ओजोन विनाश पत्ता लगाउने वैज्ञानिकको निधन

 ओजोन तहमा प्वाल परेको कुरा पहिलोपटक पत्ता लगाउने बेलायती वैज्ञानिक जोए फरम्यानको निधन भएको छ । केही समयदेखि विरामी भएर थलिएका ८२ वर्षीय फरम्यानको निधन भएको बीबीसीले जनाएको छ । जोएको ७ अगष्ट १९३० मा जन्म भएको थियो । बेलायती अन्र्टार्कटिक र्सर्भे अभियानका सदस्य समेत रहेका जोसेफ चार्ल्स फरम्यानले अन्र्टार्कटिकका माथिको ओजन तहमा प्वाल परेको कुरा पहिलोपटक पत्ता लगाएका थिए । उनले ब्रेन गार्डर तथा जोन शांकलिनसँगै मिलेर ओजन विनाशको बारेमा सन् १९८५ मे १६ का दिन एक शोध प्रकाशित गरेका थिए । जसले ठूलो तहल्का मच्चाउन सफल भएको थियो । क्लोरोफ्लोरो कार्वनयुक्त तत्वहरुका कारण ओजन तह विनाश भैरहेको र ओजन तह विनाश हुँदा सूर्यका परावैजनी किरण पृथ्वीमा आइ त्यसले जिवजन्तु तथा वनस्पतीको विनाश गर्ने कुरा पहिलोपटक सोही शोधमा उल्लेख गरिएको थियो । सन् १९९० मा अन्तिम पटक अन्र्टार्कटिकाको भ्रमणमा गएसँगै जोएले वैज्ञानिक शोधको कार्यबाट सन्यास लिएका थिए । ओजन तह अक्सिजनका तिनवटा अणु मिलेर बनेको ओजन ग्यासको एक तह हो जुन वायुमण्डलको १६ देखि २५ किलोमिटर सम्म पाइन्छ । यसले र्सर्ूयबाट आउने परावैजनी किरणलाई रोक्ने गर्छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger