उत्तर कोरियासँग झुक्यो दक्षिण कोरिया

 १२ बैशाख, एजेन्सी । कोरियाली प्रायद्धिपमा चलिरहेको तनावका बीच दक्षिण कोरियाले उत्तर कोरियालाई संयुक्त रूपमा सञ्चालन भएर बन्द भएको उद्योग पुन:सञ्चालन गर्न आग्रह गरेको छ । अप्रिल महिनाको सुरूवातमा नै दुईबीचको सम्बन्ध चिसिँदा बन्द भएको उक्त उद्योग पुन:सञ्चालन गर्नका लागी दक्षिण कोरियाले आफै अघि सरेर आग्रह गरेको छ । सुरक्षा विवादका कारण बन्द भएको उद्योगलाई सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागी वार्तामा बस्नका लागी दक्षिण कोरियाले उत्तर कोरियालाई पत्र पठाएको छ । उद्योग बन्द हुँदा दक्षिण कोरियाका १ सय ८० कामदार बेरोजगार भएका छन् । यसले दक्षिण कोरियामा समेत समस्या थपेपछी बाध्य भएर उत्तर कोरियासँग उद्योग सञ्चालन गर्न आग्रह गरेको बताइन्छ । तर, यता उत्तर कोरियाले भने अहिलेको तनावको अवस्थामा काइसोङ उद्योगको पुन:सञ्चालन गर्न नसकिने जनाएको छ । उद्योग उत्तर कोरियाली क्षेत्रमा पर्ने भएकाले पनि उत्तर कोरियाले उक्त उद्योग खोल्ने विषयमा उत्तर कोरिया सहमत नभएको सञ्चारमाध्मयहरूले जनाएका छन् । उत्तर कोरिया दक्षिण कोरियाका कामदारलाई आफ्नो देशमा प्रवेश नदिने पक्षमा देखीएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger