Featured Post Today
print this page
Latest Post

भगवान दर्शन कसरि पाऊ भिडियो

भगवान दर्शन कसरि पाऊ भिडियो

 

आइसीसी वल्र्ड डिभिजन थ्रीमा आज नेपाल र बर्मुडा भिड्ने

 १८ वैशाख, काठमाण्डौं । आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल आज आयोजक बर्मुडासंग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बर्मुडाको सेन्ट डेभिडस क्रिकेट क्लबको मैदानमा हुनेछ । लगातार दुई खेल हारेसंगै नेपालको डिभिजन २ मा पुग्ने यात्रा कठिन बनेको छ । शीर्ष २ मा पुग्ने सम्भावना जिवितै राख्न नेपालले आजको खेल जित्नै पर्ने दबाव छ ।

 शीर्ष दुईमा पर्न नसकेको अवस्थामा डिभिजन ३ मा कायमै रहनका लागि पनि नेपालका लागि आजको खेल गर या मरको हुनेछ । नेपाल र बर्मुडा एकदिवसीय खेलमा पहिलो पटक भिड्न लागेका हुन् । ट्वान्टी ट्वान्टीमा गत वर्ष भएको भेटमा नेपालले बर्मुडालाई हराएको थियो ।

नेपाली इन्जिनियर भुटानी जेलमा

 १८ वैशाख, काठमाण्डौं । नेपालका इन्जिनियर यमुनाप्रसाद शाह भ्रष्टाचार आरोपमा दुई वर्षदेखि भुटानी जेलमा कैद छन् । ललितपुरस्थित जीईओसीई नामक कन्स्ट्रक्सन कम्पनीबाट आवासीय इन्जिनियरका रुपमा काम गर्न भुटान पुगेका साहलाई फसाएर जेलमा हालिएको दाबी उनकी पत्नी मीनाले गरेकी छन् । पतिलाई भुटानी ठेकेदारले मिलेमतोमा फसाएर जेलमा राखिएको भन्दै मीनाले उद्धारका लागि पहल गरिदिन परराष्ट्र मन्त्रालयमा निवेदन दिइएकी छन् । जनकपुर स्थायी घर भएका शाह भष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा २०६८ वैशाख ८ गतेदेखि भुटानी जेलमा कैद भुक्तान गरिरहेको अन्नपूर्ण पोष्टमा खबर छ । मीनाले २०६८ फागुन ११ गते पतिको उद्धार गरिपाउँ भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई छुट्टाछुट्टै निवेदन दिएकी थिइन् । उनले त्यसयता आफू लगातार परराष्ट्रमा भइरहेपनि पति फर्काउन कसैले पहल नगरेको गुनासो गरेकी छन् ।

हरिवंशको ‘चिना हराएको मान्छे’ आयो (मूल्य २ हजार रुपैयाँ)भिडियो समाचार

हरिवंशको ‘चिना हराएको मान्छे’ आयो (मूल्य २ हजार रुपैयाँ)भिडियो समाचार

 

घम्सा घम्सी र भनाभन बीच दलदर्ता प्रक्रिया (पहिलो हुने विवाद)भिडियो

 समाचार निर्वाचन आयोगले क्रमसंख्या पछि निर्धारण गर्ने निर्णय गरेपछि पहिलो हुने बारेमा दलहरुवीच उत्पन्न विवाद समाधान भएको छ भने दल दर्ता प्रक्रिया सुरु भएको छ । बिहान ६ बजेदेखिनै दलदर्ताका लागि निर्वाचन आयोग पुगेर लाईनमा बसेका नेकपा एमाले र एकीकृत माओवादीका नेताहरु एक नम्बरमा दर्ता गराउनका लागि अपरान्ह १२ सम्म विवाद गरेका थिए । हेर्नुस भिडियो समाचार.. 

हास्य टेलिशृंखला मेरी बास्सै,Meri Bassi April 30th 2013

हास्य टेलिशृंखला मेरी बास्सै,Meri Bassi April 30th 2013 

डरलाग्दो रेष्टुरेन्ट, जहाँ भुतले खाना टक्राउँछ्, लाससँग बसेर खानुपर्छ

 विश्वमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ छिर्दैमा मान्छे थरथर काँप्न थाल्छ । डर नलागोस् पनि किन रेष्टुरेन्ट छिरेका पाहुनलाई भुतले नै स्वागत गर्छ, भुतले नै खाना टक्राउँछ । अनि अझ डर लाग्दो कुरा त के भने खाना खाँदा पनि मरेका मान्छेको लाश सँगै बसेर खानुपर्छ । हो, स्पेनको ला मासिया एंकांटडा रेष्टुरेन्ट विश्वको सबैभन्दा डरलाग्दो रेष्टुरेन्ट हो । त्यहाँ भुतले दिएको खाना लाशसँग बसेर खानुपर्छ । हन्टेड रष्टुरेन्टको नामले पनि चिनिने यो रेष्टुरेन्ट सन् १९७० मा बनेको हो । रेष्टुरेन्ट छिर्ने बित्तिकै हातमा रगत लतपतिएको चक्कु, तरवार तथा हँसिया लिएको भुतले स्वागत गरिहाल्छ । भोजन गर्न बस्ने कुर्सी नजिकै यत्रतत्र लाश हुन्छन् । तिनै लाशसँग बसेर नडराई भोजन गर्नु पर्छ । खाने खाने समय भुतको नाटक पनि देखाइन्छ । तिन घण्टाको उक्त नाटक हेर्दै डरलाग्दो हुन्छ र विभिन्न भुताहा कहानी प्रस्तुत गरिन्छ । साँच्ची दहि्रलो मुटु भएकाहरु बाहेक यो रेष्टुरेन्टमा छिर्ने हिम्मत अरु कसले गर्लान् र ? यो रेष्टुरेन्टमा मुटुरोगी, दमरोगी तथा गर्भवती महिला र अपांगलाई प्रवेश निषेध गरिएको छ । साथै १४ वर्षभन्दा कम उमेरका बच्चाबच्ची पनि यहाँ छिर्न पाउँदैनन् । रेष्टुरेन्टमा एकपटमा ६० जना सम्मले भोजन गर्न सक्छन् र कम्तिमा ३५ जना पाहुना भएपछि भुत शो सुरु हुन्छ । रेष्टुरेन्टभित्र क्यामरा प्रतिबन्धित छ र कुनैपनि दृश्य खिच्न पाइँदैन । तर नडराउनुहोस् त्यहाँ भएका भुत र लाश साँच्चिकै भने होइनन् । वेटर तथा अरु कर्मचारीले भुत तथा मरेको मान्छेको लाशको भेष धारण गरेका हुन् ।

Ukali Orali Bhanjyang Chautari April 30th 2013

Ukali Orali Bhanjyang Chautari April 30th 2013

 

आफु भन्दा हिरोइन अग्ला हुँदा साहरुखलाई टेन्सन


बलिउड नायक साहरुख खान २२ बर्षदेखि यो क्षेत्रमा एक छत्र राज गरिरहेका छन् । यसैले पनि उनले पुराना देखि नयाँ सबै नायिकासँग काम गरेका छन् । तर उनलाई सधैभरी नै एउटा तनावले भने छोड्दो रहेनछ । युवतीका पि्रय नायक खान भन्छन्, ‘अधिकांश नायिका म भन्दा अग्ला छन्, यसैले कहिलेकाही जोडी नसुहाएको जस्तो लाग्छ ।’ साहरुखले नायिका दीपिका पादुकोणको नाम ‘चेन्नाई एक्सप्रेस’ मा आफ्नो नाम भन्दा अघि राख्नुको कारण खुलाउँदै रमाइलो पारामा भने, ‘दीपिका म भन्दा अग्ली छिन्, यसैले उनको नाम पनि अघि आउँछ ।’ ‘चेन्नाई एक्सप्रेस’ को छायांकनको क्रममा केरलामा रहेका खानले भने, ‘राजनीति निक्कै राम्रो क्षेत्र हो ।’ उनले विभिन्न कारणले गर्दा आफु राजनीतिमा आउन नसकेको बताउदै भने, ‘यो क्षेत्र मा आउने जो कोही पनि आफैमा शिक्षित हुन जरुरी छ ।’ साहरुखले आफुलाई अभिनय नै सुहाउने भएकाले राजनीतिमा नआएको समेत खुलाएका छन् ।

कान्छी पत्नीको ‘बबाल’ले एसएसपी सुरुवा

 १७ वैशाख, काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाण्डौँको प्रमुख बनेको तीन महिनामै एसएसपी रणवहादुर चन्दको सरुवा भएको छ । ‘पदीय दायित्व बहन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई हटाउँदै सोमवार सुबोध घिमिरेलाई ल्याएको हो । गृहले उनको सरुवाको निर्णय गर्दै उनको ठाउँमा घिमिरेको नाममा निर्णय गरिसके पनि सोमवार बेलुृकासम्म सरुवापत्र प्रधान कार्यालयमा आइसकेको छैन । काठमाण्डौँमा घटेका आपराधिक घटना अनुसन्धान सफल भएपनि ब्यक्तिगत आचरणका कारण उनी संगठनमा आलोचित थिए ।

 उनको लापरवाह व्यवहारका कारण संगठनको छवि धुमिल बनेको भन्दद्यै संगठनका प्रभावशाली सदस्यहरुले प्रहरी महानिरीक्षक कुवेर रानालाई पटक पटक काठमाण्डौँ प्रमुृख फेर्न सुझाव दिएका थिए । चुल्ठे मन्द्रे नियन्त्रण अभियानवाट उनी अति आलोचित भएका थिए । शुक्रवार कान्छी श्रीमति गोमा सुवेदीले उनको कार्यकक्षमा बबाल गरेपछि उनको सरुवाको निर्णय भएको हो ।आजको नागरिक दैनिकले समाचार छापेको छ । क्यासिनो नियन्त्रण निष्प्रभावी बनेको, अन्ना क्यासिनोका जिएम तप्तबहादुर विष्टलाई हिरासतमा नराखी प्रहरी कर्मचारीको कोठामा राखेको जस्ता घटना सार्वजनिक भएपछि गृह नेतृत्वसमेत उनीप्रति असन्तुष्ट थियो ।

सन्नीको जवानीको अघि घुँडा टेकिन् मल्लिकाले


पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनीले अहिले चर्चा कमाइरहेकी छिन् । ‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीले यसपश्चात ‘रागिनी एमएमएस २’ मा अभिनय गरिसकेकी छिन् ।चलचित्र ‘सुट आउट एट वाडाला’ मा आइटम गीत गरेर चर्चामा आएकी सन्नीले अब नयाँ सिनेमामा काम गर्ने चर्चा बलिउड बजारमा चलेको छ । ‘वेलकम’को सिक्वेलमा सन्नीले अभिनय गर्ने चर्चा बजारमा चल्न थालेको छ । ‘वेलकम’ बाट चर्चा कमाएकी मल्लिका सेरावतको ठाउँमा सन्नीलाई प्रस्ताव गरिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । चलचित्रको सिक्वेलमा मल्लिकाको ठाउँमा सन्नी नै उत्तम भएको भन्दै निर्माणपक्षले उनलाई प्रस्ताव गरेको बताइएको छ । यो चलचित्रमा जोन अब्राहिम, नाना पाटेघर, अनिल कपुरले अभिनय गर्ने पक्का भैसकेको छ । बलिउडमा एक पछि अर्कौ नायिकालाई चुनौती दिइरहेकी सन्नीले अर्की बोल्ड नायिका मल्लिका सेरावतलाई नै हटाएकी छिन् । सन्नीको आक्रामक आगमनले बलिउड नायिकाहरुमा तरंग पैदा गरेको छ । भिडियो हेर्न तल बोक्समा क्लिक गर्नुस् ..

नेपालको निराशाजनक प्रदर्शन, डिभिजन २ को यात्रा कठिन बन्दै

 १७ बैशाख, काठमाण्डौ । बर्मुडामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा लगातार दोस्रो हार व्यहोरेको छ । गएराति भएको आफ्नो खेलमा नेपाल युगाण्डासंग ६ विकेटले पराजित भएको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले ४४.२ ओभरमा सवै विकेट गुमाएर १ सय १६ रन मात्र बनायो । नेपालका लागि प्रदिप ऐरीले २४, शक्ति गौचनले २१, पृथु बास्कोटा तथा विनोद भण्डारीले समान १८ र ज्ञानेन्द्र मल्लले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । अमृत भट्टराई र शरद भेष्वाकर खाता नै नखोली पेविलियन फर्किए । १ सय १७ को सामान्य लक्ष्य पछ्याएको युगाण्डाले २७ ओभर खेल्दै ४ विकेटको क्षेतिमा लक्ष्य भेट्टायो । उसका लागि रोगार मुकासले अविजित ४९ तथा बेन्जामिन मुसोकेले २२ रनको योगदान दिएका थिए ।

रमाइलो उकाली ओराली,Dohori Ukali Orali | April 29th 2013

रमाइलो उकाली ओराली,Dohori Ukali Orali | April 29th 2013

 

Exchange Rate for 30 April, 2013

Exchange Rate for 30 April, 2013
 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs
. Indian Rupee 100 160.00
 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. dollar 1 86.61
 87.21
European euro 1 113.41
 114.19
UK pound sterling 1 134.51
 135.44
Swiss franc 1 92.21
 92.85
 Australian dollar 1 89.53
 90.15
Canadian dollar 1 85.43
 86.02
Singapore dollar 1 70.16
 70.65
Japanese yen 10 8.85
 8.92
Chinese renminbi (Yuan) 1 14.05
 14.15
Only Buying rates Currency Unit Rates/Rs.
 Swedish Krone 1 13.26
 Danish Krone 1 15.21
Hong Kong dollar 1 11.16
Saudi Arabian riyal 1 23.09
 Qatari riyal 1 23.79
Thai baht 1 2.95
UAE Dirham 1 23.58
Malaysian ringgit 1 28.56
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
पुरा भिडियो हेर्न तल क्लिक गर्नुस्....

साझा बसमा जो पनि चढ्दछ (भिडियो)

१६ बैशाख, काठमाडौं । लगनखेलबाट नयाँ बसपार्क छुट्ने बेलादेखि नै सिट भरिभराउ भैसकेको थियो । जावलाखेल, पुल्चोक, कुपण्डोलबाट यात्रु थपिएपछि त उठ्ने र समाउने ठाउँ समेत बाँकी भएन । अझ बीचमा अरुले पनि हात तेर्साउँदै थिए । तर निश्चित ‘स्टप’ मा मात्र रोक्ने भएकाले अरु गाडी जस्तो साझा बस यात्रु देख्ने बित्तिकै रोकिएन । त्रिपुरेश्वरमा झण्डै दुई माईक्रोमा अट्ने यात्रु साझा बस नै पर्खेर बसेका थिए । पहिलेदेखि नै यात्रुलाई मिलाएर राख्न व्यस्त परिचालिक रेनुका तामाङले सबैलाई राख्न सक्नुभएन । ‘ल अट्दैन है, अर्कोमा आउनुहोस्’ निकै विनम्र भएर उहाँले अनुरोध गर्नुभयो । ‘जति खचाखच भएपनि अरु सार्वजनिक यातायात चढेजस्तो कष्ट र दुव्र्यवहार सहनु पर्दैन’ यात्रु भन्दैथिए । बुढापाका र अशक्तलाई परिचालकले मात्र होइन, अरु यात्रुले पनि सम्मान गर्छन् । महिला र अशक्तको लागि छुट्याईको सिट खाली नै छ भने पनि अरु बस्दैनन् । बोलाईबोलाई ठाउँ छोडिदिन्छन् । भाडा उठाउँदा परिचालकले आमा, बा, सर, मेडम भनेर सम्बोधन गर्छन् । टिकट दिएर पैसा लिन्छन् । चालक र परिचालक ट्राफिक नियम पालना र यात्रुको सुविधाको लागि निकै सचेत छन् । बैशाख १ गतेदेखि राजधानीमा पुनः शुरु भएको साझा यातायातले आफ्नो यो सेवालाई यसैगरी निरन्तरता दिन सकोस् भन्ने यात्रुको शुभेच्छा छ । भिडियो हेर्नुस् :

  स्रोत:ओनलाइनखबर

हास्य टेलिशृंखला जिरे खुर्सानी,Jire Khursani | April 29th 2013

हास्य टेलिशृंखला जिरे खुर्सानी,Jire Khursani | April 29th 2013


९० वर्षमा नागरिकता

 १६ वैशाख, इलाम । इलाम आमचोक-६ की ९० वर्षीया कलमाया राईको जीवनमा खुसीको सीमा रहेन जव उहाँले नागरिकताको प्रमाणपत्र पाउनुभयो । डाडाँमाथिको जुन भएका बेला जीवनमै पहिलोपटक नागरिकता पाउँदा उहाँ ज्यादै हषिर्त हुनुभयो । जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाको दुर्गम क्षेत्रका बासिन्दालाई घरदैलोमा पुगेर सेवा दिन वैशाख १० गतेदेखि सञ्चालन गरेको ‘एकीकृत घुम्ती शिविर’मा कलमायालाई टोलीप्रमुख माधवप्रसाद पोखरेलले नागरिकता प्रदान गर्नुभएको थियो । नागरिकता बनाएपछि बुढेसकालको सहारा वृद्धभत्ता पाउनेमा उहाँ ढुक्क हुनुहुन्छ । 

शिविरमा चार सय ६९ जनाले नागरिकता लिएका छन भने पाँच सय २४ जनाले फोटो सहितको मतदाता नामावलीमा नामदर्ता गराएका छन् । शिविरमा महिला तथा बालबालिका कार्यालयबाट ४३ वटा अपाङ्ग परिचयपत्र वितरण, नापी कार्यालयवाट २६ जना स्थानीयको जग्गा नापजाँच, पशुसेवा कार्यालययवाट छवटा गाईमा कृत्रिम गर्भाधानसेवा तथा स्वास्थ्य टोलीले पाँच सयभन्दा बढीको स्वास्थ्य परीक्षण र कृषि विकास कार्यालयबाट स्थानीयको ५४ वटा माटो परीक्षण गरिएको छ । घुम्ती शिविरमा आमचोक, लुम्दे, गजुरमुखी, एकतप्पा, फुएँतप्पा र फाकफोक गाविसका नागरिकले सेवा लिएका थिए । सो शिविर वैशाख १० बाट १५ गतेसम्म चलेको थियो । यस्तै, बाँझोस्थित चिसोपानीमा एकीकृत घुम्ती शिविरवाट एक हजार पाँच सय जनाभन्दा बढीले नागरिकले सेवा सुविधा लिएका छन् । छ सय ७९ लाई नागरिकता वितरण गरिएको थियो भने सात सय ७५ जनाले फोटो खिचाएका छन् । शिविरमा मालपोत कार्यालय, जिल्ला पशुसेवा कार्यालयले पनि सेवा दिएको थियो । यसअघि बाँझोको लारूम्वामा दुईदिने घुम्ती शिविर सम्पन्न भइसकेको छ । यस शिविरमा दुई सय ६० जनालाइ नागरिकता वितरण गरिएको थियो । रासस

राष्ट्रघात गर्दै ,राष्ट्र माथि नै धावा बोल्दै जगदम्बा उद्योग भिडियो खबर

यतिवेला बारा जिल्लाको पिप्रा सिमरा गाविस–३ जमुना पैनी टोलका चारसय घरधुरी आफ्नो टोलमा बस्न नसक्ने भएका छन् । त्यहाँ बस्न नसक्नुका पछाडिको प्रमुख कारण भनेको धारामा रासायनिक पदार्थ र तेल मिसिएको च्यापच्याप गर्ने पानी आउन थाल्नु हो । गाउँका झन्डै ५० वटा धारा र डिप बोरिङसमेत बन्द छन् ।हेर्नुस भिडियो खबर
 

काठमाण्डु’ लाई अनलाइनमा नै हेर्न सकिने

 आकाश अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘काठमाण्डु’ ले एक नयाँ प्रयोग गरेको छ । नेपाली सिनेमाको अनलाइन पाइरेसी भइरहेको घटना आइरहेको समयमा अब यो सिनेमा भने अनलाइनमार्फत नै हेर्न पाइने छ ।निर्देशक आकाश अधिकारीले ‘काठमाण्डु’लाई अनलाइन रिलिज गरेको बताए ।  आकाश अधिकारी र विन नविन अधिकारीको निर्माणमा तयार भएको यो सिनेमाले नेपालमा राम्रो व्यापार गरेको थियो । नेपालमा पहिलो पटक फोर के क्यामेराले छायांकन गरिएको ‘काठमाण्डु’ प्रविधिका हिसाबले पनि उच्च रहेको छ । चलचित्रमा आकाश अधिकारी, रेश महरठ्ठा, रिया मर्फी, प्राप्ती घिमिरे, ममता प्रधान, गौरी मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् । नेपाली सिनेमाका लागि अनलाइन रिलिज नयाँ प्रयोग हो ।

नेपाल अमेरिकासँग ९४ रनले पराजित, आज युगाण्डासँग खेल्ने

 १६ वैशाख, काठमाडौं । बर्मुडामा सुरु भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको पहिलो खेलमा नेपाल अमेरिकासँग ९४ रनले पराजित भएको छ । अपेक्षा गरे अनुसार बलिङ चल्न नसक्दा नेपालले हारको बाटो देखेको हो । 
खेलपछि कप्तान पारस खड्काले नेपालले राम्रो रन बनाएपनि टेलरको १ सय ६२ रनकै कारण निर्णय अमेरिकाको पक्षमा गएको बताए । ‘टिमका रुपमा हामीले अमेरिकालाई ४० रन बढी दियौं । ३ सय वा बढीमा ३ सय ३० हुन्थ्यो भने भन्न सकिन्नथ्यो’ उनले भने–तर एकै व्याट्यम्यानले १ सय ६२ रन बनाए । यो उनीहरुको दिन थियो । हामीले केही गर्न सकेनौं ।’ हरेक खेल त्यतिकै महत्वपूर्ण रहेको भन्दै उनले भने–हामी केही निराश छौं तर, यो खेलको सुरुवात मात्र हो । हाम्रा लागि हरेक खेल महत्वपूर्ण र हामीलाई कुनै पनि गल्ती गर्ने छुट छैन ।’ अमेरिकाले प्रस्तुत गरेको ३ सय ६७ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम एक बल बाँकी छँदा २ सय ७२ रनमै अलआउट भयो ।

 नेपालका लागि कप्तान पारस खड्काले ७३ र सरद भेसवाकरले ७२ रन बनाए । शक्ति गौचनले ३९ र सुवास खकुरेलले २३, प्रदीप ऐरी र संजम रेग्मीले समान १४/१४ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा बसन्त रेग्मी ७, विनोद भण्डारी ४ र अनिल मण्डल शुन्यमै आउट भए । अमृत भट्टराईले खाता नै खोल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा नील मिग्यारोलले ३ तथा मोहमद गू र एल्मोर हचिम्सनले समान २/२ विकेट लिए । यसअघि समरसेट क्रिकेट क्लबको मैदानमा पहिले व्याटिङ थालेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६६ रन बनाएको थियो । उसका लागि स्टीवन टेलरले १ सय २ बलमा १ सय ६२ रन बनाए ।

 १२ छक्का र चौंका हानेका टेलरलाई रोक्न नसक्नु नेपाली बलरहरुको कमजोरी रह्यो । स्टीवन टेलर र ओलाण्डर बेकरले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे । प्रतियोगिता अन्तरगत नेपालले आज युगाण्डासँग खेल्नेछ । पहिलो खेलमा बर्मुडालाई १ सय १४ रनले हराएको युगाण्डालाई हराउनै पर्ने दबाव नेपाली टोलीमाथि छ ।

Exchange Rate for 29 April, 2013

Exchange Rate for 29 April, 2013
 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee 100 160.00
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. dollar 1 86.70 
87.30 
European euro 1 112.98
 113.76 
UK pound sterling 1 134.23 
135.16 
Swiss franc 1 91.96 
92.59 
Australian dollar 1 89.10 
89.72 
Canadian dollar 1 85.28
 85.87 
Singapore dollar 1 70.09 
70.57 
Japanese yen 10 8.84 
8.90 
Chinese renminbi (Yuan) 1 14.06 
14.16 
Only Buying rates Currency Unit Rates/Rs.
 Swedish Krone 1 13.19 
Danish Krone 1 15.16
 Hong Kong dollar 1 11.17 
Saudi Arabian riyal 1 23.12 
Qatari riyal 1 23.82 
Thai baht 1 2.97 
UAE Dirham 1 23.60 
Malaysian ringgit 1 28.56
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

Lokgeet Countdown | April 28th 2013

Lokgeet Countdown | April 28th 2013

 

हास्य टेलिशृंखला हर्के हल्दार, Harke Haldar | April 28th 2013

हास्य टेलिशृंखला हर्के हल्दार, Harke Haldar | April 28th 2013

साझा सवाल: कतारमा नेपाली कामदारको जीवन र कष्ट

 आजको साझा सवालमा कतारमा काम गरिरहेका नेपालीहरूको दुःखका बारेका कुरा समेटिएको छ । कतारको राजधानी दोहा जति भव्य बन्दैछ, शहरमा काम गर्ने नेपाली कामदारको दुःख र समस्या त्यत्तिकै कठोर छ । यी ठूला घरहरूको पछाडिको साघुँरा गल्ली र होचा घरहरूमा महिनौं देखि कामको ज्याला नपाएका र विरामीले थलिएर उपचार नपाएका नेपालीहरू बस्छन् । काम गर्ने रोजगारदाता कम्पनीले तोकिदिएको यो बस्ने ठाउँ अर्थात् ‘क्याम्प’ मा बस्ने नेपालीहरूको जीवन र कष्ट यो साझा सवालमा समेटिएको छ । हेर्नुस आजको साझा सवाल... 

तीन वर्षअघि हराएकी छोरी खोज्दै अमेरिकी दम्पत्ति नेपालमा

 १५ बैशाख, काठमाडौं । आमाबाबुको माया आफ्ना सन्तानप्रति कति हुन्छ भन्ने कुरा एक अमेरिकी दम्पत्तिले देखाएका छन् । अमेरिकी दम्पत्ति पाउल साक्को र कोनी साक्कोले तीन वर्ष अगाडि पदयात्राको क्रममा हराएकी छोरीको मृत शरिर भएपनि भेटिन्छ कि भनेर नेपाल धाइरहेका छन् । ओब्रे कारोलाइन साक्को सन् २०१० अपि्रल २२ मा लाङटाङ पदयात्राको क्रममा हराएकी थिईन् । उनको अहिलेसम्म न त सास भेटिएको छ न त लाश नै । उनका बुवा आमा छोरीको खोजी गर्दै वर्षेनी नेपाल धाइरहेका छन् ।

 बावु-आमाले अहिलेसम्म छोरी भेटिन्छे कि भन्ने आशा मार्न सकेका छैनन् । उनीहरुले पटक-पटक पत्रकार सम्मेलन गरेर छोरीको खोजी गरेर मर्दो जिउँदै पत्ता लगाईदिन नेपाल सरकारसमक्ष हार-गुहार गरिहेका छन् । बावु-आमाले छोरीको अवस्था पत्ता लगाउनेलाई २५ हजार अमेरिकी डलर अर्थात २२ लाख नेपाली रुपैयाँ दिन घोषणा गरिसकेको छ । नेपाल सरकारले छोरी खोजिदिने कार्यमा ढिला-चुस्ती गरेको हो कि भन्ने उनीहरुले शंका गरेका छन् । यहि कुरामा नेपाल सरकारलाई झकझकाउन उनीहरुले गत हप्ता काठमाडौंमा पत्रकार सम्मेलन गरेका थिए । नेपाल सरकारले भने मृतक पर्यटक साक्कोको खोजी कार्य जारि राखेको बताउँदै आएको छ । ‘मृतक साक्को सन् २०१० अपि्रल २२ तरिखमा लाङटाङको लामा होटेलमा पिज्जा र कोक खाएर निस्केको थाहा हुन आएको छ’ नेपाल ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) का महासचिव मोहन लम्सालले भन्नुभयो- ‘त्यसपछि उनी कहाँ गइन, कहाँ छिन, उनको अवस्था कस्तो छ भनेर पत्ता लाग्न सकेको छैन् भनि अनलाइनखबरले छापेको छ ।’

अनिश्चितकालीन बन्दका कारण जनजीवन कष्टकर बन्दै

१५ वैशाख, इलाम । हिजो इलाम र पाँचथर वन्दको घोषणा गरेको नेकपा–माओवादी निकट लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाले आजदेखी अनिश्चिकालीन मेची अञ्चल वन्दको आह्वान गरेको छ । अनिश्चितकालिन आम हड्तालका कारण मेचीका इलाम,ताप्लेजुङ्ग,झापा र पाँचथर लगातयका जिल्लामा पसल बन्द रहेका छन् भने विहानै कलेज पुगेका विद्यार्थीहरु घर फर्किएका छन् ।

 अरुवेला मेची राजमार्गमा वाक्लै कुद्ने यातायातका साधनहरु नचल्दा यात्रुहरु वीच वाटोमै अलपत्र परेका छन् । बन्दलाई सफल वनाउन बन्दकर्ताहरु चोक र राजमार्गमा विहानै देखी जम्मा भएका छन् । हिजोदखीको वन्दले जनजीवन भने कष्टकर वन्दै गएको छ । प्रहरीले आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा मोर्चाले आजदेखी मेचीमा अनिश्चितकालीन वन्दको घोषण गरेको हो । चन्दा असुली रहेका मोर्चाका ५ जना कार्य्कर्ताहरुलाई विहीवार इलाम प्रहरीले पक्राउ गरेको विरोधमा मार्चाले वन्द आह्वान गरेको हो । पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई विनासर्त रिहाई नगरे सम्म बन्द जारी रहने नेकपा–माओवादी इलामले जनाएको छ । यता इलामका प्रहरी नायव उपरीक्षक भीमवहादुर दाहालले भने कार्याकर्तालाइ हतियार सहित पक्राउ गरिएकाले पक्राउ परेकाहरुलाई रिहा गर्न नसकिने बताएका छन् ।

८ करोडको चिठ्ठा पारेका डिल्लीराम भेटिएनन्


 १५ वैशाख, काठमाण्डौं । दोहा विमानस्थलमा १० लाख अमेरिकी डलर (झन्डै ८ करोड ८७ लाख रुपैयाँ) चिट्ठा पर्ने नेपाली डिल्लीराम पराजुलीको खोजी हुन थालेको छ । ‘ड्युटी फ्री’ को उक्त भाग्यशाली चिट्ठाले पराजुलीलाई बिहीबार करोडपति बनाएपछि स्थानीयबीच ठूलो चर्चा छ । डिल्लीरामको नेपालको पूरा ठेगाना पत्ता लागेको छैन भने उनी चिट्ठा दाबी गर्न अहिलेसम्म आएका छैनन् । कतार एयरवेज तथा कतार ड्युटी फ्री सपका प्रमुख कार्यकारी अधिकृत अकवर अलबाकरले बिक्री भएका पाँच हजार चिट्ठाबाट एउठा रसिद निकाल्दा उनको भाग्य चम्किएको हो । सार्वजनिक रुपमा गरिएको कार्यक्रममा १९२२ नम्बरको चिट्ठा निकाल्दै प्रमुख कार्यकारी अधिकृत अलबाकरले पारजुलीलाई बधाई दिएका थिए । अहिले कतारका विभिन्न संघसंस्थाले पराजुलीको खोजी गरिरहेको कान्तिपुर दैनिकमा खबर छ ।

Exchange Rate for 28 April, 2013

Exchange Rate for 28 April, 2013
 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160.00
 160.15
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar 1 86.41
 87.01
European euro 1 112.59
 113.37
UK pound sterling 1 133.49
 134.42
 Swiss franc 1 91.54
 92.18
Australian dollar 1 89.06
 89.68
Canadian dollar 1 84.74
 85.33
Singapore dollar 1 69.83
 70.31
Japanese yen 10 8.75
 8.81
Chinese renminbi (Yuan) 1 14.01
 14.11
Only Buying rates Currency Unit Rates/Rs.
 Swedish Krone 1 13.10
 Danish Krone 1 15.10
Hong Kong dollar 1 11.13
Saudi Arabian riyal 1 23.04
Qatari riyal 1 23.74
Thai baht 1 2.94
UAE Dirham 1 23.53
Malaysian ringgit 1 28.48
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

Maha Jodi 15 Gatay Episode 1 | April 27th 2013

Maha Jodi 15 Gatay Episode 1 | April 27th 2013

 

जन्मदिनको खर्च मृगौला रोगीलाई

 १४ वैशाख, काठमाडौं । प्रायः बालबालिकाले आफ्नो जन्मदिनको दिन आफन्त एवम् साथीहरुलाई चकलेट बाँड्छन्, आफ्ना लागि राम्रा लुगा, जुत्ता या खेलौना किन्छन् वा यस्ता वस्तु किनिदिन बाबुआमासँग जिद्धी पनि गर्ने गर्छन् । तर, कोटेश्वरकी एक छात्राले भने आफ्नो जन्मदिनमा आमाबुबाले दिएको पैसा एक मृगौला रोगीलाई उपचारका लागि सहयोग गरेर एक अनुकरणीय काम गरेकी छिन् । युनाइटेड एकेडेमी ललितपुरबाट यसै वर्ष एसलएसी परीक्षा दिएर बसेकी कोटेश्वरकी प्राची ऐरले जन्मदिनका लागि आमाले कपडा किन्न दिएको ६ हजार रुपैयाँ दोलखा च्यामा गाविस- ३ का मृगौला रोगी कृष्णबहादुर फुयाँललाई सहयोग गरेकी हुन् ।

 फुयाँलको मिर्गालाले काम गर्न छोडेपछि हाल उनी नियमित डायलयसिस गराइरहेका छन् । उनी अहिले इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचाररत छन् । कोटेश्वरको एक विद्यालयमा आज आयोजित कार्यक्रममा प्राचीले आमा सङ्गीता सिलवाल ऐरको उपस्थितिमा उक्त रकम मृगौला रोगी फुयाँललाई दिएकी हुन् । हाल त्रिदेवीनगर, कोटेश्वर बस्दै आएका बिरामी फुयाँलका दुई छोरी छन् । उनीहरु एक र तीन कक्षामा पढ्दैछन् । उनको आर्थिक अवस्था कमजोर रहेको छ । मृगौला रोगको उपचार महङ्गो भएको तथा मिर्गौला प्रत्यारोपणका लागि लाग्ने ठूलो रकम पनि उनले जम्मा गर्नसक्ने अवस्था नरहेकाले थोरै भए पनि सहयोग होस् भनेर आफूले सो सहयोग गरेको प्राचीले बताइन् । उदार मन भएकी छात्रा प्राचीले जस्तै उनका भाइ १३ वर्षीय सक्षम ऐरले पनि आफ्नो जन्मदिनको खर्च जोगाएर केही महिनाअघि पेप्सीकोला टाउन प्लानिङमा रहेको सुशीला संरक्षण सेवा केन्द्रमा आश्रति १० जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरेका थिए । सानेपास्थित नाइल स्टि्रम एकेडेमीकी संस्थापक प्राचार्य रहेकी सङ्गीताले छोराछोरीलाई दिएको खर्च राम्रो काममा सदुपयोग भएकोमा प्रसन्नता व्यक्त गर्दै यस्तो कार्यबाट अरू छात्रछात्रा पनि प्रेरित हुनसक्ने बताउनुभयो । रासस

पानीमा ‘प्ले गर्ल’ को हट जवानी (भिडियो)

पानीमा ‘प्ले गर्ल’ को हट जवानी (भिडियो) 

अमेरिकी कुकुरलाई नेपाली छुर्पी

 १४ वैशाख, काठमाण्डौं । नेपालमा उत्पादित पस्मिना, तयारी कपडा र हस्तकलाका सामान अमेरिका जाने गरेकामा कुकरका लागि पनि छुर्पी निर्यात हुन थालेको छ । अमेरिकाका कुकुरका लागि नेपालको छुर्पी आहाराका रुपमा निर्यात हुन थालेपछि मूलय बढेको छ । अमेरिकीले इलाम र पाँचथरका सीमावर्ती क्षेत्रका उद्योगबाट बर्षेनी घरपालुवा कुकुरका लागि छुर्पी लैजाने गरेका छन् ।

