैभन्दा ठूलो र एकमात्र आयोजना हो। 

 जनजिब्रोमा सुरुङमार्ग भनेर चढे पनि यो राजमार्गमा सुरुङको लम्बाइ साढे ३ किलोमिटर मात्र हुनेछ। स्थानीय तहमा वातावरणीय प्रभाव पर्न नदिन अत्याधुनिक प्रविधि प्रयोग गरिने जानकारी कम्पनीले दिएको छ। सुरुङलाई सुरक्षित बनाउन अस्ट्रियाको नया“ प्रविधि अपनाइनेछ। राजमार्ग छोटो, सुरक्षित र आरामदायी बनाउन उपलब्धमध्येकै अत्याधुनिक सडक प्रविधि प्रयोग गरिने र वातावरण बिग्रिन नदिन आउने समस्या सुरुमै निराकरण गरिने जानकारी पनि कम्पनीले दिएको छ।

 काठमाडौं–हेटौंडा सुरुङमार्गको लक्ष्य हेटौंडाबाट पश्चिमका क्षेत्रमा चल्ने यातायात सहज, सुगम र व्यवस्थित गर्नु रहेकाले सरकारद्वारा निर्माणाधीन काठमाडौं–निजगढ फास्ट ट्र्याक यसबाट प्रभावित नहुने जानकारी कम्पनीका उपाध्यक्ष तथा विकास रणनीतिकार लालकृष्ण केसीले दिएका छन्। 'फास्ट ट्र्याक बन्नै पर्छ, यसमा कुनै द्विविधा छैन। सुरुङ मार्ग र फास्ट ट्र्याकका बीच कहीँ पनि स्वार्थको टकराहट हु“दैन। फास्ट ट्र्याकले पूर्वी नेपाललाई राजधानीसँग जोड्छ भने हाम्रो लक्ष्य पश्चिममा सेवा विस्तार रहेको छ। हामी फास्ट ट्र्याकलाई सुविधा हुनेगरी सडक निर्माण गर्नेछौं,' केसीले भने।

नेपालबाट गएका शान्ति सेना ५ घन्टा बन्धक


 २ जेठ, काठमाण्डौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सेनाका सेनानी उज्ज्वल केसीलाई सिरियाको सरकार विरोधी एक समुहले पाँच घन्टा बन्धक बनाई मुक्त गरेको छ । केसीसँगै फिनल्यान्ड र न्युजिल्यान्डका एक/एक जना सैनिक अधिकृतलाई सिरियाको सरकार विरोधी ‘फ्रि सिरियन आर्मी’ नामक एक समूहले बुधबार एकसाथ बन्धक बनाएको थियो । सेनानी केसीलाई बुधबार फ्रि सिरियन आर्मी समूहले बन्धक बनाई मुक्त गरेको नेपाली सेनाले पुष्टि गरेको छ । मुक्त भएका तीनै देशका सेना अहिले सुरक्षित स्थानमा रहेको सेनाले जनाएको नागरिक दैनिकमा खबर छ । ‘नेपाली सेनाका सेनानी उज्ज्वल केसीलगायत तीन जना राष्ट्रसंघका पर्यवेक्षकलाई सिरियाली बिद्रोही समूहले बन्धक बनाई मुक्त गरेको राष्ट्रसंघले जानकारी गराएको छ,’ नेपाली सेनका प्रवक्ता तथा सहायक रथी सुरेश शर्माले भने, ‘करिब पाँच घन्टा बन्धक बनाएपछि उनीहरुलाई मुक्त गरिएको सूचना हामीले पाएका छौं ।’ इजरेलको जेरुसेलममा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघ युद्धविराम पर्यवेक्षकका रुपमा रहेका सेनानी केसीलगायत तीन जनालाई बुधबार बिहान अपहरण गरी बन्धक बनाइएको थियो ।

