
‘मञ्जरी’ युनिटले सर्टिफिकेट लिएर पनि दर्शक र पत्रकारलाई झुक्काएको आरोप धेरैले लगाउन थालेका छन् । ‘मञ्जरी’ युनिटले गरेको पत्रकार सम्मेलनमा पनि सेन्सर बोर्डबाट सर्टिफिकेट लिएको कुरा खुलाइएको थिएन ।
तर यस बिषयमा ‘मञ्जरी’का निर्देशक गणेशदेव पाण्डेको तर्क आफ्नै खालको छ । गणेशले आफुहरुले सर्टिफिकेट लिएको स्विकार गर्दै भने, ‘सुरुवातमा प्रमाणपत्रमा दृश्य हटाउनु भनि लेखिएको बिषयका बारेमा हामीलाई केही थाहा भएन । तर पछि हामीले कुरा वुझेपछि पुनः सेन्सर बोर्डमा निवेदन दिएका थियौ ।’
उनले सेन्सर बोर्डका कर्मचारीले आफ्नो पावरको दुरुपयोग गर्दै घुस खान नपाएपछि ‘मञ्जरी’लाई दुख दिएको आरोप लगाए । विदेशी सिनेमामा अश्लिल दृश्यलाई समेत घुस खाएर पास गर्ने तर नेपाली सिनेमालाई भने घुस खान नपाएपछि अनावश्यक दुख दिने प्रवृत्ती बढेको छ ।’ गणेशले भने, ‘हामीले निवेदन लेखेर सबै दृश्य राखी पीजी सर्टिफिकेट दिन आग्रह गर्दा उहाँहरुले हुन्छ भन्नु भएको थियो । तर आज पुनबिचार गर्न नसक्ने बताउँदा हामी छक्क परेका छौ ।’
यता सेन्सर बोर्डले भने ‘मञ्जरी’लाई एक महिना अघि नै युनिभर्सल सर्टिफिकेट दिएको बताउँदै निर्णयमा पुनः विचार हुन नसक्ने बताएको छ । ‘मञ्जरी’ युनिट वैशाख २० गतेको मिति सार्ने पक्षमा नरहेको निर्माता महेश चालिसेले बताए । यसैले पनि सेन्सरले पुनबिचार नगरेको खण्डमा ‘मञ्जरी’ युनिटले भन्दै आएका ३ वटा दृश्य काटिने पक्का छ ।
|