 पाँचथरको प्राङबुङ र मेमेङबाट कुकुरका लागि छुर्पी निर्यात हुँदै आएको छ । सन् २००६ मा प्राङबुङको भैंसेपोखरीमा खुलेको दुग्ध प्रशोधन उद्योगले उत्पादित छुर्पी अमेरिका पठाउँदै आएको छ । अमेरिकाबाट कुकुरको आहाराका लागि छुर्पी माग बढेपछि उद्योगले हाल प्राङबुङ र मेमेङमा १० वटाभन्दा बढी उद्योगका शाखा खोलिसकेको खबर नयाँ पत्रिकाले छापेको छ । इलामको जमुना र माइमझुवामा डेरी उद्योगले कम चिल्लोयुक्त छुर्पी उत्पादन गर्न थालेका छन् । छुर्पीको माग बढेसँगै मूल्यमा समेत वृद्धि भएको छ । एक बर्षअघि प्रतिकिलो २ सय ८० रुपैयाँमा बिक्री हुने छुर्पीको मूल्य अहिले प्रतिकिलो ५ सय रुपैयाँ पर्न थालेको छ ।

इलाममा धेरै मान्छेहरूले आत्महत्या गर्ने (जीवन रोज्ने कि मृत्यु ?)भिडियो खबर

इलाममा धेरै मान्छेहरूले आत्महत्या गर्ने (जीवन रोज्ने कि मृत्यु ?)भिडियो खबर
 

Exchange Rate for 27 April, 2013


Exchange Rate for 27 April, 2013 
Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee 100 160.00
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. dollar 1 86.41
 87.01
 European euro 1 112.59 
 113.37 
UK pound sterling 1 133.49
 134.42 
Swiss franc 1 91.54 
 92.18
 Australian dollar 1 89.06 
 89.68 
Canadian dollar 1 84.74 
 85.33 
Singapore dollar 1 69.83 
 70.31 
Japanese yen 10 8.75
 8.81 
Chinese renminbi (Yuan) 1 14.01 
 14.11 
Only Buying rates Currency Unit Rates/Rs. 
Swedish Krone 1 13.10 
Danish Krone 1 15.10 
Hong Kong dollar 1 11.13 
Saudi Arabian riyal 1 23.04 
Qatari riyal 1 23.74 
Thai baht 1 2.94 
UAE Dirham 1 23.53 
Malaysian ringgit 1 28.48 
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

झ्याई कुटी झ्याई,Jhaikuti Jhai | April 26th 2013

झ्याई कुटी झ्याई,Jhaikuti Jhai | April 26th 2013

कोरियाको सुरक्षा सल्लाहकारमा नेपाली

कोरियाको सुरक्षा सल्लाहकारमा नेपाली
 १३ वैशाख,सिओल।कोरियामा बस्दै आएका एकजना नेपाली दक्षिण कोरियाको सुरक्षा सल्लाहकार समितिको प्रमुखमा नियुक्त भएका छन । सुनसरीको धरान स्थाइ घर भएका गंगाराज राइ कोरियन प्रहरी फोर्सको सल्लाकारमा नियुक्त भएका हुन । केही महिना अघि सुरक्षा सल्लाहकारमा नियुक्त भएका राईको काम निकै प्रशंसा हुने गरेको बताइन्छ। यति खेर दक्षिण कोरियाका नेपाली माझ उनको खुब चर्चा हुने गरेको छ। उनको नियुक्ती पछि सुरक्षाका विषयमा नेपाली दुःख पाउने नपर्ने कोरियामा रहेका नेपालीले अपेक्षा गरेका छन्। हाल करिब ३ लाख नेपाली कोरियामा कार्यरत छन्। हाल उनि सोलको मेट्रोपोलिन प्रहरीको सल्लाहकार हुन्। उनका तीन वटा रेष्टुरेन्ट रहेका छन्। दक्षिण कोरिया सरकारले नियुक्त गर्ने प्रतिष्ठित पोष्टमा पुक्ष्ने उनि पहिलो नेपाली हुन । राइ कोरियामा व्यापार संगै समाजसेवामा सक्रिय छन ।
पुरा भिडियो हेर्नुस....

तरुनीसँग बोल्न पाङ्ग्रा चटाचट

जवानी चढेपछि विपरित लिंगीसँग नजिकिन, बोल्न, माया गाँस्न मन लाग्नु स्वभाविकै हो । कतिपयले मनको यस्तो इच्छा दबाएर राख्छन् त कतिपयले विभिन्न किसिमले प्रकट गर्छन् । जापानका एक जना युवकले आफ्नो केटीसँग बोल्ने र नजिकिने इच्छा पूरा गर्न निकै अचम्मको तथा डर लाग्दो उपाय अपनाएका छन् । रकेटन्यूजका अनुसार २५ वर्षका योसिहितो हारदाले केटीसँग बोल्नका लागि र सम्बन्ध गाँस्नका लागि १ हजार वटा कारका टायर काटिदिएका छन् । उनले केटीले चलाएका हजारवटा कारका पांग्रा काट्नुको एक मात्र उद्देश्य ती कार चलाउने केटीसँग बोल्नु थियो ।

 आफ्नो कारको टायर काटिएको देखेपछि रिसाएरै भएपनि केटीहरु आफुसँग बोल्नेछन् भन्ने उनको लालसा रहेछ । उनी केटीहरुले चलाएका कार पार्किङ्गमा राखिएको देखेपछि चक्कुले काटिहाल्दा रहेछन् । कारका पांग्रा काटेको लगायतका विभिन्न अभियोगमा उनी विरुद्ध नागोया जिल्लाको अदालतमा मुद्दा चलेको छ । अभियोजनकर्ताहरुले ती युवकले केटीहरुसँग सम्बन्ध स्थापित गर्ने उद्देश्यका लागि टायर काटेको दाबी गरेका छन् । उनको दिनचर्या निकै अनौठो रहेछ । पार्किङमा राखिएका कारका टायर काटेर सबै हावा फ्याँकिदिने अनि नजिकैको कुनै ठाउँमा ढुकेर बस्ने । जब त्यो कार चलाउने केटी कार चलाउन पार्किङ गरेको ठाममा पुगेर कारभित्र पसेर चलाउन थाल्छे र पंाग्रो काटिएका कारण कार चल्दैन तब झुलुक्क त्यहाँ आइपुग्ने । ओहो तपाइँको टायर फुटेछ, टाल्नको लागि म सहयोग गर्छु भन्ने र केटीसँग धित मरुन्जेल बोल्ने अनि अन्त्यमा फोन साटासाट गर्ने उनको चलन रहेछ । एक पटक एक जना केटीले आफ्नो कारको टायर टाल्न एक जना केटाले सहयोग गरेको आफ्नी साथीसँग बताइछन् । त्यो साथीको पनि उस्तै घटना घटेको रहेछ र हारदाले त्यसैगरी उनको कार टाल्न सहयोग गरेका रहेछन् । त्यसपछि हारदामाथि शंका भयो र एक कान दुइ कान मैदान हुँदै खास कुराको पोल खुल्यो । अनि अन्त्यमा पीडित कारचालका युवतीहरुले प्रहरीमा उजुरी गरी ती युवकलाई पक्रिए ।

सार्बजनिक सडकमा माफियाको राज,कसरी बेचियो सरकारी सडक? भिडियो खबर

सार्बजनिक सडकमा माफियाको राज,कसरी बेचियो सरकारी सडक? भिडियो खबर

 

नाङ्गी युवती देखेपछि हमालको यौन चर्तिकला (भिडियो)हेर्नुस.

नाङ्गी युवती देखेपछि हमालको यौन चर्तिकला (भिडियो)हेर्नुस.

.  

पुरा भिडियो हेर्नुस..

कतारमा नेपालीले जिते ८ करोडको चिठ्ठा भिडियो सहित

कतारमा नेपालीले जिते ८ करोडको चिठ्ठा भिडियो सहित
१३ बैशाख, काठमाण्डौ । कतारको दोहास्थित अन्तराष्ट्रिय बिमानस्थलको ड्युटी फ्रि पसलमा खरिद गरेका नेपाली नागरिक डिल्लीराम पराजुलीले करिव ८ करोड ७० रुपैयाँ बराबरको चिठ्ठा जितेका छन । पराजुलीको १९२२ नम्बरको चिठ्ठाले बिहीवार १० लाख अमेरिकी डलर जितेको हो । लक्की ड्रमार्फत् छानिएको चिठ्ठामा यस प्रकारको रकम जित्ने पहिलो नेपाली भएको कतार ड्युटी फ्रिले जनाएको छ । कतार एयरवेजको प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले चिठ्ठाको बिजेता घोषणा गरेका थिए ।

 कतार ड्युटी फि्रले सन् २००६ देखि संचालन गरेको ‘वन मिलियन डलर र्‍याफल’ सुरु गरेको थियो । यस्तो चिठ्ठा जित्ने पराजुली १२ ब्यक्ति हुन् । कतारको ड्युटी फि्रलाई लक्षित गरि सुरु गरिएको यो चिठ्ठा किन्न ९ सय ५० रियाल खर्च गर्नुपर्छ । दोहा बिमानस्थलमा उत्रने, त्यहाँ हुँदै अन्यत्र उड्ने र ट्रान्जिटमा बस्नेले पनि यस्तो चिठ्ठामा सहभागी हुन पाउँछन । एकैपटक ८ करोड ७० लाख रुपैयाँको चिठ्ठा जितेर भाग्य चम्काउने पराजुलीका बारेमा विस्तृत बिबरण भने खुलाइएको छैन । यसअघि यो चिठ्ठा ८ जना भारतीय, दुई जना अमेरिकी र एक फिलिपिनोले हात पारिसकेका छन ।

