नेपालमा किन बढी विमान दुर्घटना हुन्छ(विमान दुर्घटनाको इतिहास) भिडियो सहित

पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको ९ एन एबिओ विमान जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । पोखरा विमानस्थलबाट ८ः२५ मा उडेको विमान अवतरण गर्ने क्रममा ८ः४५ बजे धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो । विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए । विमानमा रहेका चालक दलका सदस्यसहित सबै यात्रुको सकुशल उद्धार भएको छ । 
भिडियो हेर्न तल क्लिक गर्नुस् 


यस्तो छ विमान दुर्घटनाको इतिहास

 - १० मे सन् १९७२ मा थाई एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा दुर्घटना हुँदा १ जना यात्रुको मृत्यु भएको थियो ।

 - ३१ जुन सन् १९९२ थाई एयरवेजको विमानस्थाल त्रिभुवन विमानस्थलमा आउने क्रममा पहाडको डाँडोमा ठोकिन्दा ११३ जना यात्रुको मृत्यु ।

 - दुर्घटना भएको ५९ दिनपछि फेरी थाई एयरवेजकै विमान दुर्घटना भयो । २८ सेप्टेम्बर १९९२ मा जसले १६७ जना यात्रुको ज्यान लियो ।

 - १७ जनावरी १९९५ आरएनएसी (अहिलेको नेपाल वायु सेवा निगम) को ट्विनेटर विमान विमानस्थलमै प्राविधिक गडवढीका कारणले गर्दा दुर्घटना । काठमाडौंबाट रुम्झाटार जान लागेको – विमानमा प्राविधिक गडबडी भएपछि चालक दलका सदस्य र १ जना यात्रु गरी दुई जनाको मृत्यु ।

 - ५ सेम्टेम्बर १९९९ नेकोन एवरको विमान पोखराबाट काठमाडौं आउने क्रममा नेपाल टेलिकमको टावरमा ठोकिँदा १५ जनाको मृत्यु ।

 - २४ अगष्ट २०१० अग्नी एयरवेजको विमान वर्षाको कारणले गर्दा काठमाडौ देखि ८० किलोमिटर टाढा मकवानपुर जिल्लाको शिखरपुर भन्ने ठाउँमा दुर्घटना हुँदा । चालक दलका ३ सहित ११ जनाको मृत्यु । जसमा ६ जना विदेशी नागरिक परेका थिए ।

 - १५ डिसेम्बर २०१० ः तारा एयरवेजको ट्विनेटर विमान लामिडाँडा विमानस्थलबाट काठमाडौं आउने क्रममा दुर्घटना हुँदा । ३ जना चालक दलरका सदस्य सहित १९ जना यात्रुको मृत्यु । सो विमानमा चालक दलका सदस्य बाहेक अन्य सवै भुटानी नागरिक थिए ।

 - २५ सेप्टेम्बर २०११ बुद्ध एअरको बीचक्राफ्ट विमान राजधानी नजीकै ललितपुरको एउटा पहाडमा ठोक्किएर दुर्घटना विमान सवार १९ यात्रुको मृत्यु ।

 - ललितपुरमा दुर्घटनामा भएको ८ महिना वित्न नपाउँदै फेरी अर्को दुर्घटना भयो । २०६९ जेठ १ मुस्ताङको जोमसोममा अग्नी एअरको विमान दुर्घटना भयो। दुर्घटनामा नेपाल र भारतका गरि १५ जनाको मृत्यु, ६ जना घाइते । जोमसोम विमानस्थलमा अवतरण हुन नसकेपछि फर्कने क्रममा सेनाको व्यारेक माथिको डाँडाँमा ठोक्किएर विमान दुर्घटना भएको थियो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger