४ जेठ, काठमाडौ । नेकपा एमालेकी नेतृ उर्मिला अर्याल र चर्चित नायिका रेखा थापालाई पार्टीमा भित्राउन एकीकृत माओवादीले आज विशेष कार्यक्रम आयोजना गर्दैछ । रेखा र उर्मिलालाई पार्टीमा भीत्राउन माओवादी अध्यक्ष प्रचण्डले पेरिसडाँडामा भव्य कार्यक्रम आयोजना गरेका छन् ।
उर्मिला आएपछि एमाओवादीमा महिला नेतृको खडेरी हटने छ । पार्टी विभाजनको क्रममा नामचलेका र स्थापित महिला नेत्रीहरु ड्यास माओवादी तिर लागेपछि प्रचण्ड संकटमा थिए । हिसिला यमी काठमाण्डौ भन्दा बाहिरका महिलासंग नमिल्ने भएपछि माओवादीलाई महिलामाझ जान अफ्टयारो भएको थियो ।
बिद्या भण्डारीको पेलानमा परेर बसेकी उर्मिलाले माओवादीमा स्थाइ समिति सदस्य पड्काउने संभावना रहेको छ, नभएपनि पोलिटव्युरो सदस्य पक्का जस्तै छ । रेखा थापाले पनि महत्वपूर्ण जिम्मेवारी पाउने भएकी छिन, उनलाई पनि केन्द्रीय सदस्यमा लैजाने संभावना रहेको पेरिशडाडाँ स्रोतले जनायो ।
एमालेमा बिद्या भण्डारी पीडित महिलालाइ उर्मिलाले माओवादीमा भित्राउन प्रयत्न जारी राखेकी छन ।
|