तालु खुइलिनु केवल उमेर छिप्पिएको लक्षण मात्र होइन यो हृदयरोगको खतराको चिन्ह पनि हो । जापानमा गरिएको एक अध्ययनले तालु खुइलिएका मानिसहरुमा मुटु सम्बन्धि रोगको खतरा बढि हुने तथ्य पत्ता लगाएको छ ।
३७ हजार जापानीमा गरिएको अध्ययनले तालु खुइलेहरुमा मुटुरोगको खतरा तालु नखुइलिएकामा भन्दा ३२ प्रतिशत बढि हुन्छ । युनिभर्सिटी अफ टोकियोका अध्ययनकर्ताहरुका अनुसार तालु खुइलिन थाल्नु मुटुरोगको खतराको घण्टी बज्नु भएकाले तालु खुइलेहरुले स्वस्थ जिवनयापनमा अझ बढि ध्यान दिनुपर्छ ।
शोधकर्ताहरुका अनुसार धूमपान तथा मोटोपन मुटुरोगका लागि तालु खुइलिनु भन्दा निकै बढि खतरनाक भएकोले तालु खुइलिएकोमा बढि चिन्ता गर्नुभन्दा धूमपान, मध्यपान तथा मोटोपन नियन्त्रणतर्फ लाग्नु श्रेयष्कर हुन्छ ।
तालु खुइलिनु र मुटुरोगको खतरा बढ्नुबीचको खास सम्बन्ध अझै पत्ता लाग्न नसकेपनि वैज्ञानिकहरुका अनुसार पुरुष हर्मोनको अति संवेदनशीलता तथा इन्सुलिन प्रतिरोधी तथा रक्तनलीको खराबी जस्ता कारणहरुले मुटु र कपाललाई एकैपटक असर गर्छ । त्यसैले तालु खुइलिनु मुटुमा खराबी हुँदैछ भन्ने कुराको सूचक हो ।
|