१ जेठ, काठमाण्डौं । नयाँ विश्वविद्यालयहरुले आफ्ना प्राध्यापकहरु निजी कलेका ‘साहुजी’ बन्न नपाउने गरी नियमावली बनाएका छन् ।
विशेषगरी त्रिभुवन विश्वविद्यालय कतिपय प्राध्यापकहरुले निजी शिक्षक संस्था सञ्चालन गर्दै आएका र उनीहरु आफू कार्यरत विश्वविद्यालय प्रतिभन्दा आफूले सञ्चालन गरेको शिक्षक संस्थाप्रति बढी जिम्मेवार तथा उत्तरदायी हुने गरेका छन् ।
त्रिविमा निकै भाङ्गिदै गएको यस्तो प्रवृत्तिलाई रोक्न सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विश्वविद्यालयले आफ्नो नियमावलीमा नै निजी शिक्षक संस्था तथा अनुसन्धान केन्द्र सञ्चालन गर्न नपाउने तथा आर्थिक लाभ लिने गरी परामर्शदाताका रुपमा कार्य गर्न नपाउने स्पष्ट व्यवस्था रहेको गोरखापत्र दैनिकमा खबर छ ।
सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. जयराज अवस्थीले निजी शिक्षण संस्थामा सञ्चालक रहन नपाउने गरी नियमावलीमा व्यवस्था गरिएको बताउँदै भन्नुभयो ‘विश्वविद्यालयलाई राम्रो बनाउन कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई अन्य निजी कलेज सञ्चालन गर्न दिइनु हुन्न भनेर यस्तो व्यवस्था गर्न लागेका हौं
|