संजय दत्त साँढे ३ वर्ष सजाय काट्न भोलि जेल जाने भिडियो खबर

 बलिउडका चर्चित अभिनेता संजय दत्त साँढे तीन वर्षको सजाय काट्न भोलि जेल जाने भएका छन् । संजय दत्तका वकिलका अनुसार संजयले भोलि मुम्बईको टाडा विशेष अदालत समक्ष आत्मसमर्पण गर्ने बीबीसीले जनाएको छ । हिजो मात्र भारतको सर्वोच्च अदालतले आत्मसर्पणका लागि थप समय दिन उनले गरेको अपील खारेज गरेको थियो । यसपछि संजय दत्तले पूणेको येरवडा जेलमा आत्मसपर्णका लागि टाडा अदालतमा अपील गरेका थिए ।

 सन् १९९३ को मुम्बई बम विष्फोट सम्बन्धी मामिलामा दोषी पाइएका संजय दत्तले मंगलवार टाडा अदालतमा आफूमाथि चरमपन्थी संगठनहरुबाट ज्यानको खतरा रहेकाले विशेष अदालतमा नभइ येरवडा जेलमा आत्मसर्पण गर्न अनुमति मागेका थिए । तर, आज उनले उक्त अपील फिर्ता लिएको बताइएको छ । हेर्नुस भिडियो खबर

 

Exchange Rate for 16 May, 2013

Exchange Rate for 16 May, 2013
 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs. 
Indian Rupee 100 160.00
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. dollar 1 87.34
 87.94 
European euro 1 112.67 
 113.45 
UK pound sterling 1 133.13
 134.04 
Swiss franc 1 90.10 
 90.72 
Australian dollar 1 86.24 
 86.83 
Canadian dollar 1 85.64
 86.22 
Singapore dollar 1 70.14
 70.62 
Japanese yen 10 8.53 
 8.59 
Chinese renminbi (Yuan) 1 14.21 
 14.31 
Only Buying rates Currency Unit Rates/Rs. 
Swedish Krone 1 13.10 
Danish Krone 1 15.12 
Hong Kong dollar 1 11.25 
Saudi Arabian riyal 1 23.29 
Qatari riyal 1 23.99 
Thai baht 1 2.94 
UAE Dirham 1 23.78 
Malaysian ringgit 1 29.08 
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

रमाइलो उकाली ओराली,Ukali Orali | May 15th 2013

रमाइलो उकाली ओराली,Ukali Orali | May 15th 2013

 

हास्य टेलिशृंखला 420 ko Jhadka | May 15th 2013

हास्य टेलिशृंखला 420 ko Jhadka | May 15th 2013 

कति बेला गर्ने यौन सम्पर्क ? साथमा ध्यान दिनु पर्ने कुराहरु ..


प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।

 सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ । आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ । सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ ।

भारतद्वारा सीमा मिचेर बाँध निर्माण(नेपाल सरकार बन्यो लाचार)भिडियो खबर


  सप्तरी जिल्लाको सीमावर्ती इलाकामा भारतले नेपालको नदी एकतर्फीरुपमा थुनेर बाँध र बाटो निर्माण गरे पछी गाउ डुबानामा पर्ने खतरामा परेको छ । भारतले गरेको यस्तो कार्यले नेपालको भूमि डुबानमा पर्ने भन्दै स्थानीय प्रशासनले नेपाल सरकारलाई जानकारी गराएका हुन् । सप्तरीको कुनौली भन्सार छेउमा अवस्थित खाडो नदीलाई छेकेर भारतले बाँध निर्माण गरेको छ । ‘खाडो नदीले नेपालीलाई सताउँदै आएकोमा भारतले नेपालतर्फ प्रत्यक्ष डुबान पार्ने गरी एकतर्फी बाँध र बाटो बनाएको छ । हर्नुस भिडियो खबर

 

