मन्त्रीनै कालो सुचीमा

 ३ बैशाख,काठमाडौ। पर्यटन मन्त्री रामकुमार श्रेष्ठ कालो सुचिमा परेका छन। उनको लगानी रहेको मनकामना क्रसर उदयोगले बैंकको कर्जा नतिरेपछि कालोसुचीमा परेको हो। लगानी उनकी श्रीमती सरस्वतीको नाम गरिएको छ। क्रसर उद्योगमा मन्त्री श्रेष्ठ सहित अन्य ५ जनाको लगानी रहेको छ। उनिहरुले सनराइज बैंकको ५ करोड ९३ लाख रुपैयाँ नतिरेपछि कर्जा सूचना केन्द्रले चैत २३ गते कम्पनीलाई कालोसूचीमा राखेको हो । हाल सम्पत्ती लिलामीको लागि सात दिने सुचना तेस्रो पटक प्रकाशित गर्न लागिएको छ तर यस अघिका सुचनामा लिलामी गर्न कोही तयार भएका छैनन्। श्रेष्ठको माओवादी अध्यक्षसंगको राम्रो सम्वन्धका कारण पनि उनको लिलामी गर्न मानिसहरु डराएको बताइएको छ। उनि मन्त्री नै भएपछि त लिलामी नहुने संभावना छ ।

 तेस्रोपटक पनि लिलामी नभए सम्प्ती बैंकको स्वामित्वमा आउने प्रावधान रहेको छ। मन्त्री श्रेष्ठले कालो सुचिमा राखेर अन्याय गरिएको प्रतिक्रिया दिएका छन्,उनले उदयोगमा आफ्नो नाम नरहेको बताएका छन्। उनले यस विषयमा पुनरावेदनमा मुद्धा चलिरहको जानकारी दिएका छन् । बैंकले भने श्रेष्ठले श्रीमतीको नाममा उदयोग चलाएपनि श्रीमतीको कुनै भुमिका नभएको बताएको छ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger