गुगलले भन्यो युट्युब बन्द हुँदैछ...(भिडियोसहित)

विश्वको सबैभन्दा ठुलो सर्च इन्जिनको रुपमा रहेको गुगलले आफ्नो कम्पनीबाट चल्ने युट्युव बन्द हुने घोषणा गरेको छ । विश्वलाई सर्च इन्जिन सहित भीडीयोमा समेत बहार ल्याइदिएको गुगले युट्युबमा अब कुनै पनि भीडियो पोष्ट नगर्ने भन्दै एक भिडियो सन्देश मध्यरातमा राखेको थियो तर गुगलको यो घोषणा भने अप्रिल फूललाई लक्षित गरेर सार्वजनिक गरिएको बताइएको छ । हरेक वर्ष झै यसपाली पनि अप्रिल १ का दिन गुगलले सबैलाई झूक्याएको छ । 

गुगलले युट्युबलाई उत्कृष्ट भिडियो छनौट गर्ने माध्यम मात्रै बनाइएको र अब युट्युबमा रहेका भिडियोहरूबाट उत्कृष्ट भिडियो छानिने बताउँदै गुगलले भिडियोमार्फत अप्रिल फूल विज्ञप्ति निकालेको छ । गुगलले मध्यरातबाट युट्युबले नयाँ भिडियो अपलोड गर्न नदिने भन्दै उक्त प्रयोगितामा विजेता छान्न सुरू गरिने र सन् २०२३ मात्र विजेताको घोषणा गरिने बताएको छ । गुगलले सन् २००५ देखि सुरु भएको युट्युबलाई सन् २००६ मा १ अर्ब ६५ करोड डलरमा खरिद गरेको थियो । 

Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger