
तेश्रो स्थानको श्रीलंकाको ४३.८, चौथो भारतको ३८ र पाँचौँ पाकिस्तानको २३ अंक रहेको छ ।
यस्तै महिला नेतृत्वको हिसाबमा श्रीलंका सबैभन्दा तल रहेको छ । सूचकांकमा उसको अंक १२.६ रहेको छ । जबकी नेतृत्वका हिसाबमा दक्षिण एसियामा नेपाली महिला सबैभन्दा अगाडि छन् । यस सूचकांकमा नेपाली महिलाले ४९.६ अंक पाएका छन् । अघिल्लो संविधानसभाको महिला प्रतिनिधित्वको हिसाबले नेपालमा संसदमा महिलाको प्रतिनिधित्व एसिया प्रशान्त क्षेत्रमै सबैभन्दा बढि रहेको टाइम्स अफ इण्डियाले खबर छापेकेा छ ।
दक्षिण एसियामा रोजगारीको हिसाबले बंगलादेशी महिला सबैभन्दा अघि छन् । त्यहाँ हरेक १ सय जना पुरुष रोजगार रहेको ठाउँमा ७५ जना महिला रोजगार छन् । श्रीलंका दोश्रो र नेपाल तेश्रो स्थानमा छ । नेपालमा पुरुषको तुलनामा महिलाहरु ६० प्रतिशत मात्र रोजगार रहेको तथ्यांकले देखाएको छ ।
हेर्नुस सूचकांक
|