 हेर्नुहोस् भिडियो 

बालाजुको बाईसधारामा नुहाउने मेला(विशेष मेलाको रमझम) भिडियो खबर

बालाजुको बाईसधारामा नुहाउने मेला(विशेष मेलाको रमझम) भिडियो खबर 

 

दयालु बाउ : आफु नांगिएर छोराको उपचार

 आफ्ना सन्तानको माया कति हुन्छ भन्ने कुरा त बाउआमालाई मात्रै थाहा हुन्छ । यहीँ कुराको उदाहरण चीनका एक पिताले पनि पेश गरेका छन् । आफ्ना छोराको उपचारका लागि रकम जुटाउन चीनका एक पुरुष नांगिएका छन् । समाचार अनुसार चीनको एक स्कुलका चित्रकलाका विद्यार्थी सामु ती पुरुष नांगिएका हुन् र उनको नांगो चित्र ती विद्यार्थीले रङले कोरेका थिए । आफ्ना छोरा गम्भीर रोगले थलिएपछि त्यसको उपचार गर्न आफुसँग पैसा नभएको हुँदा ४७ वर्षका जाहो चेनगेयोंग निर्वस्त्र बन्न तयार भए ।

 बोनम्यारोमा रोग लागेपछि छोराकेा उपचार गर्न २० लाख रुपैयाँ भन्दा बढि रकम चाहिने भयो । बिचरा किसानी गर्ने जाहोसँग त्यतिधेरै पैसा थिएन । जसका कारण उनी कलाकारका अगाडि आफुलाई निर्वस्त्र बनाउन तयार भए र त्यसबापत घण्टाको झण्डै १५ सय रुपैयाँका दरले केही रकम जम्मा गर्न सफल पनि भए । पटक पटक कलाकार विद्यार्थीहरुको अगाडि आफुलाई नांगो बनाएर उनले आफ्नो नग्न चित्र कोर्न दिए । कलाकारिताका विद्यार्थीहरु आफुलाई निकै मन परेको र उनीहरु आफ्नो नांगो सरीर देख्दा नहाँसिकन निकै गम्भीर बनेर चित्र कोरेको उनको अनुभव छ । आफ्नो घरजग्गा बेचेर जम्मा गरेको रकममा आफु नांगिएर जम्मा गरेको रकम थपेर २२ वर्षको छोराको उपचार गराउने तयारीमा उनी छन् । धन्य छ यी दयालु बुवालाई ।
भिडियो हेर्न तल क्लिक गर्नुस्..

Exchange Rate for 26 April, 2013

घरमा पैसा पठाउदै हुनुहुन्छ,एक नजर यता पनि लगाउनु है?
Exchange Rate for 26 April, 2013
 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee 100 160.00
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. dollar 1 86.45 
 87.05 European euro 1 112.99 
 113.78
UK pound sterling 1 133.43
 134.36
Swiss franc 1 91.59
 92.23
Australian dollar 1 89.17
 89.79 Canadian dollar 1 84.51 85.10 Singapore dollar 1 69.87 70.35 Japanese yen 10 8.71 8.77 Chinese renminbi (Yuan) 1 14.01 14.11 Only Buying rates Currency Unit Rates/Rs. Swedish Krone 1 13.14 Danish Krone 1 15.16 Hong Kong dollar 1 11.13 Saudi Arabian riyal 1 23.05 Qatari riyal 1 23.74 Thai baht 1 2.96 UAE Dirham 1 23.54 Malaysian ringgit 1 28.47 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

सामसुङले ल्याउँदैछ दिमागबाट नियन्त्रण हुने ट्याबलेट

 मोबाइल निर्माता कम्पनी सामसुङले एक यस्तो ट्याबलेट बनाउँदैछ, जुन दिमागबाट नियन्त्रित हुनेछ । यो प्रयोग सफल भए ट्याबलेटको दुनियाँमा क्रान्ति हुनेछ । दक्षिण कोरियाली कम्पनी सामसुङको यो प्रयोगमा अमेरिकी शोधकर्ताहरु पनि संलग्न छन् । उनीहरुले मानिसहरु कसरी सामसुङको ग्यालेक्सी ट्याबलेटमा एक आइकनमा ध्यान केन्द्रीत गरेर सञ्चालन गर्न सकिन्छ भनेर देखाएका छन् । यसका लागि मानिसहरुले यस्तो टोली लगाउनु पर्नेछ, जसमा इलेक्ट्रो इन्सीफ्यालोग्रामको मापन गर्ने इलेक्ट्रोड जोडिएको हुनेछ । इन्सीफ्यालोग्राम यस्तो प्रविधी हो, जसको मद्दतमा दिमागको विद्युतीय हलचल अध्ययन गर्न सकिन्छ । यो प्रविधी हिडडुल गर्न समस्या भएकाहरुका लागि वरदान सावित हुनेछ । सामसुङको ग्यालेक्सी–एस ४ मा मानिसले आँखाको सहयोगमा फोनलाई नियन्त्रण गर्न प्रविधी प्रयोग भइसकेको छ । जस्तोकी मोबाइलमा बजिरहेको भिडियो आँखालाई अन्यत्र लैजान साथ रोकिन्छ ।

दक्षिण एसियामा नेपाली महिला सबैभन्दा अगाडि

 १२ बैशाख, काठमाडौं । पछिल्लो अध्ययनले दक्षिण एसियाली मुलुकहरुमध्ये नेपालमा हरेक क्षेत्रमा महिला सहभागिताको स्तर सबैभन्दा राम्रो रहेको देखाएको छ । अमेरिकी बहुराष्ट्रिय वित्तिय संस्था मास्टर कार्ड नामक संस्थाले गरेको अध्ययन अनुसार नेपालमा महिला सहभागिता सूचकांक दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढि छ । यस सूचकांकमा नेपाल पहिलो हुँदै कुल ५५ अंक पाएको छ । नेपालपछि महिला सहभागिताको दृष्टिले बंगलादेश दोश्रो स्थानमा छ । उसको ४५.५ अंक छ ।

 तेश्रो स्थानको श्रीलंकाको ४३.८, चौथो भारतको ३८ र पाँचौँ पाकिस्तानको २३ अंक रहेको छ । यस्तै महिला नेतृत्वको हिसाबमा श्रीलंका सबैभन्दा तल रहेको छ । सूचकांकमा उसको अंक १२.६ रहेको छ । जबकी नेतृत्वका हिसाबमा दक्षिण एसियामा नेपाली महिला सबैभन्दा अगाडि छन् । यस सूचकांकमा नेपाली महिलाले ४९.६ अंक पाएका छन् । अघिल्लो संविधानसभाको महिला प्रतिनिधित्वको हिसाबले नेपालमा संसदमा महिलाको प्रतिनिधित्व एसिया प्रशान्त क्षेत्रमै सबैभन्दा बढि रहेको टाइम्स अफ इण्डियाले खबर छापेकेा छ । दक्षिण एसियामा रोजगारीको हिसाबले बंगलादेशी महिला सबैभन्दा अघि छन् । त्यहाँ हरेक १ सय जना पुरुष रोजगार रहेको ठाउँमा ७५ जना महिला रोजगार छन् । श्रीलंका दोश्रो र नेपाल तेश्रो स्थानमा छ । नेपालमा पुरुषको तुलनामा महिलाहरु ६० प्रतिशत मात्र रोजगार रहेको तथ्यांकले देखाएको छ ।

 हेर्नुस सूचकांक 

हास्य टेलिशृंखला तितो सत्य,Tito Satya | April 25th 2013

हास्य टेलिशृंखला तितो सत्य,Tito Satya | April 25th 2013

Dear Kalyan ko Mero Katha | April 25th 2013

Dear Kalyan ko Mero Katha | April 25th 2013

 

मल्लिकाको एउटा कुराले बलिउडमा तहल्का

बलिउडकी सेक्स आइटम भनेर चर्चित मल्लिका शेरावतले पुन समाचारका हेडलाइनमा छाएकी छिन् । तर उनि यसटपक फरक प्रसंगमा चर्चामा आएकी हुन्। चलचित्रमा बोल्ड दृश्यका लागि विख्यात मल्लिकाले अब सेक्स ओरिएन्टेड चलिचित्रमा काम नगर्ने घोषणा नै गरेकी छिन् ।चलचित्र 'मर्डर'बाट बोल्ड नायीकाको बनाएकी मल्लिका यस्ता कयौं चलचित्रबाट दर्शकको मन जितेकी थिइन्। मल्लिका भन्ने बितिकै दर्शकले उनलाई 'सेक्सी' नायीकाको रुपमा बुझ्ने गरेका छन्। 

अब उनले गंभिर विषयवस्त भएका चलचित्रमा मात्र काम गर्ने बताएकी छिन् । मल्लिकाले अब आइटम गितमा समेत ननाच्ने बताएकी छिन्। उनले भनिन्-मैले निकै विचार गरेर यो निर्णय गरेकी हुँ, मेले थुप्रै आइटम गित र बोल्ड चलचित्रको अफर पाउने गरेकी छु अब तर ती चलचित्रमा काम गर्दिन।' मल्लिका यस्तो कडा निर्णय लिएपछी बलिउडका निर्माता निर्देशक भने चकित भएका छन्। उनलाई बोल्ड नायीका रुपमा देख्न चाहने उनका प्रशंसक पनि उनको निर्णय बाट 'सरप्राइज्ड' भएका छन्। मल्लिका शेरावतको छिट्टै 'डर्टी पोलिटिक्स' नामक चलचित्र सार्वजनिक हुँदैछ, जसमा उनले पहिलोपटक ग्ल्यामरस रोलबाट भन्दा फरक रुपमा देखिदैछिन्। हेरौ मल्लिकाको केही बोल्ड तस्विर जुन अब हेर्न पाइने छैन्..
 

प्याजले रोक्छ शिघ्रपतन

 प्याजले केवल खानालाई स्वादयुक्त मात्र बनाउँदैन प्याजको भोजन अपच तथा खाना नरुच्ने जस्ता समस्याको समाधानमा पनि कामयावी हुन्छ । आहार विशेषज्ञ तथा यौन रोग विशेषज्ञहरुका अनुसार प्याजको सेवनले खानामा रुची त बढाउँछ नै साथै यसले यौनिक कमजोरी हटाउन पनि सहयोग गर्छ । सुखी तथा सन्तुष्ट वैवाहिक जिवनका लागि सम्भोग शक्ति प्रवल हुन आवश्यक हुन्छ र यसका लागि प्याज एक अचूक उपाय बन्न सक्ने बताइनछ । विशेषज्ञहरुका अनुसार यौन शक्तिको संरक्षण र संवर्द्धनका लागि प्याज एक सस्तो तथा सुलभ विकल्प हो ।

 प्याजका फाइदा यस्ता छन् : सेता प्याजको रस, अदुवाको रस, शुद्ध मह र घिउ ५-५ ग्राम मिलाएर हरेक बिहान सेवन गर्नुहोस् । एक महिनासम्मको नियमित सेवनले तपाइँमा यौन क्षमता वृद्धि भएको पाउनुहुनेछ । रातो प्याजको रस र घिउ दुधमा मिसाएर दिनहुँ खाने गर्नुहोस् । शिघ्रपतनको समस्या भएका हरुका लागि प्याजको प्रयोग निकै लाभदायी हुन्छ । प्याजको रसमा सम्फोको रस मिलाउनुहोस् अनि त्यसमा घिउ र चिनी समेत मिलाएर नियमित सेवन गर्नुहोस् । यसले शिघ्रपतनको समस्या केही कम गर्नेछ । साथै प्याजको रस र मह मिलाएर नियमित सेवन गर्दा पनि शिघ्रपतनको समस्या कम हुन्छ । मासको दालको पिठो बनाएर त्यसमा प्याजको रसले मोल्नुहोस् र त्यसलाई दूधमा पकाएर नियमित सेवन गर्नुहोस् । यसले तपाइँको यौन क्षमतामा वृद्धि गर्नेछ ।

चीनसंग लड्न भारतले पठायो मानवरहित विमान

 १२ वैशाख,एजेन्सी। चिनियाँ सेनाले लद्दाखमा सिमा मिचेर गतिविधी गरेपछि हैरान र त्रसित भनेको भारतले वार्ता र सैन्य दुवै तरिकाबाट चीनसंग 'डिल' गर्ने भएको छ। भारतले चिनियाँ सेनाले सिमा मात्र नमिचेको बरु चिनियाँ हेलिकप्टर भारितय भुमिमा उड्ने गरेको आरोप लगाएको छ। भारतले चिनियाँ सेनालाई रोक्न सेनाको टुकडी दौलत बेग क्षेत्र तर्फ पठाएको छ, हाल भारतिय सैनिकहरु सशोम र श्योक नदि आसपास तैनाथ छन्। भारतले आफ्ना सेनाको सहयोगको लागी मानवरहित विमान समेत पठाएको बताइएको छ। भारतका सेना प्रमुख बिक्रम सिंहले जम्बु कश्मिरको भ्रमण गरेर रक्षा मन्त्री एक एन्टोनीलाई चिनियाँ हस्तक्षेपको बारेमा ताजा जानकारी गराएका छन्।

 तर चिनियाँ जमिन हडपेको भनेर विपक्षीदलहरुले भने चर्को विरोध जनाएका छन्। भारतको प्रमुख विप क्षीदल भारतिय जनता पार्टीका प्रवक्ता राजिपप्रताप रुढीले चीनले कब्जा गरेको जमिन भारत लिनु पर्ने बताएका छन्। उनले सैन्य आक्रमणबाट लिने हो वा वार्ताबाट हो भनेर भने खुलाएन। भारतको विदेश मन्त्रालय भने कडा कुरा गरेर चिनलाई धेरै चिढ्याउने पक्षमा देखिएको छैन्। भारकका विदेश मन्त्री सलमान खुर्शिदले भने-'हामी चाँहदैनौ भारतको चिनसंगको सम्वन्ध खराब होस ।' उनले भारतले चीनसंग चीनले लद्दाखमा गरेको गतिविधी प्रति भने आपत्ती जनाइसकेको बताए। बढ्दो तनावका बिच भारतिय विदेशमन्त्री सलमान खुर्शिदले आउँदो मे महिनाको ९ तारिकबाट चीनको भ्रमण गर्देछन् ।
 source: nepaliheadline

बङ्गलादेशमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १६०पुग्यो भिडियो खबर


   
काठमाडौं,बैशाख १२ । बंगलादेश राजधानी ढाकामा आठ तले एक मल्टीकम्पेक्स भत्कदां कम्तीमा पनि १६० जनाको मृत्यु भएको छ। राजधानी ढाकाको बाहिरी इलाकामा भत्किएको भवनमा अन्य दुइ सय भन्दा बढी घाइते भएका छन्। भवनमा कार्यरत केही व्यक्तिहरु अझै पुरिएको हुन सक्ने आशंका गरिएको छ। भवनमा एक गार्मेन्ट कम्पनी, बैंक कार्यलय र केही सपिङ कम्पलेक्सहरु रहेका थिए। सेनाले घटनास्थलमा उद्दार कार्य जारी राखेको छ। भिडियो हेर्न तल क्लिक गर्नुस्...

 

नेपाली भूमि डुबाउने गरी भारतद्वारा दशगजामा बाँध निर्माण भिडियो खबर

नेपाली भूमि डुबाउने गरी भारतद्वारा दशगजामा बाँध निर्माण भिडियो खबर

 

उत्तर कोरियासँग झुक्यो दक्षिण कोरिया

 १२ बैशाख, एजेन्सी । कोरियाली प्रायद्धिपमा चलिरहेको तनावका बीच दक्षिण कोरियाले उत्तर कोरियालाई संयुक्त रूपमा सञ्चालन भएर बन्द भएको उद्योग पुन:सञ्चालन गर्न आग्रह गरेको छ । अप्रिल महिनाको सुरूवातमा नै दुईबीचको सम्बन्ध चिसिँदा बन्द भएको उक्त उद्योग पुन:सञ्चालन गर्नका लागी दक्षिण कोरियाले आफै अघि सरेर आग्रह गरेको छ । सुरक्षा विवादका कारण बन्द भएको उद्योगलाई सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागी वार्तामा बस्नका लागी दक्षिण कोरियाले उत्तर कोरियालाई पत्र पठाएको छ । उद्योग बन्द हुँदा दक्षिण कोरियाका १ सय ८० कामदार बेरोजगार भएका छन् । यसले दक्षिण कोरियामा समेत समस्या थपेपछी बाध्य भएर उत्तर कोरियासँग उद्योग सञ्चालन गर्न आग्रह गरेको बताइन्छ । तर, यता उत्तर कोरियाले भने अहिलेको तनावको अवस्थामा काइसोङ उद्योगको पुन:सञ्चालन गर्न नसकिने जनाएको छ । उद्योग उत्तर कोरियाली क्षेत्रमा पर्ने भएकाले पनि उत्तर कोरियाले उक्त उद्योग खोल्ने विषयमा उत्तर कोरिया सहमत नभएको सञ्चारमाध्मयहरूले जनाएका छन् । उत्तर कोरिया दक्षिण कोरियाका कामदारलाई आफ्नो देशमा प्रवेश नदिने पक्षमा देखीएको छ ।

सुन व्यवसायहरूको फेरीअर्को साह्रै उदेकलाग्दो दृश्य(सडकमा उत्रिए)भिडियो खबर

सुन व्यवसायहरूको फेरीअर्को साह्रै उदेकलाग्दो दृश्य(सडकमा उत्रिए)भिडियो खबर

 

