१३ वैशाख,सिओल।कोरियामा बस्दै आएका एकजना नेपाली दक्षिण कोरियाको सुरक्षा सल्लाहकार समितिको प्रमुखमा नियुक्त भएका छन । सुनसरीको धरान स्थाइ घर भएका गंगाराज राइ कोरियन प्रहरी फोर्सको सल्लाकारमा नियुक्त भएका हुन ।
केही महिना अघि सुरक्षा सल्लाहकारमा नियुक्त भएका राईको काम निकै प्रशंसा हुने गरेको बताइन्छ। यति खेर दक्षिण कोरियाका नेपाली माझ उनको खुब चर्चा हुने गरेको छ। उनको नियुक्ती पछि सुरक्षाका विषयमा नेपाली दुःख पाउने नपर्ने कोरियामा रहेका नेपालीले अपेक्षा गरेका छन्। हाल करिब ३ लाख नेपाली कोरियामा कार्यरत छन्। हाल उनि सोलको मेट्रोपोलिन प्रहरीको सल्लाहकार हुन्। उनका तीन वटा रेष्टुरेन्ट रहेका छन्।
दक्षिण कोरिया सरकारले नियुक्त गर्ने प्रतिष्ठित पोष्टमा पुक्ष्ने उनि पहिलो नेपाली हुन । राइ कोरियामा व्यापार संगै समाजसेवामा सक्रिय छन ।
पुरा भिडियो हेर्नुस....
|