ओजोन विनाश पत्ता लगाउने वैज्ञानिकको निधन

 ओजोन तहमा प्वाल परेको कुरा पहिलोपटक पत्ता लगाउने बेलायती वैज्ञानिक जोए फरम्यानको निधन भएको छ । केही समयदेखि विरामी भएर थलिएका ८२ वर्षीय फरम्यानको निधन भएको बीबीसीले जनाएको छ । जोएको ७ अगष्ट १९३० मा जन्म भएको थियो । बेलायती अन्र्टार्कटिक र्सर्भे अभियानका सदस्य समेत रहेका जोसेफ चार्ल्स फरम्यानले अन्र्टार्कटिकका माथिको ओजन तहमा प्वाल परेको कुरा पहिलोपटक पत्ता लगाएका थिए । उनले ब्रेन गार्डर तथा जोन शांकलिनसँगै मिलेर ओजन विनाशको बारेमा सन् १९८५ मे १६ का दिन एक शोध प्रकाशित गरेका थिए । जसले ठूलो तहल्का मच्चाउन सफल भएको थियो । क्लोरोफ्लोरो कार्वनयुक्त तत्वहरुका कारण ओजन तह विनाश भैरहेको र ओजन तह विनाश हुँदा सूर्यका परावैजनी किरण पृथ्वीमा आइ त्यसले जिवजन्तु तथा वनस्पतीको विनाश गर्ने कुरा पहिलोपटक सोही शोधमा उल्लेख गरिएको थियो । सन् १९९० मा अन्तिम पटक अन्र्टार्कटिकाको भ्रमणमा गएसँगै जोएले वैज्ञानिक शोधको कार्यबाट सन्यास लिएका थिए । ओजन तह अक्सिजनका तिनवटा अणु मिलेर बनेको ओजन ग्यासको एक तह हो जुन वायुमण्डलको १६ देखि २५ किलोमिटर सम्म पाइन्छ । यसले र्सर्ूयबाट आउने परावैजनी किरणलाई रोक्ने गर्छ ।

प्राध्यापकहरु ‘साहुजी’ बन्न नपाउने


 १ जेठ, काठमाण्डौं । नयाँ विश्वविद्यालयहरुले आफ्ना प्राध्यापकहरु निजी कलेका ‘साहुजी’ बन्न नपाउने गरी नियमावली बनाएका छन् । विशेषगरी त्रिभुवन विश्वविद्यालय कतिपय प्राध्यापकहरुले निजी शिक्षक संस्था सञ्चालन गर्दै आएका र उनीहरु आफू कार्यरत विश्वविद्यालय प्रतिभन्दा आफूले सञ्चालन गरेको शिक्षक संस्थाप्रति बढी जिम्मेवार तथा उत्तरदायी हुने गरेका छन् । त्रिविमा निकै भाङ्गिदै गएको यस्तो प्रवृत्तिलाई रोक्न सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विश्वविद्यालयले आफ्नो नियमावलीमा नै निजी शिक्षक संस्था तथा अनुसन्धान केन्द्र सञ्चालन गर्न नपाउने तथा आर्थिक लाभ लिने गरी परामर्शदाताका रुपमा कार्य गर्न नपाउने स्पष्ट व्यवस्था रहेको गोरखापत्र दैनिकमा खबर छ । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. जयराज अवस्थीले निजी शिक्षण संस्थामा सञ्चालक रहन नपाउने गरी नियमावलीमा व्यवस्था गरिएको बताउँदै भन्नुभयो ‘विश्वविद्यालयलाई राम्रो बनाउन कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई अन्य निजी कलेज सञ्चालन गर्न दिइनु हुन्न भनेर यस्तो व्यवस्था गर्न लागेका हौं

पूर्व स्ववियु उपभापति मिर्गौला तस्करीमा संलग्न,मृगौला चोर्ने गिरोह सार्वजनिक (भिडियो खबर)

मिर्गौलाको अवैध बेचबिखन कार्यमा सहयोग गरेको अभियोगमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । उनीहरूलाई एक महिनाको अवधिमा प्रहरीले जिल्लास्तरमा गठन गरेको विशेष प्रहरी टोलीले काठमाडौँ, नुवाकोट र काभ्रेको विभिन्न स्थानबाट पक्राउ गरी आज धुलिखेलमा सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट मदानपुर–१ का पुना ठकुरी भन्ने पूजा दाहाल, सोही स्थानकै कृष्णबहादुर दर्जी, ललितपुर उपमहानगरपालिका–२१ का सचिन मर्हजन, ललितपुरकै सानुलाल महर्जन, तनहँ मिलुंग–३ का कुमार अधिकारी, काभ्रेको काभ्रे गाविस–४ का सुमन श्रेष्ठ र काभ्रेको पाँचखाल–६ का राजन दर्जी रहेको काभ्रेका प्रहरी उपरीक्षक कमल घर्तीले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये सचिन मर्हजन पाटन क्याम्पसका पूर्व स्ववियुउपभापति रहेको बुझिएको छ ।

 पीडितहरूले दिएको जाहेरी दरखास्तको आधारमा प्रहरीले अभियुक्तहरूलाई पक्राउ गर्न सकेको उल्लेख गर्दै प्रहरी उपरीक्षक घर्तीले तर यो प्रकरणका मुख्य दोषी भने अझ फरार रहेको बताउनुभयो । काभ्रेको होक्सेमा एकै परिवारका तीनदेखि पाँचजनाले मिर्गौलाको बेचबिखन गरेका छन् । होक्सेमा अहिलेसम्म झन्डै एक सय ५० जनाको हाराहारीमा मिर्गौला बेचबिखन भएको प्रहरीले जनाएको छ । सो बेचबिखनबाट अहिलेसम्म पाँचजनाको मृत्युसमेत भएको जनाइएको छ । मिर्गौलाका दलालहरूले मिर्गौला रु. सात लाखदेखि १० लाखसम्म बेच्ने गरेको र पीडितलाई रु.५० हजारदेखि एक लाखसम्ममात्र दिने गरेको प्रहरी उपरीक्षक घर्तीले जानकारी दिनुभयो । उनीहरूलाई मानव बेचबिखन ऐन, ०६४ अनुसार मुद्दा चलाइने र दोषी ठहरिए १० वर्ष कैद र दुई लाखदेखि पाँच लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । रासस 

रमाइलो उकाली ओराली,Ukali Orali | May 14th 2013

रमाइलो उकाली ओराली,Ukali Orali | May 14th 2013

 

Exchange Rate for 15 May, 2013


Exchange Rate for 15 May, 2013 
Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee 100 160.00
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. dollar 1 87.25
 87.85 
European euro 1 113.62 
 114.40 
UK pound sterling 1 133.58
 134.50
 Swiss franc 1 91.57 
 92.20 
Australian dollar 1 86.94
 87.54 
Canadian dollar 1 86.33 
 86.92 
Singapore dollar 1 70.47
 70.95 
Japanese yen 10 8.60
 8.66 
Chinese renminbi (Yuan) 1 14.20
 14.30 
Only Buying rates Currency Unit Rates/Rs. 
Swedish Krone 1 13.15 
Danish Krone 1 15.24 
Hong Kong dollar 1 11.24 
Saudi Arabian riyal 1 23.27
 Qatari riyal 1 23.96 
Thai baht 1 2.95 
UAE Dirham 1 23.75 
Malaysian ringgit 1 29.20 
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

Kilo Tango Mike | May 14th 2013

Kilo Tango Mike | May 14th 2013

 

हास्य टेलिशृंखला एरी बास्सै,Meri Bassi | May 14th 2013

हास्य टेलिशृंखला एरी बास्सै,Meri Bassi | May 14th 2013

लोग्नेस्वास्नीको झगडा वर्षमा ४ हजार पटक


पछिल्लो एक सर्भेक्षणले बच्चाबच्ची जन्मिएपछि श्रीमान श्रीमतीबीच हुने झगडामा वृद्धि हुने तथ्य सार्वजनिक गरेको छ । सर्भेक्षण अनुसार बच्चा नजन्मिँदै दिनमा ७ पटक झगडा गर्ने लोग्नेस्वास्नी बच्चा पाएपछि एघार पटकसम्म झगडा गर्छन् । यसको अर्थ बच्चा पाएपछि लोग्नेस्वास्नीको झगडा वर्षमा ४ हजार १५ पटक हुन्छ । खासगरी बच्चा बिरामी हुने वा विभिन्न कारणले गर्दा रातमा सुत्न नपाउने, बच्चाको हेरचाह तथा अनुशासन, घरायासी काम लगायतका विषयमा बच्चावाल बाउआमाबीच झगडा हुनेगर्छ । अर्को रोचक कुरा त के भने बच्चा भएका महिलापुरुषबीच हुने झगडा मध्ये आधा त सन्तानकै विषयलाई लिएर हुने गर्छ ।

 एक चौथाइ झगडा बच्चालाई कति बेला सुताउने भन्ने विषयलाई लिएर हुन्छ भने २१ प्रतिशत झगडा बच्चालाई के खुवाउने भन्ने विषयलाई लिएर हुन्छ । बेलायतमा ३ हजार अभिभावकमा गरिएको सर्भेक्षण अनुसार बच्चा पाउनु अघि र पछि अर्थात् जहिले पनि एकैनासले झगडा उत्पन्न गर्ने एकमात्र साझा विषय भनेको पैसा हो । अरु विषय बच्चा पाउनु अघि र पछि परिवर्तन भैहाल्छन् । हरेक पाँचमा एक जना अभिभावकले खेलौनाको विषयलाई लिएर पनि श्रीमानश्रीमतीबीच झगडा हुने गरेको बताए । त्यस्तै बच्चाको सरसफाइ, ओछ्यान लगाइदिने, धोइदिने जस्ता घरायासी कुरा हरु पनि लोग्नेस्वास्नीबीचका झगडाका मुख्य कारण बन्छन् । बच्चा जन्मेको पहिलो केही महिना श्रीमान श्रीमतीले विवादलाई मनमै लुकाउने गरेको भएपनि त्यसपछि भने झैझगडा दिनचर्याको अभिन्न अंग बन्ने ममपुल नामक सर्भेक्षक संस्थाका शोधकर्ताको भनाई छ । भिडियो हेर्न तल क्लिक गर्नुस्..

कारागारबाट सुरुङ खनेर कैदी फरार प्रकरण(३ कैदी जंगलमा भेटिए भिडियो सहित


  जिल्ला कारागारबाट शनिबार राति सुरुङ खनेर भागेका ८ कैदिबन्दी मध्ये तीनजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला कारागार रोल्पाबाट शनिबार राती सुरुङ खनेर ८ जना कैदी फरार भएका हुन् । कारागारको उत्तरपश्चिम भागबाट करिव ८ मिटर लामो सुरुङ खनेर रातको १२ वजेतिर कैदीहरु भागेका हुन् । भाग्ने कैदीहरुमा डाँकाचोरी अभियोगमा पक्राउ परेका रोल्पा धवाङका कृष्णबहादुर वली र राजु थापा, दाङ सैघाका दीपक पुन, राङकोट रोल्पाका बसन्त रोका, जवर्जस्ती करणी अभियोगमा पक्राउ परेका जँुगार रोल्पाका धु्रव डाँगी, जेदवाङका चम्फे बिक, जंकोटका राजबहादुर वली र तस्करी अभियोगमा सजाय भोगीरहेका रोल्पा खुंग्री गाविसका अर्जुन सेन रहेका छन् ।

 

आधा बिहे गरेपछि बेहुली अस्वीकार(बेहुलीका परिवारले गुहारे प्रहरी)भिडियो


 खबर केटी मागेर जन्तीसहित जग्गेमा बस्न पुगेका एकजना बेहुलाले सोमबार राजधानीमा बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि बिहे नगर्ने निर्णय गरेका छन् । बेहुलाले जग्गेमा बसेकै बेला अकस्मात् मन परिवर्तन गरी बिहे नगर्ने अडान लिएपछि बेहुली पक्षले बेहुलाको आधा सम्पति क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। जन्ती लिएर मण्डप पुगेर जग्गेमा समेत बसिसकेका अनिल चौँलागाइले स्वयंवरसमेत गरिसकेपछि अचानक मन परिवर्तन गरेका हुन्। हेर्नस भिडियो खबर

 