ह्याण्डसम हुनु पनि अपराध : केटी पट्टाउने डरले सरकारले गर्यो देशनिकाला


विभिन्न अपराध गरेको आरोपमा वा कानून उल्लंघन गरेको आरोपमा विभिन्न देशबाट विदेशी नागरिकलाई देश निकाला गरिएको त सुनिएकै हो । तर हुँदाहुँदा सुन्दर हुनु पनि अपराधमै दरिएको छ र साउदी अरेबियामा तिनजना विदेशी युवाले बढि ह्याण्डसम भएको आरोपमा साउदी अरेबियाबाट देशनिकाला सहनुपरेको छ । साउदी पत्रिका इलाफका अनुसार युएइका ति तिनजना युवा बढि सुन्दर भएकोले उनीहरुप्रति स्थानीय महिलाहरु आकषिर्त हुने डरले उनीहरुलाई साउदीको धार्मिक प्रहरीले घर फर्काएको हो । समाचार अनुसार रियादमा आइतबार आयोजित एक सांस्कृतिक समारोहका अवसरमा संयुक्त अरब इमिरेट्स बाट पाहुनाको रुपमा आएका तिनजना लक्का जवान तन्नेरीलाई धार्मिक प्रहरीले अकस्मात त्यहाँबाट निकाला गरी घर फर्काएको हो । ती युवाहरुलाई समारोह स्थलमा बस्न दिइएको भए उनीहरुप्रति स्थानीय महिलाहरु आकषिर्त हुने र लहसिने डरमा उनीहरुलाई आयोजकले प्रहरी लगाएर बाहिर पठाएको बताइएको छ । समारोहस्थलबाट बाहिर निकालिएपछि उनीहरुलाई तत्काल युएइ फिर्ता पठाइएको थियो ।

जमिनमा मजाले पलेटी कसेर खाना खानुका फाइदा यस्ता…


विकासको क्रमसँगै मानिसका दैनिक व्यवहार र काम गराइमा पनि फरकपन आउन थालेको छ । विज्ञान तथा प्रविधीको विकास र भोगविलासका साधनको उत्पादनका कारण हाम्रो दैनिक जीवन पनि त्यसतर्फ आकर्षित हुँदै गइरहेको छ । यस्तै हाम्रो खाना खाने तरिका पनि बदलिएको छ । हामी अहिले डाइनिङ टेबुलमा बसेर आनन्दसँग चम्चाको प्रयोग गर्दै खाना खाने गर्छौ । हाम्रो पुरानो बानी सम्झने हो भने हामी खाना खानका लागि जमिनमा पलेटी कसेर बस्थ्यौ । यसरी जमिनमा बसेर खाना खाँदा हाम्रो शरिरलाई फाइदा गर्ने कुरा स्वास्थ्य विशेषज्ञहरूले बताउन थालेका छन् । यदी जमिनमा बसेर खाना खाने हो भने धेरै फाइदाहरू हुने स्वास्थ्य विशेषज्ञहरुको दावी छ । जमिनमा बसेर खाना खाँदा एक विशेष योगाशनमा हामी बस्ने गर्छौ जसलाई सुखासन भनिन्छ । सुखासन पद्माशनको एक रूप हो । सुखासनमा बस्दा पद्माशनमा बस्दा हुने फाइदाहरू नै हुने योगा गुरूहरू बताउँछन् । जमिनमा बसेर खाना खाँदा के-के फाइदा हुन्छन् त: 
- जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ
 - सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ
 - यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ ।
 - जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ
 - यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ
 - यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउँछन्

Exchange Rate for 25 April, 2013

घरमा पैसा पठाउदै हुनुहुन्छ,एक नजर यता पनि लगाउनु है?
Exchange Rate for 25 April, 2013
 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee 100 160.00
 160.15 
 Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs. 
U.S. dollar 1 86.66
 87.26
 European euro 1 112.75 
113.53 
UK pound sterling 1 132.37
 133.29
 Swiss franc 1 91.70 
92.33 
Australian dollar 1 89.15
 89.77 
Canadian dollar 1 84.50
 85.08 
Singapore dollar 1 69.84
 70.33 
Japanese yen 10 8.70
 8.76 
Chinese renminbi (Yuan) 1 14.03 
14.12 
Only Buying rates Currency Unit Rates/Rs. Swedish Krone 1 13.12 
Danish Krone 1 15.12 
Hong Kong dollar 1 11.16 
Saudi Arabian riyal 1 23.11 
Qatari riyal 1 23.80 
Thai baht 1 3.00 
UAE Dirham 1 23.59
Malaysian ringgit 1 28.41 
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

सम्पूर्ण सिने कार्यक्रम Rajatpat*April 24th

सम्पूर्ण सिने कार्यक्रम Rajatpat*April 24th

 

मञ्जरी’ सेन्सर पास भएको खुलासा, कर्मचारीले घुस खान नपाएको पाण्डेको आरोप

 चलचित्र ‘मञ्जरी’ लाई चैत्र ६ गते नै सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको खुलासा भएको छ । सेन्सर बोर्डले तिन वटा दृश्यलाई काट्न भन्दै सर्टिफिकेट दिएको थियो । तर यसको निर्माणपक्षले भने सेन्सरले अनावश्यक रुपमा दृश्य काट्न भन्दै दुख दिएको बताउदै सिनेमाको प्रदर्शन मिति वैशाख २० लाई सारेको छ ।चलचित्र सेन्सर बोर्डले दिएको सर्टिफिकेट ‘मञ्जरी’ युनिटसँगै छ । तर पनि ‘मञ्जरी’को निर्माणपक्ष सेन्सर बोर्डले दुख दिएको भन्दै पत्रकार र चलचित्रकर्मी गुहारिरहेको छ । 

‘मञ्जरी’ युनिटले सर्टिफिकेट लिएर पनि दर्शक र पत्रकारलाई झुक्काएको आरोप धेरैले लगाउन थालेका छन् । ‘मञ्जरी’ युनिटले गरेको पत्रकार सम्मेलनमा पनि सेन्सर बोर्डबाट सर्टिफिकेट लिएको कुरा खुलाइएको थिएन । तर यस बिषयमा ‘मञ्जरी’का निर्देशक गणेशदेव पाण्डेको तर्क आफ्नै खालको छ । गणेशले आफुहरुले सर्टिफिकेट लिएको स्विकार गर्दै भने, ‘सुरुवातमा प्रमाणपत्रमा दृश्य हटाउनु भनि लेखिएको बिषयका बारेमा हामीलाई केही थाहा भएन । तर पछि हामीले कुरा वुझेपछि पुनः सेन्सर बोर्डमा निवेदन दिएका थियौ ।’ उनले सेन्सर बोर्डका कर्मचारीले आफ्नो पावरको दुरुपयोग गर्दै घुस खान नपाएपछि ‘मञ्जरी’लाई दुख दिएको आरोप लगाए । विदेशी सिनेमामा अश्लिल दृश्यलाई समेत घुस खाएर पास गर्ने तर नेपाली सिनेमालाई भने घुस खान नपाएपछि अनावश्यक दुख दिने प्रवृत्ती बढेको छ ।’ गणेशले भने, ‘हामीले निवेदन लेखेर सबै दृश्य राखी पीजी सर्टिफिकेट दिन आग्रह गर्दा उहाँहरुले हुन्छ भन्नु भएको थियो । तर आज पुनबिचार गर्न नसक्ने बताउँदा हामी छक्क परेका छौ ।’ यता सेन्सर बोर्डले भने ‘मञ्जरी’लाई एक महिना अघि नै युनिभर्सल सर्टिफिकेट दिएको बताउँदै निर्णयमा पुनः विचार हुन नसक्ने बताएको छ । ‘मञ्जरी’ युनिट वैशाख २० गतेको मिति सार्ने पक्षमा नरहेको निर्माता महेश चालिसेले बताए । यसैले पनि सेन्सरले पुनबिचार नगरेको खण्डमा ‘मञ्जरी’ युनिटले भन्दै आएका ३ वटा दृश्य काटिने पक्का छ ।

What the Flop ? | April 24th 2013

What the Flop ? | April 24th 2013 

420 Ko Jhadka | April 24th 2013

420 Ko Jhadka | April 24th 2013

 

लोकसेवा लड्नेका लागि नयाँ खुराक

११ वैशाख, काठमाण्डौ । पछिल्लो समय सरकारी जागिरप्रतिको आकर्षण बढ्दै जाँदा बजारमा लोकसेवा आयोगको परीक्षा तयारीका लागि विभिन्न सामाग्री थपिँदै गएका छन् । लोकसेवा आयोगको विभिन्न तह तथा पदका परीक्षार्थीका लागि भन्दै कैयौँ पुस्तक तथा पत्रिकाहरु बजारमा रहेका बेला एक अर्को नयाँ सामाग्री पनि थपिएको छ ।

 निजामती सेवामा आबद्ध केही युवाहरुले ‘सारथी दर्पण’ नामक मासिक पत्रिका बजारमा ल्याएका छन् । पत्रिकामा भर्खरै पाठ्यक्रम परिवर्तन गरिएको शाखा अधिकृत देखि नायब सुब्बा र खरिदार पदका पाठ्यक्रमसँग सम्बन्धित विषयवस्तुका साथै समसामयिक विषयवस्तु, ऐन नियमबारे जानकारीका साथै बौद्धिक परीक्षण र विषयगत अभ्यासलाई महत्व दिइने दाबी प्रकाशकको छ । ‘सारथी दर्पण’ हरेक महिनाको पहिलो हप्ता बजारमा आउनेछ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger