२३ चैत, विराटनगर । प्रेमीको साथमा रहेकी एक किशोरीलाई प्रेमीबाट अलग्याएर जंगलमा एक समूहले बलात्कार गरेको छ । प्रमीसँगै रहेकी १८ वर्षीय युवतीलाई ६ जना स्थानीय पुरूषको समूहले प्रेमीलाई कुटेर मोरङको इन्द्रपुर-५ स्थित जनचेतना सामुदायिक वनमा बलात्कार गरेका छन् ।
प्रेमीका साथमा कुराकानी गर्दै बसेकी ती युवतीलाई बलात्कार गरेको आरोपमा चारै जनालाइ पक्राउ गरी कारबाही प्रक्रिया थालिएको छ ।
पिडित किशोरीले दिएको जाहेरीका आधारमा इन्द्रपुर-९ का १८ वर्षीय उत्तम तामाङ, २० वर्षीय रोशन पाँचकोटी, १८ वर्षीय मनोज राई र १९ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रेमीलाई कुटपीट गरि १८ वर्षीय युवतीलाई एक समूहले जंगलमा लगी बलात्कार गरेको घटना खुलेको छ । पीडितले प्रहरीमा जाहेरी दिएपछि यस्तो खुलेको हो । प्रेमीका साथ कुरा गर्दै बसेकी युवतीलाई बलात्कार गरेको आरोपमा स्थानीय ४ जना युवालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । घटनामा संलग्न अन्य २ जना फरार रहेको प्रहरीले जनाएको छ ।
|