दोहरी उकाली ओराली,Dohori Ukali Orali | May 13th 2013

दोहरी उकाली ओराली,Dohori Ukali Orali | May 13th 2013

 

Exchange Rate for 14 May, 2013


Exchange Rate for 14 May, 2013
 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee 100 160.00
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs. 
U.S. dollar 1 87.61
 88.21 
European euro 1 113.66 
 114.44 
UK pound sterling 1 134.60 
 135.52 
Swiss franc 1 91.48 
 92.11 
Australian dollar 1 87.45 
 88.05 
Canadian dollar 1 86.63
 87.22 
Singapore dollar 1 70.60
 71.09 
Japanese yen 10 8.61
 8.67 
Chinese renminbi (Yuan) 1 14.25
 14.35 
Only Buying rates Currency Unit Rates/Rs.
 Swedish Krone 1 13.26 
Danish Krone 1 15.25 
Hong Kong dollar 1 11.29 
Saudi Arabian riyal 1 23.36
 Qatari riyal 1 24.06 
Thai baht 1 2.95
 UAE Dirham 1 23.85
 Malaysian ringgit 1 29.24 
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

हस्तमैथुनका राम्रा पक्षहरु र साइड इफेक्ट..

 हस्तमैथुनका बारेमा पुरुषहरुले खुलेर कुरा गरेपनि महिलाहरुले भने यस्तो कुराहरुमा केहि बोल्न चाहँदैनन् । तर, हस्तमैथुनलाई तपाईंले नकार्न पनि सक्नुहुन्न, यो जीवनको एउटा पाटो बनिसकेको छ । हस्तमैथुनलाई लिएर धेरै कुराहरु गरिए कुनै सत्य भए र कुनै असत्य पनि । यहाँ हस्तमैथुनलाई लिएर केहि तथ्यहरु दिइएका छन् । हस्तमैथुनका केहि राम्रा पक्षहरु जसलाई तपाईंले पनि स्विकार्नु हुन्छः

 - वीर्यस्खलन पछिको आराम
 - आनन्दको चरमोत्कर्ष
 - निद्रा लाग्न मद्दत
 - तपाईंलाई आनन्द दिन्छ साथै तनावलाई घटाउँछ 

हस्तमैथुनका केहि साइड इफेक्ट पनि रहेका छन्ः 
- हस्तमैथुनले वीर्यको संख्यामा ह्रास आउन मद्दत गर्छ जसले गर्भधारणको मौकामा कमी हुन्छ ।
 - बारम्बारको हस्तमैथुनले तपाईंको सन्तुष्टिमा धेरै समय लाग्ने गर्दछ ।
 - यदि तपाईंको हात कडा छ भने यसले तपाईंको यौनाङ्गमा घाउ बनाउन सक्छ ।
 - हस्मैथुनलाई सामाजिक कलंकको संज्ञा दिइन्छ जसले गर्दा तपाईंको मनोबलमा कमी आउन सक्छ ।

हास्य टेलिशृंखला जिरे खुर्सानी,Jire Khursani | May 13th 2013

हास्य टेलिशृंखला जिरे खुर्सानी,Jire Khursani | May 13th 2013

२९ वर्षे उमेरमा महिलाको कपाल सबैभन्दा ‘सेक्सी

महिला कति वर्षको उमेरमा छँदा उनको कपाल सबैभन्दा सुन्दर बन्छ होला ? यसको उत्तर यसै भन्न गाह्रो छ । तर पछिल्लो एक अध्ययनले भने २९ वर्षको उमेरमा महिलाको कपाल सबैभन्दा सुन्दर र सेक्सी हुने दाबी गरेको छ । बेलायतमा गरिएको एक सर्भेक्षणले यस्तो तथ्य पत्ता लगाएको हो । अध्ययन अनुसार २ दशक उमेरको उत्तरार्धतिर महिलाले आफ्नो कपालमाथि प्रयोग गर्न छाड्छन् जसका कारण कपाल सुन्दर बन्छ । बिस वर्षदेखि २८ वर्षसम्म भने महिलाले कपाललाई राम्रो देखाउने नाममा विभिन्न खाले रसायन तथा अन्य उपाय अपनाएर झनै खराब पार्ने गर्छन् । ३० वर्ष पुगेका महिलाहरु मध्ये १० प्रतिशतले आफुले यसअघि स्टाइलको नाममा आफ्नो कपाल बिगारेकोमा पश्चाताप गर्ने गरेका छन् । अध्ययन अनुसार महिला २९।३० वर्षको भएपछि कपाललाई स्टाइलिस बनाउन त्यसमा विभिन्न प्रयोग गर्नुको साटो कपाललाई जतन गर्छन्, कपाल सुन्दर तथा स्वस्थ बनाउन लगानी गर्छन् । ै सोही कारण महिलाको कपाल सुन्दर बन्ने अध्ययनकर्ताहरुको जिकिर छ ।

टेलिकमले घटायो इन्टरनेट महशुल (महशुल सूचीसहित)

३० काठमाडौं । के तपाई इन्टरनेट सेवा महंगो भएका कारण प्रयोग गर्न सक्नुभएको छैन । महंगो भएकै कारण प्रयोग गर्न सक्नुभएको छैन भने तपाइलाई खुसीको खवर छ । नेपाल टेलिकमले सर्वसाधरणको पहुँचसम्म इन्टरेनट सेवा पुर्‍याउन नेपाल टेलिकमले डाटा -इन्टरनेट) महशुलमा कटौती गरेको छ । टेलिकमले जेठ ३ गते विश्व दूरसञ्चार तथा सूचना समाज दिवसदेखि लागु महशुलमा कटौती गरेको हो । टेलिकमले डायलअप, आईएसडिएन डायल अप, नाइट सफिर्ङ, एडिएसएल र वाइम्याक्स, इन्टरनेट लिज कनेक्टिभिटी, थ्रिजी, इभिडियो, लगाएतका प्याकेजहरुमा शुल्क घटाएको हो । टेलिकमले एडिएसएल र वाइम्याक्स सेवामा उपलब्ध भोल्युम बेस्ड प्याकेजमध्ये कुनै पनि प्याकेज एकमुष्ट ३ महिना वा सो भन्दा बढी समयका लागि खरिद गरेमा ३ महिनाको भोल्युमका लागि थप ४० प्रतिशत डाटा भोल्युम बोनसको रुपमा उपलब्ध गराउने जनाएको छ । वाइम्याक्सको अनलिमिटेड प्याकेजतर्फ २५६ केबीपिएस डाटामा पहिलो ३ महिनाको लागि ३० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ ।

 अहिले २५६ केबीपिएस डाटाको मासिक १५ सय रुपैयाँ तिनुर्छ । त्यस्तै, दुई एमबीपिएस स्पिडको डाटा प्याकेज टेलिकमले ९ हजार ३ सय रुपैयाँमा उपलब्ध गराउने भएको छ । तत्काललाई यो सेवा शैक्षिक संस्था, अस्पताल, सरकारी वा अर्धसरकारी संस्था, वित्तीय संस्था र कुटनीतिक नियोगलाई मात्र उपलब्ध गराउने टेलिकमले जनाएको छ । इभिडियो/पिडिएसएन सेवाको विद्यमन महशुल दर सय केबीको १० पैसालाई परिमार्जन गरेर प्रति एमबीको ५० पैसा कायम गरेको छ । त्यस्तै, थि्रजी/जिपिआएर सेवाको माथिकै महशुल दर कायम गर्न थप आन्तरिक तयारी आवश्यक भएकोले लागु हुने मिती पछि सार्वजनिक गर्ने जनाएको छ । टेलिकमले थि्रजी/इभिडिओ सेवाको भोल्युम बेस्ड प्याकेजमा ३ महिनाका लागि खरिद गर्दा १० प्रतिशत, ६ महिनाका लागि १५ प्रतिशत र एक वर्षका लागि २५ प्रतिशत छुट दिने भएको छ । टेलिकमले २५ एमबी डाटा एक दिनमा खर्च गरे ११ रुपैयाँ र १० जिबी डाटा एक महिनामा खर्च गरे २४ सय रुपैयाँ लाग्ने जनाएको छ ।

नयाँ इन्टरनेटको शुल्क तालिका
 
स्रोत : ओनलाइनखबर 

गरिबीको कारण झुण्डिएर आत्महत्या


 ३० वैशाख, जाजरकोट । जाजरकोटको खगेनकोट गाउँ विकास समिति वडा नम्बर-६ की २८ वर्षीया रत्नकुमारी विकले झुण्डिएर मृत्युवरण गरेकी छिन् । आइतबार बिहान ८ बजे घर नजिकै रुखमा झुण्डिएको अवस्थामा विकलाई फेला पारिएको इलाका प्रहरी कार्यालय खगेनकोट दल्लीले बताएको छ । उनी विगत लामो समयदेखि खगेनकोट गाविस वडा नम्बर- ७ गराईला भन्ने ठाउँमा गोठमा बस्दै आएकी थिइन् । पशुचौपायालाई पाल्न उनी गाविसको वडा-७ मा बस्दै आएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

 उनका दुई छोरा र एक छोरी रहेका छन् । विकको माइती घर रग्दा गाविसको वासकोटमा रहेको छ । उनका श्रीमान् हरिबहादुर नेपाली कृषि पेसा गर्छन् । यसअघि पनि विक दम्पतीले गरिबीका कारण पटकपटक आत्महत्या गर्ने प्रयास गरेका इलाका प्रहरी कार्यालय दल्लीले बताएको छ । विक दम्पती गरिबी कारण डोल्पामा पाइने यार्सागुम्बा सङ्कलनका लागि डोल्पा जाने तयारी रहेको बताइन्छ । रासस

विदेशमा नेपालीहरु अलपत्र पर्ने क्रम बढ्दो भिडियो समाचार


विदेशमा नेपालीहरु अलपत्र पर्ने क्रम बढ्दो भिडियो समाचार
 
 

‘भ्रष्टाचारी भेटिए हामीलाई सम्पर्क गर्नोस्’ : अख्तियार

  २९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कहीँ कतै भ्रष्टाचार भएको पाइए सीधै कार्यालयमा उजुरी दिन सर्वसाधारणमा अपील गरेको छ । आयोगले आइतबार अपील जारी गर्दै भनेको छ- ‘कहीँ कतै अनुचित काम तथा भ्रष्टाचारजन्य क्रियाकलाप भएको ठोस जानकारी भए आयोगलाई जानकारी गराई भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको विकास गरिदिनहुन अनुरोध गर्दछौं ।’ भ्रष्टाचारका सम्वन्धमा कसैको उजुरी वा कुनै स्रोतबाट जानकारी प्राप्त भए अनुसन्धान थालिने आयोगले बताएको छ ।

 आयोगले अख्तियारको केन्द्रीइ कार्यालय, क्षेत्रीय प्रशासनको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिन सकिने बताएको छ । प्रमुख आयुक्त र आयुक्तको नियुक्तिसँगै आम जनतालाई छिटो छरितो र सुलभ सेवा दिन आवश्यक छलफल थालिएको अख्तियारले बताएको छ । कतै भ्रष्टाचारीहरु भेटिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टंगालमा पो.ब.नं. ९९९६ मा हुलाकबाट उजुरी पठाउन सकिने आयोगको अपीलमा उल्लेख छ । त्यसैगरी शुल्क नलाग्ने टोल फ्री नम्बर १६६०-०१-२२२३३ मा पनि फोन गरेर भ्रष्टाचारीविरुद्ध उजुरी गर्न सकिने छ भने ४४४०१५१ मा फोन गरेर वा ४४४०१२८ मा फ्याक्स गरेर भ्रष्टाचारको उजुरी टिपाउने सकिने अख्तियारका प्रवक्ता कृष्णप्रसाद ढुंगानाद्वारा जारी वक्तव्यमा उल्लेख छ । त्यस्तै akhtiyr@ntc.net.np मा इमेल गरेर पनि भ्रष्टाचारीबारे उजुरी दिन सकिने जनाइएको छ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger